कीवर्डहरू -

अपडेट

राष्ट्र बैंकले मोबाइल वालेटमार्फत् हुने भुक्तानीको सिमा बढायो

राष्ट्र बैंकले मोबाइल वालेटमार्फत् हुने भुक्तानीको सिमा बढाएको छ । राष्ट्र बैंकको भुक्तानी विगाले विहीबार एकीकृत निर्देशिका जारी गर्दै  मोबाइल वालेटमार्फत् हुने भुक्तानीको सिमा ५ लाख पुर्याएको हो ।

यसअघि मासिक ५० हजार सम्म मात्रै भुक्तानी गर्न पाइने व्यवस्था थियो । मोबाइल वालेटमार्फत् दैनिक २५ हजार सम्म भुक्तानी गर्न पाइनेछ ।

मासिक ५ हजार भन्दा बढी कारोबोर गर्ने ग्राहकले अनिवार्य रुपमा नो योर कस्टुमर (केवाईसी) फम भर्नु पर्ने छ । विद्युतीय माध्यमबाट कारोवार गर्न अनुमतिपत्र प्राप्त गरेका बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाले कारोवारको अभिलेख कारोवार सम्पन्न भएको मितिले कम्तीमा ५ वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।

एकीकृत निर्देशिकामा उल्लेख भए अनुसार डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टहरुबाट प्वाइन्ट अफ सेल (पीएसओ) मेसिनमार्फत् गरिएको कारोबारमा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन पाइने छैन् ।

हरेक कारोवार आवश्यक परेको अवस्थामा प्रमाणको रुपमा प्रयोग गर्न सकिने गरी ग्राहकको नाम, थर, ठेगाना, कारोवारको सीमा, मिति, प्रयोग भएको खाता नम्बर वा प्राप्त गर्ने व्यक्ति फर्म वा संस्थाको विवरण सहित उल्लेख गर्नुपर्ने एकीकृत निर्देशिकामा उल्लेख रहेको छ ।

अपडेट

स्टार्टअप एन्ड इन्नोभेसन मेला\'मा हाम्रो पात्रोको कम्यूनिटीद्वारा सञ्चालित ’फोटो कन्टेस्ट’को नतिजा सार्वजनिक

'आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला'को क्रममा हाम्रो पात्रोको कम्यूनिटीद्वारा सञ्चालित ’फोटो कन्टेस्ट’को नतिजा सार्वजनिक भएको छ । यस फोटो…

डिशहोम सिनेमाघरमा कबड्डी कबड्डी कबड्डी

यस वर्षको सुपरहिट चलचित्र “कबड्डी कबड्डी कबड्डी” टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमाघर च्यानलनम्बर १०८ मा पौष ११ गते , शुक्रबारदेखि प्रर्दशन हु…

आइसिटी स्टार्टअप  एण्ड इन्नोभेसन मेला सम्पन्न

पुस ४ गते शुक्रबारबाट सुरु भएको आइसिटी स्टार्टअप  एण्ड इन्नोभेसन मेला आज शनिबार समापन गरिएको छ । …