अपडेट
कोरोना भाइरस बिमा योजना आइएमई पेबाटै खरिद गर्न सकिने
केही दिन अघि बिमा समितिले औपचारिक सुरुवात गरेको कोरोना भाइरस बिमा लेख आइएमई पेबाटै खरिद गर्न सकिने भएको छ ।
आइएमई पेबाट कोरोना भाइरस सम्बन्धि बिमा लेख खरिद गर्न आइएमई पेमा गई कोरोना भाइरस बिमा योजना ब्यानरमा ट्याप गर्नुपर्ने छ ।
त्यसपछि आफुले बिमा गर्न चाहेको कम्पनी छनौट गरी आइएमई पेबाट भुक्तानी गरि बिमा लेख खरिद गर्न सकिनेछ ।
कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न तथा बिशेष गरी ग्रामीण स्तरसम्म न्युन आय भएका वर्गलाई समावेश गर्ने उदेश्यले कोरोना भाइरस सम्बन्धि बिमा लेखको सुरुवात भएको हो ।
बिमा पोलिसी खरिद गरेको १५ दिनपछि एकवर्ष सम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएमा बिमा दाबी गर्न सकिने छ । कोरोना भाइरस सम्बन्धि बिमा लेखलाई दुई श्रेणीमा बिमाङ्क गरिएको छ ।
पहिलो बिमालेख १ लाख रुपैयाँको बिमाङ्कको छ भने दोस्रो बिमालेख ५० हजार रुपैयाँको रहेको छ । १ लाख रुपैयाँको बिमा लेख खरिद गर्न प्रतिव्यक्ति एकहजार रुपैयाँ लाग्ने छ भने परिवार वा संस्थागत रुपमा बिमा गरिएमा प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने छ ।
त्यस्तै ५० हजार रुपैयाँको बिमा लेख खरिद गर्न प्रतिव्यक्ति ५ सय रुपैया लाग्ने छ भने परिवार वा संस्थागत रुपमा बिमा गरिएमा प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्ने छ ।
नेपालमा सञ्चालनमा रहेका २० वटै निर्जीवन बिमा कम्पनीबाट बिमा योजना खरिद गर्न सकिने छ ।
अपडेट
ड्रोनबाट सिमानाकामा निगरानी गरिदै
कञ्चनपुरको भिमदत्त नगरपालिकाले भारतसँग जोडिएका सिमानाकामा नेपाली तथा भारतीय नाग…
साइबर अपराधको आरोपमा पक्राउ परेका पूर्वसचिव उपाध्याय धरौटीमा रिहा
साइबर अपराधको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय धरौटिमा रिहा भएका छन् । …
बुढानिलकण्ठ स्थित हिमालय बोर्डिङ स्कुलले सुरु गर्यो अनलाइन कक्षा
बुढानिलकण्ठ स्थित हिमालय बोर्डिङ स्कुलले अनलाइन कक्षाको सुरुवात गरेको छ । विद्यालयल…
अनलाइन कक्षा सञ्चालनको लागि महाबिर पुनले शिक्षण संस्थालाई आवश्यक सहयोग गर्ने
राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाबिर पुनले अनलाइन कक्षा सञ्चालनको लागि विद्याल…
कोरोना भाइरसको बिमा ई-सेवाबाटै गर्न सकिने
केही दिन अघि बिमा समितिले औपचारिक सुरुवात गरेको कोरोना भाइरसको बिमा लेख ई-से…
साइनअप गरेमा ६ महिनासम्म ‘पोमेलो एचआरएम’ सफ्टवेयर निशूल्क प्रयोग गर्न सकिने
प्रिक्सा टेक्नोलोजिले ‘पोमेलो एचआरएम’ नामक मानव संसाधन व्यवस्थापन प्रणाली सार्वजनिक …
इन्फोले सुरु गर्यो सहकारीबाट बैंकमा रकम ट्रान्सर सेवा
सहकारी संस्थाको खाताबाट बैंकमा रकम ट्रान्सफर गर्न सकिने सेवा इन्फोडेभलर्पस प्रा.लि.ले सुरु गरेको छ । इन्फोले विकास गरेको ‘एमडबली मोबाईल बैंक…
आविस्कार केन्द्रले विकास गर्यो कोरोनाको बिरामीलाई खाना तथा औषधि पुर्याउने रोबोट
राष्ट्रिय आविस्कार केन्द्रले कोरोना भाइरसबाट संक्रमित बिरामीका लागि खाना तथा औषधि प…
टेलिग्रामले यो बर्ष ग्रुप भिडियो कलको सुविधा थप्ने
कोभिड १९ अर्थात कोरोना भाइरले गर्दा यतिबेला विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग बढ…
अनलाइन कक्षा सञ्चालनको लागि इन्टरनेटमा १५ प्रतिशत छुट दिदै स्काई ब्रोडव्याण्ड
अनलाइन कक्षा सञ्चालनको लागि स्काई ब्रोडव्याण्डले इन्टरनेट खरिदमा १५ प्रतिशत छुट दिने …
लकडाउनमा मनोरञ्जनको लागि इन्टरनेट प्रयोग सबैभन्दा बढी, अनलाइन दुर्व्यवहारको जोखिममा बालबालिका
कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले देशभर लकडाउन घोषणा गरेको …
युरोपमा हुवावे म्युजिक एप तीन महिनासम्म निःशूल्क प्रयोग गर्न सकिने
म्युजिक स्ट्रिमिङ प्लाटफर्म ‘हुवावे म्युजिक’ युरोपमा नयाँ सब्सक्राइबरले तिन महिना निश…
‘डायनामिक एकेडेमीक इआरपी’ प्रयोग गरी विद्यालयले अनलाइनबाटै नतिजा सार्वजनिक गर्न सक्ने
विद्यालयहरुले अब ‘डायनामिक एकेडेमीक इआरपी’ सफ्टवेयर प्रयोग गरेर अनलाइनमै रिजल्ट स…
प्रयोगात्मक बाहेकका अन्य कक्षा अनलाइनबाट सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयको अनुरोध
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पस, स्कुल, विभागहरु तथा सम्बन्…