अपडेट
रोल्याण्ड–गार्रोस टुर्नामेन्ट र जुनियर वाइल्ड कार्ड सिरिजमा ओपो
काठमाडौं । फ्रान्सको पेरिसमा आयोजित प्रतिस्पर्धाको आधा महिना पश्चात, २०१९ रोल्याण्ड गार्रोस मेन्स सिंगल्स फाइनल सम्पन्न भएको छ ।
अग्रणी स्मार्टफोन ब्राण्ड ओपोसंग सहकार्य गरिएको टूर्नामेन्ट, मेन्स सिंगल प्रतिस्पर्धा अन्तर्गत डोमिनिक थिम माथी रफायल नडालको बिजयसंगै आधिकारिक रुपमा समापन भएको छ ।
विजयसंगै रफायल नडालले मस्केटर्स ट्रफी हात पारेका छन् । प्रतिस्पर्धाको अन्त्यसंगै आपोले सबै प्रतिस्पर्धीलाई हार्दिक प्रशंसाका साथै बधाई ज्ञापन गरेको छ ।
नोवाक जोकोविचको लगातार दशैाँ पटक रेकर्ड–ब्रेकिङ रुपमा टप ८मा सिमित रोल्याण्ड गार्रोस, सेमिफाइनलमा रफायल नडाल र रोजर फेडेररको ३९औँ शोडाउन, एरिनामा नयाँ अनुहारका साथै पहिलो पटक सन् २००० पछि जन्मेकी अमान्डा एनिसिमोभाको ग्राण्ड स्ल्याममा टप ८ सम्मको यात्रा लगायत घटना यसपटक चर्चाको विषय रहे ।
नयाँ खेलाडीहरुका साथै नयाँ आइकनका रुपमा ओपोपनि यस पटक चर्चाको विषयका रुपमा रह्यो । रोल्याण्ड गार्रोसको प्रिमियम पार्टनर तथा स्मार्टफोन क्षेत्रकै एकल ग्लोबल पार्टनरका रुपमा ओपो लामो समयदेखिका पार्टनर रोलेक्स र ईमिरेट्सको साथमा देखिएको थियो ।
ओपोले खेलाडीका साथै उपभोक्तालाई समेत प्रतिस्पर्धा तथा दैनिकी दुबैमा सफलता हात पार्न प्रेरित गर्ने सोचका साथ ‘एस द शट’ नामको क्रिएटिभ क्याम्पेनपनि सार्वजनिक गरेको थियो । साथै, ओपोले रोल्याण्ड गार्रोसका दौरान रोमाञ्चक पल कैद गर्न उक्साउँदै उपभोक्तालाई रेनो टेनएक्स हाइब्रिड जुम फञ्सनको उत्कृष्टता अनुभव गर्ने अवसरपनि प्रदान गरेको थियो ।
ओपोको ब्राण्ड अन्तरराष्ट्रियकरण र सञ्चालन स्थानियकरण गर्ने, नयाँ वैश्विक रणनीती अन्तर्गत रोल्याण्ड गार्रोससंगको पार्टनरशिपले यूरोपियन प्रयोगकर्ताहरु संग ब्राण्ड अन्तरक्रियाका लागि महत्वपूर्ण सञ्चार प्ल्याटफर्म का रुपमा योगदान पुर्याएको छ ।
रोल्याण्ड गार्रोससंग दिर्घकालिन पार्टनरशिप स्थापित गर्न ओपो प्रतिबद्ध छ । दुबै पक्षले सहकार्य गर्दै सन् २०१९ देखि २०२१का लागि संयुक्त कन्टेन्ट क्रिएसन मार्फत खेलकुद र ब्राण्ड मार्केटिङका लागि मोडल निर्माण, यूवा प्रतिभा प्रोत्साहन र ब्राण्ड प्रमोसन सम्बद्ध सहकार्य गर्नेछन् ।
रोल्याण्ड गार्रोस जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपोको प्रमुख प्रायोजक बनेसंगै योजनाबद्ध सहकार्य मध्य यूवा प्रतिभा प्रोत्साहनको थालनी भइसकेको छ ।
ओपो यूरोपका अध्यक्ष भिन्सेन्ट हुआङले भने,‘ रोल्याण्ड गोर्रोससंग सहकार्य गर्दै विश्वभरका यूवा प्रतिभा र भविस्यका टेनिस खेलाडीहरुको उत्थानको साक्षी बन्न पाउँदा हामी निकै उत्साहित छौँ । ओपोमा हामी अद्वितिय पलका लागि स्मार्टफोन निर्माणमा उत्कृष्टता र नवप्रबर्तन दिन सदैव तत्पर रहन्छौँ ।
