अपडेट
सरकारले सुरु गरेको अनलाइन फुड डेलिभरी वेबसाइटमा बदमासी, वेबसाइट होस्टिङ भारतमा, इमेल सेवा जिमेलमा
नेपाल सरकारले हिजोदेखि सुरु गरेको खाद्यान्य डेलिभभरी पोर्टलमा बदमासी गरेको भेटिएको छ । nepalfood.gov.np को नाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुरु गरेको वेबसाइट डिजिटल ओसियन होस्टिङ सर्भरमा होस्ट गरिएको छ । यद्यपी, नेपालका सरकारी डोमेन तथा वेबसाइटहरु नेपालभित्रै होस्ट गर्नुपर्ने नीतिगत व्यवस्था छ । सरकारले सरकारी वेबसाइट सकेसम्म सरकारी डेटा सेन्टर वा नेपालभित्रै होस्ट गर्नुपर्ने नीतिगत व्यवस्था गरेपनि अनिवार्य भने गरेको छैन ।
वेबसाइटमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी)को नेम सर्भर प्रयोग भएपनि डेभलपर कम्पनीले वेबसाइट आफुले सेवा लिरहेको विदेशी निजी कम्पनीमा होस्टिङ गरिएको पाइएको छ । भारतमा सर्भर रहेको डिजिटल ओसियनमा वेबसाइट होस्ट गरिएको छ । काठमांडौको शंखमुलमा रहेको
Pasls
नाम गरेको कम्पनीले वेबसाइट डेभलपमेन्ट तथा होस्टिङ सेवा प्रदान गरेको देखिन्छ ।
वेबसाइटमा सेक्युरिटीका इस्युजहरु रहेको हुनसक्ने साइबर सुरक्षाका एक जानकारले बताए । यसमा जिमेलको अधिकारिक प्रयोग गरिएको छ । सरकारी वेबसाइटहरुको सेक्युरिटी अडिट नहुनु र जिमेलको प्रयोग गर्नु खेलाचीपन भएको अधिवत्ता बाबुराम अर्यालले बताए । साधारणतया, सरकारी प्रयोजनमा सरकारले उपलब्ध गराउने आधिकारिक इमेल सञ्चालन गर्नुपर्ने हुन्छ ।
नेपालका सरकारी डोमेन तथा वेबसाइटहरु नेपालभित्रै होस्ट गर्नुपर्ने नीतिगत व्यवस्था छ । सरकारले सरकारी वेबसाइट सकेसम्म सरकारी डेटा सेन्टर वा नेपालभित्रै होस्ट गर्नुपर्ने नीतिगत व्यवस्था गरेपनि अनिवार्य भने गरेको छैन ।
सरकारले जारी गर्ने तयारीमा रहेको आइटी विधेयकमा भने सरकारी वेबसाइट तथा इमेल सेवा स्वदेशभित्रकै डेटा सेन्टरमा राखिनुपर्ने प्रावधान छ । यद्यपी विधेयक मन्त्रीपरिषदबाट पारित भइसकेको छैन । अहिलेसम्मको प्राक्टिसमा महत्वपुर्ण सरकारी वेबसाइट सरकारको स्वामित्वमा रहेको जिआइडिसीको सर्भरमा होस्ट गर्ने भनिएको छ तर अनिवार्य नभएको नेपाल सरकारका एक उपसचिवले बताए ।
अहिलेसम्म यसमा नीगित व्यवस्था भएपनि अब आउने विधेयकले यसलाई समेट्ने उहाँको भनाई छ । कुनै इर्मजेन्सीमा सरकारी वेबसाइट वाहिर कतै होस्ट भएपनि सेक्युरिटी अडिट र डेटा प्रोटेक्सनमा सरकारी गाइडलाइन्स अनुसार हुनुपर्ने बताइएको छ । केहि समयअघि स्मार्ट लाइसेन्सका डेटाहरु विदेशी कम्पनीसँग रहेको भन्दै चर्को आलोचना भएपछि सरकारले सरकारी डोमेनहरु नेपालभित्रै होस्ट गर्नुपर्ने नीतिगत व्यवस्था गरिएको थियो । तर, आइटी विधेयक अहिलेसम्म नआउदा अझै अन्योल र स्पष्ट नीति नियम आउन सकेको छैन ।
लिमिटेडले सुरु गरेको वेबसाइटबाट उपभोत्ताले आवश्यक खाद्यय सामग्री अर्डर गर्नेसक्ने व्यवस्था गरिएको छ तर अहिलेसम्म वेकल २ वटा प्रडक्ट (चामल र सिमी) राखेर झारो टार्ने प्रयास गरिएको छ । काठमाण्डौं रिङरोडभि मात्र डेलिभरी हुने र कम्तीमा २ हजारको समान अर्डर गर्नुपर्ने प्रावधानले पनि यो सेवा समान्य जनता तथा उपभोत्ताको लागि प्रभावकारी नहुने देखिन्छ ।
