कीवर्डहरू -

अपडेट

यी हुन् टेलिकमका अनलिमिटेड डाटा प्याक

डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ ।

वान आवर अनलिमिटेड प्याकमा एक घण्टा सम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिन्छ । जम्मा २० रुपैयाँमै यो प्याक उपलब्ध हुनेछ । यसबाट एक घण्टासम्म जति पनि डाटा चलाउन वा कुराकानी गर्न पाइने छ ।

यसका लागि सिधै *१४१५#  डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्न सकिन्छ । त्यसैगरी यो प्याक लिनका लागि FDPACK लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ ।

‘अनलिमिटेड नाइट डाटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइन्छ ।

त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिन्छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यक्तिहरुका लागि यो प्याक निकै उपयोगी छ ।

एक रातका निम्ति ‘अनलिमिटेड नाइट डाटा प्याक’ लिनका लागि *1415*3# मा र ७ रातका लागि लिन *1415*3#2 मा डायल गर्नुपर्छ ।

त्यसैगरी एक दिनको प्याकका लागि NUNL र ७ दिनका लागि भए UNL7 टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ ।

नेपाल टेलिकमको वेबसाइटमा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने डाटा प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ ।

अपडेट

लोकप्रिय चलचित्र छक्का पञ्जा ३ डिशहोममा हेर्न सकिने

डिसहोमले लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अब डिशहोमको सिनेमाघर च्यानलमा प्रसारण सुरु गरेको छ ।

नेपाल सहित एसियाली देशलाई कोरोनासँग लड्न ज्याक माले सहयोग उपलब्ध गराउने

अलिबाबा ग्रुपका संस्थापक तथा एसियाका सर्वाधिक धनी व्यक्ती ज्याक माले नेपाल सहित नौ …

अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा कुनै पनि शूल्क नलाग्ने

अब कुनै पनि बैंक तथा वित्तिय संस्थाको कार्ड प्रयोग गरी नेपाल भित्र अन्य बैंक तथा वि…

खल्तीबाट ४० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने

भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीमा आवद्ध भएका ४० भन्दा बढी बैंकहरुमा निशूल्क रकम प…

ई-सेवाबाट ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने

ई-सेवामा आवद्ध भएका ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने भएको छ ।

कनेक्ट आइपीएसबाट हुने कारोबारमा कुनै शुल्क नलाग्ने

कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीबाट गरिने सबै कारोबारहरुमा चैत मसान्तसम्म कुनै शुल्क…

सूचना प्रविधि पढेका व्यक्ति पनि बैंकको सीइओ हुन पाउने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा सीइओहरुको योग्यता थप गरेको छ ।

कोरोना भाइरसबारे सचेतना बढाउने टेलिकमको उपाय, रिंगब्याक टोन र ३२१०० नम्बर सेवा सुरु

नेपाल टेलिकमले कोरोना भाइरसबारे सचेतना बढाउने गरि  विभिन्न नयाँ सेवाहरु सुरु गरेको छ । नेपाल टेलिकमको मोबाइलमा फोन गर्दा  क…

ज्याक माले अमेरिकालाई दिए ५ लाख कोरोना भाइरस परीक्षण किट

अलिबाबा ग्रुपका संस्थापक तथा एसियाका सर्वाधिक धनि व्यक्ति ज्याक माले १० लाख मास्क र …

अब ई-सेवाबाटै पेट्रोल पम्पको भुक्तानी गर्न सकिने

नेपालको पहिलो पेमेन्ट गेटवे ई-सेवाबाटै पेट्रोल पम्पको भुक्तानी गर्न सकिने भएको छ ।  यो सुविधा सँगै अब ई-सेवाबाट क्…

एक फरक धारको रियालिटी शो – सुनौलो तारा

नेपालमै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका …

सरकारले प्रविधिको स्वरूप अनुसार उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्ने सरोकारवालाको भनाइ

अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा सेवा नेपालले काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा उपभोक्ताको गुनासो सरकारले सुनुवाई गर्न नसकेको धारणा व्यक्…