नयाँ पिढीलाई तिनका सपना प्राप्तिका लागि सघाउनु तथा तिनले टेनिस ईतिहास कोरेको हेर्न हामी निकै आतुर छौँ । भविस्यमापनि ओपोले रोल्याण्ड गार्रोस जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपोसंग सम्बद्ध हुँदै टेनिस प्रेमी यूवा खेलाडीहरुलाई रोल्याण्ड गार्रोसको उच्च सम्मानका लागि स्पर्धामा उत्रिन सघाउने छ ।’
३१ मे मा पेरिसको सुज्यान–लेंलेन स्टेडियममा आयोजित २०१९ रोल्याण्ड गार्रोस जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपोमा, फ्रेन्च टेनिस फेडरशनका अध्यक्ष बर्नार्ड ग्युडिसेल्लीको उपस्थितीमा, गुस्टाभो हाइडी (ब्राजिल) र टियान फानग्रान (चीन)लाई क्रमशः ब्वाइज सिंगल्स च्याम्पियन र गल्र्स सिंगल्स च्याम्पियन घोषित गरिएको थियो ।
रोल्याण्ड गार्रोस जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपो नै विश्व र्याङ्किङ भन्दा बाहिरका यूवा खेलाडीहरुलाई रोल्याण्ड गार्रोसको अनुभव प्रदान गर्ने एक मात्र स्पर्धा हो ।
अपडेट
सफ्ट्वरिका कलेजले काठमाण्डौमा ३ दिने आइ.ओ.टि. प्रदर्शनी गर्दै
काठमाडौं। शब्द र भावनाहरु सँग जोडिएका प्रतिभाहरुलाई खोज्ने उद्धेश्यले “ओपन स्टेज” कार्यक्र…
दुरसञ्चार प्राधिकरणले प्रदेश ५ लाई बनाईदियाे कर्णाली प्रदेश
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश ५ को रोल्पामा रहेको गंगादेव गाउँपालिका ला…
वान प्लस ७ प्रो अब नेपालमा
परम्परागत प्रविधिलाई चुनौती दिदैँ वान प्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । क्यामेराको अनुभवलाई पुनः परिभाषित गदैँ, वान…
सफ्टवेरिका कलेजमा जेठ २८ देखि आइओटी एक्जिबिसन २०१९ हुने
काठमाडौं । डिल्लिबजारमा रहेको सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई-कमर्सको आयोजनामा काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने १२४ वटा स्थ…
एन आई सी एशिया बैंक लि.कोे ईद–उल–फितरको अवसरमा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवाको योजना
ग्रामीण तथा शहरी क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई…
नेपाल टेलिकमको विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवा
काठमाडौं। नाफालाई मात्र ध्यानमा नराखी मुलुकभर सेवा विस्तार गर्दै आएको मुलुककै अग्रणी दू…
एन आई सी एशिया बैंक लि को दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा
काठमाडौं। झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्गजा जिल्ला, …
महालक्ष्मी विकास बैँक लि को शाखा सञ्जाल विस्तार
काठमाडौं। महालक्ष्मी विकास बैंक लि ले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य अनुर…
ब्राण्ड पहिचान अद्यावधिक गर्दै ओपो
काठमाडौं । उपभोक्ता केन्द्रित आफ्ना सिद्धान्तलाई थप सुदृढ गर्दै वैश्विकरुपमै अग्रणी स्मार्टफो…
नेप्सलाई भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति
काठमाडौं। नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था संयन्त्रलाई प्रदान…