कीवर्डहरू -

अपडेट

इजी ट्याक्सी नेपालको एप प्रयोग गर्दा ट्याक्सी चालकको कोरोना बीमा निशूल्क

इजी ट्याक्सी नेपालले ट्याक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखि कोरोना बीमा गरिदिने व्यवस्था गरेको छ । इजी ट्याक्सी नेपालले कोरोना महामारीको विषयलाई ध्यानमा राखि काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने व्यवस्था गरेको हो ।

यस योजना अन्तरगत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा सञ्चालन गरिएको हुनुपर्नेछ वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आबद्ध हुने प्रतिबद्धता गर्नुपर्नेछ । इजी ट्याक्सी नेपालको एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउनेछन् ।

यस एप भित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनको लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ । जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछ भन्ने कुरा जानकारी प्राप्त हुन्छ । भने ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्‍याउने हो सजिलै दर्ता गर्न सक्छन ।

यसबाट चालक तथा यात्रु दुबै सुरक्षित हुनुको साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफु चढेको ट्याक्सीको बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुनेछ ।

यस प्रकारको सिस्टमको माध्यमबाट नेपाल सरकारलाई आवश्यक परेको बेलामा कोरोनाको ट्रेसिङ गर्नुपर्दा सहयोग पुग्नुको साथसाथै आवश्यक विबरणहरु पनि सजिलै संकलन गर्न सकिनेछ ।

अहिलेको समयमा कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्दै ट्याक्सी सेवालाई सहजरुपमा संचालन गर्ने व्यवस्था मिलाउने कम्पनीको उदेश्य रहेको छ ।

इजी ट्याक्सी नेपालकाका अध्यक्ष संजीत पौडेलले देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसाय समेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बीमा गर्न लागिएको बताए ।

भर्खर सिमित संख्यामा ट्याक्सी चल्न थालेका छन र यात्रुहरुलाई समेत सुरक्षित भएको सन्देश दिनुपर्नेछ, जसमा कोरोना बीमा गर्दा ट्याक्सी चालकहरुले ढुक्कले सेवा दिन सक्ने छन्, अध्यक्ष पौडेलले भने ।

यसका साथसाथै ट्याक्सी व्यवसायीलाई ट्याक्सी बीमा गराउँदा विभिन्न बीमा कम्पनीसँगको सहकार्यमा इजी ट्याक्सीले सहुलियत दरमा ट्याक्सी बीमा गराउने व्यवस्था समेत गरेको छ । जसअन्तरगत इजी ट्याक्सी नेपालले ट्याक्सी बीमामा न्यूनतम ७०० रुपैयाँदेखि ८७६५ रुपैयाँसम्मको छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

यसैबिच ट्याक्सीको बीमा अवधि सकिएका वा सकिन लागेका ट्याक्सी व्यवसायीहरुले ट्याक्सी बीमा नविकरण गराउन यस इजी ट्याक्सी नेपाल एपको कार्यालय तिनकुने सुबिधानगरमा सम्पर्क गर्न गर्न सक्नेछन् ।

इजी ट्याक्सी नेपालले विगत लामो समयदेखि ट्याक्सी व्यवसायलाई व्यवस्थित, मर्यादित, भरपर्दो तथा सुरक्षित तरिकाले सञ्चालन गराउन काम गर्दै आइरहेको छ ।

इजी ट्याक्सी नेपालको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आईफोनको लागि एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

अपडेट

सस्तो भेन्टिलेटर बनाउन आविस्कार केन्द्र र स्ट्यान्डफोर्डको कोभिड रेस्पोन्स टिमबीच सहकार्य

नेपालको राष्ट्रिय आविस्कार केन्द्र र अमेरिकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयको कोभिड रेस्प…

लाइभ स्ट्रिमिङ गरी आत्महत्या गर्न लागेको थाहा पाए प्रहरीलाई खबर गर्न साइबर ब्यूरोको अनुरोध

प्रहरीले सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गरी आत्महत्या गर्न लागेको वा गर्दै गरेको घटन…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र हेबई अर्थशास्त्र तथा विजनेश विश्वविद्यालय बीच सम्झौता

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत, नेपाल र हेबई अर्थशास्त्र तथा विजनेश विश्वविद्याल…

डिसहोमले डिलर दाईको अफरलाई निरन्तरता दिने, अनलाइनबाट रिचार्ज गर्नेलाई पनि सहभागी गराउने 

डिशहोमले डिलर दाईको डिस्काउन्ट अफरलाई निरन्तरता दिने भएको छ ।  ग्राहकहरुको अत्याधि…

के हो ‘नेसनल पेमेन्ट गेटवे’ ? कहिलेदेखि सुरु हुन्छ नेपालमा ?

पेमेन्ट गेटवेको अभावका कारण उपभोक्ताले भोग्दै आएको मुलुकभित्र र मुलुक बाहिरको इले…

इन्टरनेट सस्तो र गुणस्तरिय हुनुपर्नेमा सरोकारवालाको चासो, करछुट गर्न आइस्पानको माग

नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्य…

नेपालमा भारतीय न्युज च्यानलको प्रसारणमा रोक

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सि…

ह्वाट्सएपको एनिमेटेड स्टिकर फिचर सबैका लागि उपलब्ध, यसरी गर्नुहोस प्रयोग 

फेसबुकको स्वामित्व रहेको ह्वाट्सएपले एनिमेटेड स्टिकर फिचर सबैको लागि उपलब्ध गराएको …

११५५ टोल फ्रि नम्बरमा फोन गरेर बाढीको जानकारी लिन सकिने

नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको छ…

नबिल बैंक र हुवावेबिच सहकार्य, डिजिटल बैंक बन्न नबिलले हुवावेको प्रविधि प्रयोग गर्ने

नबिल बैंकले हुवावे टेक्नोलोजिजसँग बुधबार एक कार्यक्रमका बिच रणनैतिक साझेदारीको स…