कीवर्डहरू -

अपडेट

प्रविधिमैत्री बन्दैं नयाँ बसपार्क, अब कम्प्युटर प्रणाली मार्फट बसको टिकट 

शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बसपार्कमा भेटिएकी राधिका ओलीले सहज रुपमा बसको टिकट काटिन् ।

दिउँसो २ः०० बजे बसपार्कमा भेटिएकी उनी कम्युटर प्रणालीमार्फत टिकट लिन पाउँदा खुशी देखिन्थिन् । ‘पहिला दाङ जानका लागि बसपार्कमा आउँदा सार्वजनिक बसका कर्मचारीले तानातान गरेर हैरान पारेका थिए, यसपटक सहज रुपमा दाङ जाने बसको टिकट काउण्टरमा गएर लिन पायौं’, उनी भन्छिन् ।

दिउँसो ४ः४५ बजे बुर्तिवाङ जानका लागि धौलागिरि यातायात सेवा प्रालिको बा ५ ख १५५३ नं को बसको टिकट लिन नयाँ बसपार्क पुगेका टेकबहादुर सुनुवार पनि सहज रुपमा टिकट लिन पाउँदा निकै खुशी देखिन्थे ।

‘पहिला हस्तलिखित टिकट हुन्थ्यो, टिकटमा पूरा नाम पनि लेख्दैनथ्यो, अहिले कम्युटर प्रणालीमार्फत पूरा नाम, गन्तव्यस्थल, बस नम्बर, बस छुट्ने समय, बसको सिट नम्बर र रकम स्पष्ट लेखेको हुँदा सहज भएको छ’, उनी भन्छन् ।

यस्तै, दिउँसो ३ः०० बजे भालुवाङ जानका लागि ना ६ ख १३८८ नं को बसमा टिकट काट्न दिउँसो १ः०० बजे नयाँबसपार्क पुगेका किसन ओलीलाई पनि टिकट लिन निकै सहज भयो । पहिला बस टिकट काट्न धकेलाधकेल हुने गरेकामा अहिले त्यस्तो अवस्था नआएको उनको भनाइ थियो ।

प्रविधिको प्रयोगसँगै नयाँ बसपार्कबाट देशभरका गन्तव्यस्थलमा कुन समयमा कुन बस छुट्ने भन्नेबारे यात्रुले सहजै जानकारी लिन सक्नेछन् । यी केवल प्रतिनिधिमूलक घटना मात्र हुन् ।

पछिल्लो समय बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिले विभिन्न यातायात प्रालिसँग मिलेर प्रविधिको प्रयोग भित्र्याएसँगै यात्रुलाई टिकट लिन सहज भएको हो ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण झण्डै छ महिना बन्द रहेको समयको उपयोग गरी ल्होत्से बहुउदेश्यीय प्रालिले सरकारको निर्देशनअनुसार प्रविधिलाई नयाँ बसपार्कमा भित्र्याएको हो ।

ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर नयाँ बसपार्कभित्रको टिकट काउण्टरमा हुने भीडभाडलाई कम गरी कोरोना सङ्क्रमण फैलन नदिन प्रविधिको प्रयोगमार्फत टिकट काट्ने व्यवस्था मिलाइएको बताउँछन् ।

‘समयको परिवर्तनसँगै सरकारले ‘डिजिटल नेपाल’ को परिकल्पना गरेको छ, त्यसलाई पूरा गर्न हामी लागिरहेका छौँ”, उनी भन्छन् । नयाँ बसपार्कमा अहिलेसम्म ३० काउण्टरमा कम्युटर प्रणाली जडान गरे पनि १२ काउण्टरबाट मात्र यात्रुलाई सेवा प्रदान गरिएको छ । बाँकी काउण्टर पनि चाँडै नै सञ्चालन गर्ने तयारी गरिएको छ ।

ल्होत्से बहुउदेश्यीय प्रालिले हाल पूर्वी नेपालका ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम, उदयपुर, सिरहा, सप्तरी साथै पश्चिमका धनगढी, महेन्द्रनगर, बर्दिया, बाँके, दैलेख, रुकुम, रोल्पा, भालुवाङ, वुर्तिवाङ, टिकापुरलगायत गन्तव्यस्थलमा प्रविधिको प्रयोग गरी कम्युटरमार्फत टिकट काट्दै आएको छ ।

