कीवर्डहरू -

अपडेट

वल्र्डलिंकका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक, प्रा.डा विश्वनाथ अग्रवालको निधन 


वल्र्डलिंक कम्युनिकेसनका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक परेको छ । दिलिप अग्रवालका पिता तथा पूर्वसांसद प्राडा विश्वनाथ अग्रवालको गत राति सानेपा स्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तत्कालीन नेपाली जनता दलबाट पहिलो संविधानसभामा प्रतिनिधित्वसमेत गरेका डा. अग्रवाल लामो समय देखी प्यारालाइसिसका बिरामी थिए ।

लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनसमेत गरेका प्रा.डा अग्रवाल रौतहट १ बाट दुईपटक चुनाव लडेका थिए भने पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट विजयी भई संविधानसभामा प्रतिनिधित्व गरेका थिए ।


लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनसमेत गरेका प्रा.डा अग्रवाल रौतहट १ बाट दुईपटक चुनाव लडेका थिए भने पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट विजयी भई संविधानसभामा प्रतिनिधित्व गरेका थिए ।


रौतहट गौर स्थायी घर भई हालः काठमाडौं सानेपामा बस्दै आएका अग्रवालका छोरा दिलिप अग्रवाल नेपालमा इन्टरनेट विस्तार गर्ने अभियानमा पायोनियर मानिन्छन । पारिवारिक स्रोतका अनुसार शनिबार दिउँसो १ बजे अग्रवालको पार्थिव शरीरलाई उनका छोराहरु मनोज र दिलिपले दागबत्ती दिएका थिए । अग्रवालका दुई छोरा, एक छोरी राधा र श्रीमती छन् ।


अग्रवालको निधनपछि उनलाई श्रद्दाञ्जली दिन नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाललगायत विभिन्न राजनीतिक दलका नेता, सांसद्, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरु पशुपति आर्यघाट पुगेका थिए । प्राडा विश्वनाथ अग्रवाल बायोकेमेस्ट्रिका नामि प्रोफेसर मानिन्छन । उनले सन् १९७८ मा वासिङ्टन स्टेट अफ युनिर्भसिटीबाट पिएचडी गरेका थिए ।


सन् १९४७ मा गौरमा जन्मिएका अग्रवालको विज्ञान र प्रविधिको क्षेत्रमा महत्वपुर्ण योगदान छ । उनले हजारौ नेपाली  विद्यार्थीहरुलाई विज्ञानका विभिन्न विषयका रिसर्चमा सहयोग गरेका छन । उनि नाष्टका एकेडेमिसियन पनि थिए । उनलाई अन्तराष्ट्रिय स्तरमा धेरै सस्थाहरुले सम्मान तथा अवार्ड पनि प्रदान गरेका छन । छोरा दिलिप अग्रवाल समेत आफ्ना पिताको प्रेरणाको कारण अमेरिकामा एमबिए अध्ययन गरि स्वदेश फर्केर इन्टरनेट विस्तारमा लागेको बताउछन ।

\"\"

अपडेट

यातायात व्यवस्था विभागले फेरी रोक्यो टुटल र पठाओलाई

सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न पुन चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जार…

चीनले नेपाललाई कोरोनाको औषधी, सूचना र आवश्यक प्रविधि दिन तयार

चीनले नेपाललाई कोरोना भाइरसको औषधी, भाइरस संग लड्न प्रविधि र आबश्यक सुचना दिन तयार रहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भ…

नयाँ तरिकाले विज्ञान र प्रविधि सिकाउँदै ‘कारखाना’

बालबालिकालाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिका देखाउँदै र बनाउँदै आधुनिक शैलीमा पढ्न सिकाउन शैक्षिक संस्था ‘क…

नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले दिए राजीनामा


नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्। २५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत सुब्बाले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई राजिना…

अब रगत चाहिएमा \'रगतदान डट कम\'