बुधवारमात्र नेपालमा भायानेट कम्युनिकेशनका १ लाख ६० हजार बढि प्रयोगकर्ताको डेटा वाहिरिएको छ । यसैगरी केहि समयअघि फुडमाण्डुको ५० हजारबढि डेटा चोरी भएको थियो । डेटा सेक्युरिटी तथा साइबर क्राइमको चर्को वहस भइरहेको बेला सरकारले सुरु गरेको वेबसाइटमा नै खेलाची गरिएकोले यसको प्रभावकारिता र सुरक्षामा धेरैले चासो व्यक्त गरेका छन । संकटको बेला अनलाइनमा सरकारले डेलिभरी सेवा सुरु गर्नु राम्रो भएपनि पुर्ण तयारीका साथ सेवा सञ्चालन गरेको भए सेक्युरिटीको प्रश्नसँगै उपभोत्ताको गुनासो कम हुनेथियो ।
अपडेट
शंकास्पद फोन, एसएमएस तथा इमेलमा व्यक्तिगत जानकारी नदिन भायानेटको आग्रह
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आफ्नो कस्टुमर इन्फरमेसन सिस्टममा साइबर हमला भ…
अनलाइनबाटै उपत्यका चक्रपथ भित्र खाद्यान्न पुर्याउँदै सरकार , लकडाउनमा डेलिभरी निःशूल्क
सरकारको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइनबाट खाद्यान्…
भायानेट माथि साइबर आक्रमण, १ लाख ५० हजार भन्दा बढी प्रयोगकर्ताका व्यक्तिगत विवरण बाहिरिए
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट माथि साइबर आक्रमण भएको छ । साइबर आक्रमणबाट भा…
महामारीको समयमा समेत सेवाप्रवाहमा जुट्दै वल्र्डलिंक
कोभिड १९ को महामारीमा विश्व समुदायले कठिन परिस्थितिको सामना गरिरहेको बेला नेपालमा पनि यसको फैलावटबाट जेगिनको लागि बुद्धिमतापूर्वक लकडाउनको घोषणा गरि…
फायरफक्सलाई पछि पार्दै माइक्रोसफ्ट एज दोस्रो स्थानमा
माइक्रोसफ्ट एजले ब्राउजरको बजारमा फायरफक्सलाई पछाडी पार्दै दोस्रो स्थान ओगट्न सफल भएक…
एक महिनासम्म अब प्रभु टिभी निःशूल्क हेर्न सकिने
एनसेल प्रयोगकर्ताले अब १ महिनासम्म प्रभु टिभि निःशूल्क हेर्न पाउने भएका छन् । जसको ल…
लकडाउनमा आइटी तथा साइन्सका कोर्सहरु निःशूल्क दिदै ‘अनलाइन कक्षा’
विश्वमा कोरोना भाइरसले महामारीको रुप लिएको बेला नेपालमा पनि त्यसको असर परेको छ …
कोरोनाको लागि गृह मन्त्रालयले सुरु गर्यो \'एकीकृत सूचना तथा क्वारेन्टाइन अनुगमन प्रणाली\'
कोभिड–१९ को बारेमा आधिकारिक सूचना एकै ठाउँबाट जानकारी लिने र मोबाइल एप्समार्फत क्वारेन्टाइन अनुगमन गर्ने सरकारको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइनबाट खाद्यान्…
सरकारले कोरोना ट्रेसिङको लागि छुटै एप ल्याउदै
सरकारले कोरोना भाइरसबाट सम्भावित संक्रमितको पहिचान गर्न छुटै एप सञ्चालनमा ल्याउने …
राष्ट्रिय परीक्षा बोर्डले गर्यो कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित गरेको छ । कोरोना भा…
लकडाउनमा डिजिटल प्रविधिको प्रयोग बढ्दो, उपभोत्ताहरुको गुनासो सम्वोधन गर्ने \'एकिकृत गुनासो प्रणाली\' आवश्यक
यतिखेर विगत १५ दिनदेखि देश लकडाउनमा छ । कोरोना संकटले निम्त्याएको यो विषम परिस्थितीमा अधिकांश कार्यालयहरु बन्द छन । धेरै कम्पनीहरुले घरबाटै काम गरिरहे…
अब १२ जना सम्मले गूगल डिओमा ग्रुप भिडियो कल गर्न सकिने
गूगल डुओमा अब १२ जना सम्मले ग्रुप भिडिओ क्लिङ गर्न सकिने भएको छ । गूगलले यो भन्दा …
टेस्लाले निर्माण गर्यो कारको पार्ट्सबाट भेन्टीलेटर
विश्वमा कोरोना भाइरसले महामारीको रुप लिएको बेला लोकप्रिय कार निर्माता कम्पनी टेस्ल…
राेबाेटिक्स एशाेसियसन नेपाल फारवेस्टले निर्माण गर्यो सेफ्टी बुथ
राेबाेटिक्स एशाेसियसन नेपाल फारवेस्टले काेइचाे ग्रुप तथा राष्ट्र आविस्कार केन्द्रकाे …