अपडेट
आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेमा २५ प्रतिशतसम्म छुट
नेपाल विद्युत् प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म छुट दिने भएको छ ।
प्राधिकरणले आज एक सार्वजनिक सूचनामार्फत जरिवानाबाट बच्न तथा समय समेत बचाउन उक्त व्यवस्था गरिएको जनाएको छ ।
केही दिन पहिले प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ग्राहकलाई जरिवाना नलिन निर्देशन दिएका थिए ।
सोही निर्देशन अनुसार नै प्राधिकरणले सूचनामार्फत अग्रिम भुक्तानी गर्न र २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको हो ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार मिटर रिडर मिटर पढन नआएमा वा विल प्राप्त नभएमा ग्राहकले सम्बन्धित कार्यालयमा सम्पर्क गरी विल लिनु ग्राहकको कर्तव्य भएको जनाएको छ ।
नियमानुसार ग्राहकले मिटर रिडिङ हुने दिन समेत गरि ७ दिन भित्र विल भुक्तानी गर्दा विल रकममा २५ छुट पाइँदै आएको स्मरण गरेको छ । यस्तै ८ औंं दिनदेखि १५औं दिनसम्म बुझाएमा विल रकम मात्र बुझाए हुने व्यवस्था छ ।
निमायनुसार १६ औं दिनदेखि ३०औं दिनसम्म बुझाएमा पाँच प्रतिशत थप शुल्क लाग्दछ । ३१औं दिनदेखि ४०औं दिनसम्म बुझाएमा १० प्रतिशत र ४१औं दिनपछि भने २५ प्रतिशत थप दस्तुर लाग्छ । ६०औं दिन भित्र पनि महशुल भुक्तानी नभएका जुनसुकै समयमा विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको छ ।
प्राधिकरणले सूचनामा भनिएको छ, “विगतका महिनाको औषत विल अनुमान गरी कति महिनासम्मको विल भुक्तानी गर्न सकिन्छ सो वरावरको रकम अनुमान गरी अग्रिम वुझाएमा पछि विद्युत् महशुल अनुसारको विल हिसाव मिलान गर्दा २५ छुट पाइने छ ।”
विद्युत् महशुल भुक्तानी गर्न ढीला हुँदा लाग्ने जरीवानाबाट समेत वच्न सकिने, प्रत्येक महिना काउन्टरमा गई रहन नपर्ने, समय बचत हुने र यातायात खर्च समेत बच्ने प्राधिकरणको भनाइ छ ।
यस्तै ग्राहक स्वयंले मिटर पढन जान्नु उत्तम रहेको भन्दै आफै मिटर रिडिङ्ग हुने दिनमा कति अंक मिटरमा पुगेको छ त्यो टिप्नु राम्रो हुने प्राधिकरणले जनाएको छ । रासस
अपडेट
अब अनलाइनबाटै सामाजिक सुरक्षा कोषका भुक्तानीहरु गर्न सकिने
सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अब अनलाईनबाटै सिधै लाभग्राहीको बैंक खातामा जम्म…
भायानेटले ल्यायो दशैं तिहारको अवसरमा ‘भायानेट वडा दशैंमा बडा टिभी’ अफर
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले दशैं तिहारको अवसरमा ‘भायानेट वडा दशैंमा ब…
अब मनकामना केबुलकारको टिकट ईसेवा र फोन पेबाटै खरिद गर्न सकिने
अब मनकामना केबुलकारको टिकट ईसेवा र फोन पेबाटै खरिद गर्न सकिने भएको छ । नेपालकै…
आइएमई पे र लालबन्दी खानेपानीबीच सम्झौता
आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे…
मनीग्राम र आइएमई पेबीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता
रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा सेवा प्रदान गर्दै आइरहेको नेतृत्वदायी कम्पन…
क्रिकेट खेलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको अभियोगमा ३ जना पक्राउ
यूएईमामा आयोजना भइरहेको ईन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेट खेलमा अनलाइनमार्फत स…
एनसेलको नयाँ अफर, ४० पैसा प्रति एमबी सम्ममा डेटा प्रयोग गर्न सकिने
निजि क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहि…
पेन्टा क्यामेरा भएको सामसङको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी ए ७२’, कहिले होला सार्वजनिक ?
दक्षिण कोरियाको टेक जायन्ट कम्पनी सामसङ्ले पहिलो पेन्टा क्यामेरा स्मार्टफोन ‘ग्यालेक्सी…
पेन्टा क्यामेरा भएको सामसङको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी ए ७२’, कहिले होला सार्वजनिक ?
दक्षिण कोरियाको टेक जायन्ट कम्पनी सामसङ्ले पहिलो पेन्टा क्यामेरा स्मार्टफोन ‘ग्यालेक्सी…
ईसेवाले पायो आइएसओ २७००१ः२०१३ मान्यता
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ईसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरे…
गेमिङ क्षेत्रमा प्रवेश गर्दैं अमेजन, घोषणा गर्यो क्लाउडमा आधारित गेमिङ सेवा लुना
अनलाइन सपिङमा लोकप्रिय कम्पनी अमेजनले क्लाउडमा आधारित गेमिङ सेवा लुनाको घोषणा गर…
लकडाउनमा सुरु भएको बरदान अनलाइन स्टोर फैलदै, काठमाडौं र बुटवलमा पनि सेवा विस्तार गर्ने योजना
लकडाउनको अवधिमा सुरु भएको बरदान अनलाइन स्टोरले पोखरामा लकडाउन सुरु भएपछिको विष…
नेप्सेले पास गर्यो आइटी पोलिसी
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को सञ्चालक समितिले आइटी पोलिसी पास गरेको छ ।…
बिटकोइन तथा ब्लकचेन प्रविधि नै ट्वीटरको भविष्यः ज्याक डोर्सी
माइक्रो ब्लगिङ साइट ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले बिटकोइन र…
बरदान अनलाइन स्टोरको दशैं उत्सव, उपहारमा खसी र रिसोर्टको प्याकेज
लकडाउनमै सुरु गरि पोखरा र चितवनमा होम डेलिभरी गर्दै आएको ई कमर्स बरदान अनलाइन स्…