धौलागिरि–गण्डकी यातायात प्रालिको काउण्टरमा कार्यरत कर्मचारी पशुपति पौडेल हस्तलिखित टिकटभन्दा प्रविधिको माध्यमबाट टिकट लिँदा केही समय लाग्ने गरेको बताउनुहुन्छ ।

‘हस्तलिखित टिकट पाँच जनाको लिने समयमा पनि प्रविधिमार्फत एक जनाको टिकट लिन समय लाग्ने भएकाले यात्रुले केही अप्ठ्यारो महशुस गरेका छन्’, उनी भन्छन् । धौलागिरी–गण्डकी यातायात प्रालिले भने इ सेवामार्फत बसको टिकट लिने व्यवस्थासमेत मिलाइसकेको उनको भनाइ छ ।

चालकको लापरवाही तथा बाटोको दुरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न लागिएको छ ।

पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारी साधन नयाँ बसपार्कबाट आवतजावत गर्छन् । उक्त बसपार्कबाट दैनिक झण्डै एक हजार ५०० सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् ।

काठमाडौँ महानगरपालिका–२६ मा १६१ रोपनी क्षेत्रफलमा सञ्चालन भई आएको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको हो । यसको पश्चिमतर्फ विष्णुमती करिडोर निर्माण भएको छ ।

विसं २०५६ मा काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी–साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।

उक्त बसपार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टाछुट्टै बसपार्कस्थल निर्माण गरिएको छ ।

ल्होत्से बहुउद्देश्यीय प्रालिले चालक, सहचालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रले निःशुल्क परामर्श तथा प्राथमिक उपचार गर्दै आएको छ । रासस

अपडेट

फ्युचर आइफोनका लागि आफ्नै सेलुलर मोडेम विकास गर्दैं एप्पल

एप्पलले फ्युचर आइफोनका लागी आफ्नै सेलुलर मोडेमको विकास गरिरहेको छ । ब्लुमवर्गका अन…

धुलिखेल नगरपालिकाले शुरु गर्‍यो अनलाइन कर भुक्तानी सेवा

धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेक…

तुल्सीपुरमा अब विद्युतीय माध्यमबाट घर नक्सा पास

दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घर नक्सा पास हुने व्यवस्थाको श…

ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधैं स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने

ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधै स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने भए…

आविष्कार केन्द्रले बनायो हेलिकोप्टरमा कोरोनाका बिरामी बोक्न मिल्ने आइसोलेसन च्याम्बर 

राष्ट्रिय आविष्कार केन्द्रले हेलिकोप्टरमा सुरक्षित तरिकारले कोरोनाका बिरामीहरु बोक्न …

उपत्यकामा पनि खुल्न थाले शिक्षण संस्था

पछिल्लो समय नेपालमा कोरोनाको संक्रमणको दर कम भएसँगै अरु क्षेत्रसंगै शैक्षिक संस्थाह…

‘सबै नेपालीलाई कोरोना खोप’

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार नागरिकको जीवन र जीविका रक्षा दुवैलाई उच्च प्र…

दरबारमार्गमा एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एकजना पक्राउ

काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम मेसिन तोड…

ओपोद्वारा ‘ओ फ्यान्स फेस्टिभल’ को घोषणा

स्मार्टफोन ब्राण्ड ओपोले ‘ओ फ्यान्स फेस्टिभल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । सुरुव…

अब कनेक्ट आइपीएसबाटै मेटलाइफको प्रिमियम तिर्न सकिने 

अब कनेक्ट आइपीएसबाटै मेटलाइफको प्रिमियम तिर्न सकिने भएको छ । ग्राहकहरुको सहजताका …

ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गर्दैं सामसङ

सामसङले जनवरी १४ मा ग्यालेक्सी एस २१ लाइनअपलाई सार्वजनिक गर्न सक्ने भएको छ । एन्ड्रो…

सामसङले सार्वजनिक गर्‍यो ११० इन्चको माइक्रोएलइडी टिभी 

विश्वको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ११० इन्च माइक्रो एलइडी टिभी सार्वजनिक ग…

माछापुच्छ्रे बैंकले पनि शुरू गर्‍यो ‘कर्पोरेट पे’ प्रणाली

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल …

महालक्ष्मी विकास बैंकले ‘कर्पोरेट पे’ प्रणाली सञ्चालन गर्ने 

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिज…

कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे

सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे प्रारम्भिक अनु…