अपडेट
लकडाउनमा एन आईसी एशिया बैंकले खाद्यान्न बिक्री गरिरहेका व्यवसायीलाई क्युआर कोड प्रदान गर्ने
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना, लगायतका अत्यावश्येक बाहेकका सबै सेवा बन्द छन् ।
यही अवस्थालाई मध्यनजर गर्दै एन आईसी एशिया बैंकले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकहरूको घरमै पुर्याएर विक्री गरिरहेका व्यवसायीहरूलाई क्युआर कोड प्रदान गर्ने भएको छ ।
धेरै समयको लकडाउनको कारण एन आईसी एशिया बैंकका ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको हो ।
ग्राहकहरूले मोबाइल बैंकिङको प्रयोग गरी क्युआर कोड बाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बैंक खातामा जम्मा हुन्छ ।
यस्तो अवस्थामा कोरोनासँगको लडाइमा सरकारलाई साथ दिन एन आईसी एशिया बैंकले सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई इमेल मार्फत सहज रुपमा क्युआर कोड प्रदान गर्ने भएको छ ।
जसको लागि सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना [email protected] मा आफुले गर्ने व्यवसायको प्रकृति खुलाई क्युआर सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल गर्नुपर्नेछ ।
उक्त ईमेलमा सम्बन्धित व्यवसायीको एन आईसी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ ।
त्यसपछि बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्ने छ ।
बैंकले व्यवसायीलाई सम्पर्क गरे पश्चात उक्त क्युआर प्रदान गर्न भर्नुपर्ने आवश्यक फारम व्यवसायीलाई इमेल मार्फत पठाउनेछ ।
व्यवसायीले त्यस पश्चात बैंकबाट प्राप्त फारम भरी सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत् जानकारी गर्नुपर्नेछ ।
त्यसपछि बैंकले आवश्यक प्रकृया पुरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेल मार्फत क्युआर कोड प्रदान गर्नेछ ।
साथै सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त QR Code प्रिन्ट गरी ग्राहकहरूसँग मोबाइल बैंकिङ मार्फत भुक्तानी लिन सक्ने छन् ।
कोरोनाको महामारी समाप्त भई आवतजावत सामान्य भइसकेपछि बैंकले नियमित रुपमा प्रदान गर्ने QR Standee व्यवसायीलाई प्रदान गर्नेछ र जुन व्यवसायीले आफुले व्यवसाय गर्ने स्थानमा राख्न सक्ने छन् ।
व्यवसायीहरूको आवश्यकता अनुसार बैंकले एक भन्दा बढी पनि QR Standee प्रदान गर्नेछ ।
अपडेट
\'एमएससी सीएसआइटी\'को कक्षा अनलाइनबाटै सञ्चालन गर्दै त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रिय विभागले शैक्षिक …
डिजिटल भुक्तानीको प्रयोग गरी इन्टरनेटको सेवा शूल्क तिर्न इन्टरनेट सेवा प्रदायक संघको आग्रह
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले शारीरिक रुपमा पूर्णरुपले अशक्त तथा वृ…
स्यानिटाइजेसन टनेल लगायत प्रविधिको विकासमा काम गर्दै इन्जिनियर्स एशोसियसन
नेपालि इन्जिनियरहरुले कोरोना भाइरस विरुद्ध लड्न विभिन्न सामग्रीको विकास गरेका छन् भ…
फोर्डद्वारा बालबालिकाहरुको लागि अन्तरक्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात
संसारभर फैलिरहेको कोरोना महामारीको कारण सबैजना घरभित्रै बस्न बाध्य छन् । यस लकडाउ…
स्वास्थ्य सेवालाई डिजिटल बनाउदै ‘मेडीडक नेपाल’
के तपाईलाई अस्पताल वा क्लिनिकमा गएर डाक्टरसँग परामर्शको लागि धेरै समय कुर्नु परेको…
प्रहरी कर्मचारीबाट दुर्व्यवहार भएमा तत्काल फोन गर्न नेपाल प्रहरीको अनुरोध
केही प्रहरी कर्मचारीबाट भएका दुर्व्यवहारका घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भिर ध्…
कोरोना नियन्त्रण र रोकथाममा इन्नोभेसन र प्रविधिको बारेमा बृहत अनलाइन छलफल आयोजना हुदै
अहिले विश्व नै कोरोना अर्थात कोभिड १९ बाट आक्रान्त छ । जतिसुकै विकसित देशहरुले पनि पुर्णरुपमा यसको नियन्त्रण गर्न सकेका छैनन । नेपाल पनि कोरोना रोकथामको…
पाइला टेक्नोलोजीले निर्माण गर्यो कोरोना विरुद्ध लड्न ‘युभी डिसइन्फेक्सन रोबोट’
पाइला टेक्नोलोजीले कोरोना भाइरसविरुद्ध लड्न अल्ट्रा भायोलेट (युभी) डिसइन्फेक्सन रोबो…
इन्टरनेट सेवा सुचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनको अवधिभर ग्राहकहरुको इन्टरनेट निरन्तर सञ्चालन गर्…
एप्पलको सबैभन्दा सस्तो आइफोन सार्वजनिक, ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने
एप्पलले बुधबार आइफोन एसई सार्वजनिक गरेको छ । लामो समय चर्चामा रहेको सस्तो आइफोन ए…
स्मार्ट पालिकाको बनायो लाईभ ट्रयाकिङ तथा क्वारेन्टाइन व्यवस्थापन प्रणाली, सबै स्थानिय तहलाई निशुल्क दिइने
स्थानिय निकायहरुलाई डिजिटल रुपान्तरण गर्ने उद्देश्य बोकेको स्मार्टपालिकाले नेपालका ७…
नेपाल टेलिकमका प्रयोगकर्ताले यसरी गर्नुहोस् ब्यालेन्स ट्रान्सफर
के तपाई नेपाल टेलिकमको प्रिपेड सिम प्रयोग गर्नुहुन्छ ? एउटा प्रिपेड सिमबाट अर्को प्र…
कियाले वारेन्टी सुविधा लिने अवधि थप्यो
कोरियाली अटो निर्माता कियाले कोभिड–१९ का कारण वारेन्टी सुविधा अन्तर्गत गाडी मर्मत …
टेलिकमले सुरु गरेको कोरोना सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी
कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले सुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएको गोरखापत्रमा आज प्रकाशित…
एनसेलले कोरोना संक्रमित पहिचान गर्न सरकारलाई सहयोग गर्ने, यसरी आफै गर्नुहोस् परीक्षण
एनसेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरो…