कीवर्डहरू -

अपडेट

भृकिटीमण्डपमा राष्ट्रिय स्टिम च्यालेन्ज हुदै

मंसिर २७ गते भृकुटिमण्डपमा कारखानाले राष्ट्रिय स्टिम च्यालेन्ज आयोजना गरेको छ ।

कारखाना र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्यमा तयार पारिएको यस कार्यक्रममा आठ देखि १४ वर्ष सम्मका छात्रछात्राहरुले भाग लिन सक्ने छन् ।

आउने पिढी को पढाइसँगै क्षमता विकास, सीप विकास, अनि सोच को विकास गर्न र भविष्यमा आउने समस्याहरु सँग सामना गर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको हो ।

यो च्यालेन्जमा विद्यार्थिहरुले दिगो विकासका लक्ष्य प्राप्त गर्नको लागि विभिन्न परियोजनाका नमुनाहरु तयार पार्नेछन् ।

छात्रछात्राहरुले बनाएको परियोजनाले विज्ञान, प्रविधि, इन्जिनियरिंग, आर्ट-डिजाइन तथा गणितको सही प्रयोग गरेर कसरी समाजमा भएका समस्या हरुको समाधान गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुनु पर्ने हुन्छ ।

यस च्यालेन्जमा देशभरबाट ४ सय ८० प्रतिभाहरु सहभागि हुदै छन् । यसमा १५ जना मूल्याङ्कनकर्ता पनि सहभागि हुने छन् ।

यस च्यालेन्जमा पहिलो दोस्रो स्थानको आधारमा प्रतियोगिहरु छनोट नभइ उत्कृष्ट प्रोजेक्टलाई विभिन्न वर्गमा राखेर सम्मान गरिने आयोजकले बताएको छ ।

यस स्टिम च्यालेन्जमा विभिन्न शैक्षिक स्टलहरु हुने छन् । यसका साथसाथै शिक्षकहरुका लागि विभिन्न वर्कसप पनि आयोजना गरिएको छ ।

बिहान ११ बजे बाट सर्वसाधारणले कार्यक्रममा निर्माण भएका परियोजना हरु निशुल्क अवलोकन गर्न सक्ने छन् । यस अघि यो कार्यक्रम ६ प्रदेशमा सम्पन्न भईसकेको छ ।

राष्ट्रिय स्तरको यस च्यालेन्जमा युनस्को, टिच फर नेपाल, वाइल्ड लाइफ कन्जरभेसन नेपाल, किंग्स कलेज, प्याब्सन, एसटान, एनप्याब्सन, ई-सेवा, मिडास तथा कुलल्याब्स, वर्ल्डलिङ्क, रान, एसक्यूसी क्वेस्ट नेपाल, नेपाल कम्युनिटेरी लगायतका संस्थाको सहयोग रहेको छ ।

अपडेट

कुमारी बैंकको मोबाइल बैंकिङ्गमा नयाँ योजनाः १०० टपअप गर्दा १०० क्यास ब्याक

कुमारी बैंक लिमिटेडले नगद रहित कारोबार को अवधार…

वेडफोरसीयर यूनिभर्सिटीसँगको सहकार्यमा पिसीपिएसको दोश्रो दिक्षान्त समारोह सम्पन्न 

१० डिसेम्बर २०१९ मा वेडफोरसीयरविश्वविद्यालयसँग सम्बद्घता लिएको PCPSकलेजले होटल सोल्टी क्राउन प्लाजामा आफनो दोश्रोे दि…

माइक्रोसफ्टले टुडु एप वन्डरलिष्ट बन्द गर्दै

माइक्रोसफ्टले टुडु लिस्ट एप वन्डरलिष्ट बन्द गर्ने भएको…

विज्ञान र प्रविधिलाई समृद्धि र विकासमा प्रयोग गर्नुपर्नेमा मन्त्रीकाे जाेड

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई समृद्धि र व…