कीवर्डहरू -

अपडेट

नेपालमै कोरोना टेस्ट किट बनाउदै शिखर वायोटेक

नेपालको पहिलो एन्टिवडि बायोटेक कम्पनीको रुपमा स्थापित शिखर वायोटेकले विश्वको पछिल्लो संकटको रुपमा आएको कोरोना अर्थात कोभिड १९ को लागि 'टेस्ट किट' बनाउने जनाएको छ । टेस्ट किट विकास गर्नमा केहि समयदेखि काम भैरहेको भए पनि 'लकडाउन'ले केहि समान सिंगापुर र कस्टममा अड्किएको कारण ढिला भएको बताएको छ ।

विश्वको पछिल्लो वायोटेक प्रविधिमा शिखर वायोटेकले काम गरिरहेको जनाएको छ । दोश्रो लेवलको वायोसेफ्टी ल्याब्रोटोेरी रहेको शिखर वायोटेकमा कोभिड १९ को परिक्षण समेत गर्न सकिन्छ ।  सरकारले प्रयोग गर्न चाहेमा यसलाई तत्काल प्रयोगमा ल्याउन सकिने कम्पनीका अध्यक्ष तथा डाक्टर रबिन्द्र सापकोटाले बताए ।

कम्पनीले यो ल्याब प्रयोग गरेर कोभिड १९ को परिक्षण गर्न सरकारलाई उपलब्ध गराउने जनाएको छ । यो ल्याब सेटअप गरेर तत्कालै कोभिड १९ को परिक्षणमा काम गर्न सकिने कम्पनीले बताएको छ ।  यस्तो ल्याबमा रियल टाइम पिसिआर मेसिन र किटहरु उपलब्ध गराएर परिक्षणको लागि काम गर्न सकिने छ ।

कम्पनीले आफु सँग रहेको अत्याधुनिक ल्याब प्रयोग गरेर कोभिड १९ को परिक्षण गर्न सरकारलाई उपलब्ध गराउने जनाएको छ ।

शिखर वायोटेकले एन्टि कोभिड १९ एन्टिवडिजको परिक्षणको लागि टेस्ट उपकरणहरु बनाइरहेको जनाएको छ । यस मार्फत त्यस्ता ठिक भएका विरामीहरु पत्ता लगाउछ र नयाँ व्यत्तिहरुलाई रोगसँग लड्नको लागि अन्तिम अवस्थामा प्रयोगमा ल्याउन सकिन्छ । यसको लागि यो लकडाउनकै अवधिमा परिक्षणको लागि अनुमती मागेको छ ।

यस्तै कम्पनीले विकास गरिरहेको टेस्ट किट सरकारले ल्याएको भन्दा सस्तो मुल्यमा उपलब्ध गराउन सकिने भन्दै समान नेपाल कच्चा पदार्थ (आबश्यक सामान) नेपाल ल्याउन सहयोग गरिदिन आग्रह गरेको छ । डब्ल्युएचओले प्रकाशन गरेको प्रोटोकल अनुसार नै यसलाइ तयार गरिरहेको र सामान  उपलब्ध भए केहि दिनमै तयार गरेर सरकारलाइ दिने अध्यक्ष तथा डाक्टर रबिन्द्र सापकोटाले बताए ।

कम्पनीले विकास गरिरहेको टेस्ट किट सरकारले ल्याएको भन्दा सस्तो मुल्यमा उपलब्ध गराउन सकिने जनाएको छ ।

नेपालको खुमलटारमा रहेको कम्पनीले ब्रिटिश नेपाल भेन्चरको रुपमा एभरेष्ट वायोटेक लिमिटेड कम्पनी बेलयातमा पनि सञ्चालनमा रहेको छ । कम्पनीले उच्च गुणस्तरिय रिएजेन्ट्स र सर्भिस विश्वभरका वायोटेक कम्पनी तथा रिसर्चरहरुलाई उपलब्ध गराउदै आएको छ ।

यस कम्पनीले बाख्राको लागि उच्च गुणस्तरको पोलिक्लोनल एन्टिवडिज उत्पादन गरेर हजारौ प्रयोगकर्तालाई बिक्री गरेको छ । यसैगरी कम्पनीले कयौ नन एन्टिवडि रिएजेन्टेसहरु लाइफ साइन्स रिसर्चको लागि विकास गरेको छ ।

यतिवेला कोरोनाले आक्रान्त भइरहेको विश्वमा कम्पनीले विभिन्न रिसर्च गरि विकास गरेका प्रविधिहरुलाई परिक्षण गरि प्रयोगमा ल्याउन सरकारसँग आग्रह गरेको छ । यसैगरी कम्पनीसँग रहेको पछिल्लो प्रविधिको ल्याब प्रयोगमा ल्याउन सके संकटको बेला परिक्षण प्रणाली थप सहज र विश्वसनिय बनाउने सकिने थियो ।

अपडेट

कोरोना भाइरस बारे जानकारी दिन सरकारको छुटै वेबसाइट

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको कामलाई व्यवस्थित गर्न सरकारले शनिबारदेखि

कोरोना रोकथामको लागि भारतले सार्वजनिक गर्‍यो ‘कोरोना कवच’ मोबाइल एप

भारत सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि कोरोना कवच मोबाइल एप …

अब आइएमई पे वालेटमा रहेको ब्यालेन्सबाट ब्याज कमाउन सकिने

आइएमई ग्रुपले सञ्चालन गरेको डिजिटल वित्तिय सेवा प्रदायक कम्पनी आइएमई पे मोबाइल वाल…

कोभिड १९, महामारी प्रकोप दृष्टिगत गर्दै  ओपोद्वारा वारेण्टी अवधिथप

कोभिड १९, महामारी प्रकोपले विश्वलाई नै आतंकित तुल्याइ रहेकोछ । यसबाट हुन सक्ने क्षति न्यूनिकरण तथा सुरक्षालाई दृष्टिगत गर्दै हाल नेपालमा पनि केही समयकालागि…

एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स

एनसेलका सबै ग्राहकले आजै (बिहीबार, चैत्र १३) बाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेड…

कोरोनाको शंका लागे भिडियो कल मार्फत परामर्श लिन सकिने, सुरु गर्यो हाम्रो पात्रोले \'एनसेल कल टु डाक्टर सेवा\'

भिडियोको माध्यमबाट विद्यार्थिहरुलाई सिकाईरहेको म्याक्स कनेक्टले स्कुलहरुलाई स्मार्टर ल…

नेपाल टेलिकमले रिचार्ज बराबरकै बोनस दिने

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले ग्राहकले रिचार्ज गर्दा रिचार्ज गरे बराब…

टेलिकमले फेर्‍यो रिङ ब्याक टोनको सन्देश

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले कोरोना भाइरस सम्बन्धि रिङ ब्याक टोन पर…

सरकारलाई कोरोना रोकथामको लागि एनसेलको १० करोड सहयोग

नेपाल सरकारले  कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषम…

१ महिनासम्म अनलाइनबाटै मिदासको कोर्षहरु निशूल्क अध्यन गर्न सकिने

मिदास एजुकेशन प्रा.लि. र नीजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच…

कोरोनाको कारण सारथी अस्थायी रुपमा बन्द

अनलाइन मार्फत ट्याक्सी सेवा प्रदान गरिरहेको सारथी क्याब अस्थायी रुपमा बन्द भएको छ । …

यी हुन् टेलिकमका अनलिमिटेड भ्वाइस प्याक

आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार हुनु…