कीवर्डहरू -

अपडेट

ग्यापुको भर्चुअल बार सञ्चालनमा, अर्डर गरेको एक घण्टामै डेलिभरी हुने

नेपाली ई-कमर्श कम्पनी ग्यापु मार्केटप्लेसले जी बार सञ्चालनमा ल्याउने भएको छ । अल्कोहल र तयारी खाजा चौबीसै घण्टा डेलिभरी गर्ने उदेश्यले असार २५ गते बिहीबारदेखि कम्पनीले भर्चुअल जी बार सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार लकडाउनका कारण बार तथा रेष्टुरेन्ट बन्द भएको समयमा ग्राहकहरुलाई सेवा दिन भर्चुअल बार सन्चालनमा ल्याइएको हो । जी बार मार्फत ग्राहकले अर्डर गरेको एक घण्टामा घरमै डेलिभरीको सेवा दिने बताइएको छ ।

जी बार एउटा भर्चुअल बार हो । जहाँ ग्राहकले घरमै मेनु पाउने छन् र आफुलाई आवश्यक सामग्रीहरु ग्यापु डटकम बाट अर्डर गर्न सक्नेछन् । ग्राहकले फेसबुक पेज तथा ९८०१८५५५४९ मा फोन गरेर वा ह्वाट्सएपमा म्यासेज गरेर समेत अर्डर गर्न सक्ने छन् ।

जी बारको ओपनिङ अफर अन्तर्गत असार २५ र २६ गते एकहजार दुईसय भन्दा बढी खरिद गर्ने सबै ग्राहकहरुलाई दुईसय रुपैयाँ बराबरको सपिङ भौचर प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विभिन्न ब्राण्डका अल्कोहल, चिसो पेय, कक्टेल, मोक्टेल, हुक्कासँगै तयारी खाजामा म:म, सुकुटी फ्राइ, बफ चिकेन चिल्ली, फ्राई राइस, बदाम साँधेको उपलब्ध हुनेछ । भने लेज, कुर्कुरे, दालमोठ पनि डेलिभरी दिइने छ ।

ग्राहकले सामान खरिद गर्दा फोनपे, कनेक्ट आइपिएस, ईसेवा, खल्ती, प्रभुपे, आइएमई पेबाट भुक्तानी गर्न सक्नेछन । त्यस्तै ग्राहकले डेलिभरिको समयमा कुनै पनि डेबिट वा क्रेडिट कार्ड स्वाइप गरेर वा नगद समेत दिन सकिने सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

अपडेट

चिनियाँ एप स्टोरबाट एप्पलले हटायो ४५०० गेमिङ एप

एप्पलले चिनियाँ एप स्टोरबाट चिनियाँ ४५०० गेमिङ एप हटाएको छ । चिनियाँ सरकारले आफ्…

लकडाउनमा टिकटक र नेटफ्लिक्स चलाउने शतप्रतिशतले वृद्धि

नेपालमा कोरोनाले निम्त्याएको संकटसँगै भएको लकडाउनको कारण इन्टरनेट खपतमा वृद्धि भएको छ । लकडाउनअघि ५०० गिगाबिट प्रतिसेकेण्ड इन्टरनेट व्याण्डविथ आइरहेको ने…

अब आई पे रेमिट मार्फत पठाएको रकम ईसेवा वालेटबाट प्राप्त गर्न सकिने

अब आई पे रेमिट मार्फत पठाएको रकम ईसेवा वालेटमै प्राप्त गर्न सकिने भएको छ । यसको ल…

सस्तो मूल्यमा सामान पाइने भन्दै गरिएको फेक विज्ञापनको प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

फेसबुक पेजमा मोबाइल, घडी तथा अन्य महङ्गो मूल्यका सामानहरु सस्तो मूल्यमा बिक्रीमा छ …

आइसिटी अवार्ड २०२० को लागि कुन विधामा कसरी दिने आवेदन ? 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन असार ८, २०७७ देखि सुरु भइसकेको छ ।…

युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गर्‍यो एन्टी डोपिङ एप

युवा तथा खेलकुद मन्त्रालयले एन्टी डोपिङ एप सञ्चालनमा ल्याएको छ । युवा तथा खेलकुद म…

ईसेवा प्रिभिलेज सदस्यता सुरु, कोरोना भाइरसको निशूल्क परामर्श देखि दुर्घटना बिमासम्मको फाइदा

नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवाले प्रिभिलेज सदस्यता नामक नयाँ योजना सुरु गरेको…

फोर्ड एन्डेभर २०२० संस्करण नेपाली बजारमा

फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडल…

अब एक व्यक्तिले दुईवटा सिम कार्ड मात्रै प्रयोग गर्न पाइने 

अब एक व्यक्तिले २ वटा भन्दा बढि सीम प्रयोग गर्न नपाइने भएको छ । नियामक निकाय नेपाल…

कृषि विकास बैंकको सिस्टम ह्याकिङमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनधिकृत पहुँच राखि रकम रकमान्तर गरी भु…

सगरमाथाको आधार शिविरसम्म वाईफाई सेवा पुर्‍याउन ६ करोड ९९ लाख ९ हजार अनुदान 

नेपाल दूरसञ्चार प्राधिकरणले सगरमाथाको आधार शिविरसम्म इन्टरनेट सेवा विस्तार गर्न एभर…

फेसबुक, क्यान महासंघ र आईजिआईबीच सहकार्य, नेपालका साना तथा मझौला उद्यमलाई सहयोग गर्ने

फेसबुकले क्यान महासंघ र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट (आईजिआई) को सहकार्यमा नेपालका…

बिग डेटाको अनलाइन ट्रेनिङ आयोजना हुदै

माउनटेक सोलुसनले बिग डेटाको अनलाइन ट्रेनिङ आयोजना गरेको छ । बिग डेटा हडुप अनला…

गूगलले प्ले स्टोरबाट हटायो २५ ओटो मोबाइल एप 

गूगलले प्ले स्टोरबाट २५ ओटा मोबाइल एपहरुलाई हटाएको छ । फेसबुक प्रयोगकर्ताको लगइन …

विराटनगर र धरानमा मिसकलकै भरमा किराना र तरकारी घर घरमा पुर्‍याउँदै गुद्री डटकम

थोरै समयमा धेरै कार्य सम्पन्न गर्नु आजको प्रतिस्पर्धी समाजको आवश्यकता हो । समय अनुसार…