कीवर्डहरू -

अपडेट

ओपन सोर्स सफ्टवेयरको प्रयोग बढ्दै 

तपाई कस्ता सफ्टवेयरहरु प्रयोग गरिरहनुभएको छ ? नेपालमा सक्कली सफ्टवेयर प्रयोग गर्नेहरु कति होलान ? यसको यकिन तथ्यांक त छैन तर ९५ प्रतिशतभन्दा बढि नेपाली कम्प्युटर प्रयोगकर्ताहरु पाइरेटेड सफ्टवेयर नै प्रयोग गर्छ भन्ने अनुमान लगाउन सकिन्छ । केही ठूला बैंक, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु बाहेक अरुका कम्प्युटरमा सक्कली सफ्टवेयर भेट्न गाह्रो हुन्छ ।

विश्व बजारमा माइक्रोसफ्टको सफ्टवेयरप्रति उपभोक्ताको आकर्षण घट्दो छ भने लिनक्स ९खुल्ला स्रोत० र एप्पलको बजार बढ्दै गइरहेको छ । मोबाइल ओएसमा हेर्ने हो भने त ओपन सोर्स सफ्टवेयर एन्ड्रोइडले नै बजार कब्जा गरेको छ ।

सामान्यतयाः हामी सोच्छौ, हामीले कम्प्युटर किन्दा माइक्रोसफ्ट विन्डोज फ्रिमा नै आउँछ भनेर । तर, त्यो सही होइन । जुन धेरैजसो ‘पाइरटेड भर्जन’ मा हुन्छ । नेपालीको प्रतिव्यत्ति आयसँग सक्कली सफ्टवेयरको मूल्य दाँज्ने हो भने यो सम्भव छैन ।

माइक्रोसफ्टको सक्कली ओएसलाई दुई सय अमेरिकी डलर र अफिस प्याकेजलाई झन्डै तिन सय अमेरिकी डलर पर्छ । उपभोक्ताले डेढ सय रुपैयाँ र डेढ सय अमेरिकी डलर बिच तुलना पक्कै गर्नेछन । यस्तो अवस्थामा उपभोक्ताको रोजाई पाईरेटेड सफ्टवेयर नै हुनेछ ।

पाइरेसी सफ्टवेयर नेपालमा बन्द गर्ने कानुन ल्याएमा वा मुद्धा परेमा समस्या आउने देखिन्छ । यि यस्ता कारणहरुबाट पनि फ्रि एण्ड ओपन सोर्स सफ्टवेयरतर्फ धेरैको ध्यान आकर्षीत हुदै गएको छ ।

तीव्र गतिमा परिवर्तन भइरहेको विश्व बजारमा व्यापारिक संस्थाहरू आफ्ना गतिविधि चुस्त राख्न र प्रतिस्पर्धात्मक वातावरणमा खरो उत्रन नयाँ प्रविधिको अधिकतम उपयोग गर्न तम्सिएका छन् । यसका लागि विकसित देशका ठूलासाना, सार्वजनिक–निजी कम्पनीहरू आफ्ना व्यावसायिक लक्ष्यमा पुग्न र ग्राहकलाई उत्कृष्ट सेवा दिन ‘ओपन सोर्स सफ्टवेयर’ प्रविधिबाट फाइदा लिन लागिपरेका छन् ।

‘ओपन सोर्स’को प्रयोग सजिलो हुनुका साथै महत्वपूर्ण पनि बन्दै गएको छ । त्यस्ता सफ्टवेयरलाई सञ्चालन गर्न कुनै लाइसेन्स शुल्क पनि तिर्नुपर्दैन । हरेक प्रकारका ओपन सोर्स सफ्टवेयर निःशुल्क प्रयोग गर्न सकिन्छ ।

लाइसेन्स शुल्क तिर्न नपर्नुबाहेक पनि ओपन सोर्सका थुप्रै फाइदा छन् । ओपन सोर्स प्रयोग गर्ने सफ्टवेयर निर्माताहरूले आफ्नै समूह र समुदाय बनाएर ‘सोर्स कोड’ शेयर गर्दै सामूहिक रूपमा राम्रा सफ्टवेयर विकास गरिरहेका छन् ।

