अपडेट
डिजिटल शिक्षालाई अगाडि बढाउने तयारीमा सरकार, पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा बन्यो समिति
लकडाउनले गर्दा हजारौ विद्यार्थिहरु घरमै बस्न बाध्य छन् । यसैलाई ध्यानमा राख्दै सरकारले पनि दूर शिक्षा तथा अनलाइन शिक्षाको माध्यमबाट विद्यार्थीहरुलाई पढाउने व्यवस्था गर्न लागेको छ ।
केही दिन अघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पनि यसको विषयमा नेपालका सबै विश्वविद्यालयका उपकुलपतिसँग भिडियो सम्वाद गरेका थिए ।
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहको संयोजकत्वमा २८ सदस्यीय समिति गठन गरेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा विज्ञहरुसहितको समिति बनाएर अनुसन्धानको काम अघि बढाएको हो । उक्त समिति अन्तर्गत विषयविज्ञहरू सम्मिलित ६ वटा उपसमिति गठन गरिएको छ ।
नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माको संयोजकत्वमा शिक्षण विधि तथा विकल्प उपसमिति, नास्टका प्राज्ञ दिनेशराज भुजूको संयोजकत्वमा कोरोनासम्बन्धी वैज्ञानिक चेतना तथा सञ्चार उपसमिति, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको संयोजकत्वमा ‘डाइग्नोस्टिक एन्ड रेस्पोन्स’उपसमिति, नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठको संयोजकत्वमा अनुसन्धान उपसमिति, युनेस्को नेपालका विज्ञान समिति संयोजक रामेशकुमार मास्केको संयोजकत्वमा प्रविधि विकास तथा नवप्रवर्तन उपसमिति र मन्त्रालयका विज्ञान सचिव सञ्जय शर्माको संयोजकत्वमा नीति तथा वित्त उपसिमिति बनाइएको हो ।
नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्मा संयोजक रहेको शिक्षण विधि तथा विकल्प उपसमितिलाई कोभिड–शैक्षिक क्यालेन्डर, अनलाइन कक्षा सञ्चालन, प्रयोगात्मक अभ्यास, पाठ्यक्रम, तालिम, परीक्षा सञ्चालन र निरीक्षणलगायत योजना बनाउने जिम्मा दिइएको छ भने नास्टका प्राज्ञ दिनेशराज भुजूको नेतृत्वमा रहेको कोरोनासम्बन्धी वैज्ञानिक चेतना तथा सञ्चार उपसमितिमालाई जनमानसमा दिइने कोभिड–१९ सम्बन्धी सूचना तथा पूर्वतयारीसम्बन्धमा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ ।
त्यस्तै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी नेतृत्वको ‘डाइग्नोस्टिक एन्ड रेस्पोन्स’उपसमितिले कोरोना परीक्षणर्, यापिड टेस्ट, डाइग्नोस्टिक सेवा, प्रयोगशालाको सुविधा, परीक्षणको गुणस्तरलगायत विषयमा अध्ययन प्रतिवेदन तयार पार्नेछ भने नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठको नेतृत्वमा अनुसन्धान उपसमिति बनाइएको छ कोरोना सम्बन्धी वैज्ञानिक अनुसन्धान, तथ्यांक, प्रोटोकललगायत विषयमा अनुसन्धान गर्ने जिम्मा पाएको छ ।
युनेस्को नेपालका विज्ञान समिति संयोजक रामेशकुमार मास्केको नेतृत्वमा प्रविधि विकास तथा नवप्रवर्तन उपसमितिले क्वारेन्टाइन सेवा, पीपीई डिजाइन र उत्पादन, सेनिटाइजर र साबुनको उत्पादन, मास्क, औषधि, एप्स निर्माण, रोबटिक्सजस्ता विषयमा अनुसन्धान प्रतिवेदन तयार पार्ने जनाइएको छ ।
शिक्षा मन्त्रालयका विज्ञान सचिव सञ्जय शर्माको संयोजकत्वमा बनेको नीति तथा वित्त उपसिमितिले बजेट, नीतिगत सुधार, संस्थाहरूबीचको समन्वय, अनुसन्धानमा वैदेशिक संलग्नता र प्राथमिकता निर्धारणसम्बन्धी काम गर्नेछ ।
अपडेट
\'जूम\'का ५ लाख बढी डाटा बिक्रिमा
लोकप्रिय भिडियो कन्फेरेन्सिङ सफ्टवेयर जूमक…
कोरोनाको बिरामीलाई खाना पुर्याउन सक्ने रोबोटको सफल परीक्षण
रोबोटिक्स एशोसिएसन नेपालले खाना बोक्ने रोबोटको सफल परीक्षण गरेको छ । …
घरै बसेर बालबालिकाहरुलाई कसरी सिकाउने?
लकडाउन लम्बिएर आज हामी तेस्त्रो हफ्ता सम्म आइपुगेका छौँ। यस्तै रही राख्ने हो भनि अझ एक दुइ हफ्ता घरमै बस्नु पर्ने इस्तिथि आइपर्न सक्ने कुरा त ह…
अति आवश्यक सवारी साधनको पास अब अनलाइनबाटै, कसरी लिने ई-पास ?
सरकारले अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था गरेको छ । <…
एनसेलको नयाँ वर्षमा अफरः अन्तर्राष्ट्रिय कलमा छुट सहित डिजिटल सेवाहरु निःशूल्क
नयाँ वर्षको अवसरमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ अफर ल्याएको छ । जस अ…
आविस्कार केन्द्रले विकास गर्यो एरोसोल बक्स, बिरामीले फेरेको सास सिधै डाक्टरसम्म पुग्न नसक्ने
राष्ट्रिय आविस्कार केन्द्रले एरोसोल बक्सको विकास गरेको छ । एरोसोल बक्सबाट डाक्टरले बि…
आविस्कार केन्द्रले तयार गर्यो इमरजेन्सी भेन्टीलेटर
राष्ट्रिय आविस्कार केन्द्रले इमरजेन्सी भेन्टीलेटरको नमुना तयार गरेको छ । आविस्कार केन्…
कोरोना कोषमा दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको तर्फबाट ४ लाख ५६ हजार जम्मा
नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारहरुको तर्फबाट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा…
स्मार्ट पालिकाले भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्यो कोभिड १९ व्यवस्थापन, क्वारेन्टाइन नियमन तथा ट्रयाकिङ प्रणाली
स्मार्ट पालिका, सेल एप तथा रक्षाद्वारा निर्मित कोभिड - १९ व्यवस्थापन, क्वारेन्टाइन निय…
सरकारलाई एनसेलले बुझायो बाँकी सबै पुँजीगत लाभकर
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई आइतबार १४ अर्ब ३३ करोड रुपैयाँ पूँ…
ह्याक गरिएको भायोनेटको डाटा सार्वजनिक नगर्न तथा नगराउन प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले ह्याकरले अनधिकृत रुपमा लिक गरेको भायानेटको डाटा सार्व…
एसईई विद्यार्थिको लागि रोल्पामा सोमबारबाट दूरशिक्षा कार्यक्रम , सातै रेडियोबाट प्रसारण हुने
सत्प्रयास समूह रोल्पाले आगामी बैशाख १ अर्थात भोलि देखि रोल्पामा एसईई तयारी कक्षा सञ्…
स्मार्टमा ३ सय ९९ रुपैयाँमा २० जीबी डाटा
दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले नयाँ अफर सार्वजनिक गरेको छ ।
सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको भिडियो कन्फेरेन्स
प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडिओ कन्फेरेन्स गरेका छन् …