यसले कम्पनीहरूलाई व्यापारिक गतिविधिमा देखिएका समस्या हल गर्न निकै कम मूल्यमा सृजनात्मक र प्रभावकारी कम्प्युटरिङ सेवा उपलब्ध गराइरहेको छ ।

सन् २०१८ मा ओपन सोर्स सफ्टवेयरको बजार झनै बढेको विभिन्न प्रतिवेदनले प्रस्तुत गरेका छन् ।

अपडेट

\'सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा\' को सम्पूर्ण तयारी पूरा


कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको छ । 

नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ

सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्र…

नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ

सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।


 सोम…

नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ


सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।


 

नवीन प्रविधिका व्यवसायमा सरकारले हस्तक्षेप गरेकोमा वानको विरोध

काठमाडाैं । नेपालका वेबसाइट, एप, सफ्टवेयर, ई–कमर्स तथा इन्टरनेट सेवासँग सम्बन्धित भई व्यवसायिक कारोबार गर्ने कम्पनी, व्यवस…

फागुन ३ गतेदेखि ‘स्टार्टअप वाईटेक क्यान इन्फोटेक २०१९’

कम्युटर एशोसियसन अफ नेपाल क्यान महासंघ रुपन्देही को आयोजनामा बुटवलमा यहि फागुन ३ गतेबाट क्यान मेला आयोजना हुने भएका छ ।


क्यान महासंघ …

माघ १५ देखि हुने \'सुबिसु क्यान इन्फोटेक\'को तयारी तीव्र, ९० प्रतिशत स्टल बुकिङ

काठमाडौं । माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा&rsqu…

माघ १५ देखि हुने \'सुबिसु क्यान इन्फोटेक\'को तयारी तीव्र, ९० प्रतिशत स्टल बुकिङ

काठमाडौं । माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ तयारी त…

जापानी होटलले हटायो आफ्नो रोबट स्टाफहरु

जापान । हेन ना होटल ले आफ्नो १०० भन्दा बढि रोबट स्टाफहरुलाई होटलबाट हटाएको छ । रोबटहरु आफ्नो …

७५ हजार कर्मचारीले समायोजनमा जान भरे फारम, सफ्टवेयरबाटै समायोजन र नियुक्ति पत्र

काठमाण्डौ । झण्डै ७५ हजार कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजन अनलाइनमार्फत फाराम भरेका छन् । अबको केही समयमा न…

साझा यातायातको कम्पाउन्डमा राखियो चार्जिङ मेसिन

काठमाडौं - साझा यातायातको पुल्चोकस्थित कम्पाउन्डमा चार्जिङ मेसिन राखिएको छ । सुन्दर यातायात प्रालिले विद्युतीय बस तथा कार…

सिटिजन्स बैंकको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोगमा नगद फिर्ता योजना

काठमाडौं । “योर पार्टनर फोर प्रोग्रेस”भन्ने सिटिजन्स बैंकले क्यास व्याक(नगदफिर्ता) योजना ल्याएको छ ।

यो योजना अन्तर्गत बैंकको भिजा डेबि…

प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरिदैं, इच्छुकले अनलाइनबाटै आवेदन दिन सक्ने

काठमाडौं । देशका सबै स्थानीय तहमा सरकारले रोजगार संयोजक नियुक्ती गर्ने भएको छ । रोजगार संयोजक नियुक्त गरेर लाखौलाई रो…

सूचना प्रविधिसम्बन्धी नयाँ विधेयक संसदमा पेश हुँदै, नयाँ के के छन् विधेयकमा ? 

काठमाडाैं । नेपालमा हाल सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित दुई वटा ऐन छन्, विद्युतीय कारोबार ऐन २०६३ र दूरसञ्चार ऐन २…

सूचना प्रविधिको नयाँ विधेयक संसदमा पेश हुँदै, नयाँ के के छन् विधेयकमा ? 

काठमाडाैं । नेपालमा हाल सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित दुई वटा ऐन छन्, विद्युतीय कारोबार ऐन २०६३ र दूरसञ्चार ऐन २…