कीवर्डहरू -

अपडेट

कार्तिक २६ गते दराजको ११.११ सेल डे, यस्ता छन् आकर्षक छुट

नेपालको अग्रणी अनलाइन शपिङ बजार दराजले आफ्नो वार्षिक ११.११ सेल नोभेम्बर ११ (कार्तिक २६) मा आयोजना गर्ने भएको छ । अलीबाबाको ११.११ चीनबाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ ।

११.११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउण्ट, निःशुल्क डेलिभरी, भौचरहरु र अन्यमार्फत ६ हजार भन्दा बढी विक्रेताहरू र  १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्राण्डहरुले बेच्दै आएका ५ लाख भन्दा बढी उत्पादनहरुमा धेरै भन्दा धेरै छुट पाउनेछन् ।

यसपालिको ११.११ सेलमा ग्राहकहरुले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्डमार्फत समान अर्डर गर्दा २० प्रतिशत (३ हजार रुपैयाँसम्मको) छुट पाउनेछन ।

यसको लागि नबिल बैंक, एनआईसी एशिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेञ्चुरी बैंक र हिमालयन बैंकका कार्डबाहकहरूले सेवा लिन सक्नेछन् ।

छुटको मज्जा लिन ग्राहकहरुले आफ्नो बैंक कार्डमार्फत अनलाइन शपिङ्ग गर्न मिल्ने हुनुपर्छ । ग्राहकहरूले कार्ड एक्टिभेट गर्न सम्बन्धित बैंकमा सम्पर्क गर्न सक्नेछन्।

११.११ मा ग्राहकहरुले ‘दराज वन रुपैयाँ गेम’, ‘एड टु कार्ट एण्ड विन’, ‘मिसन ११.११’ र ‘डिएफजी लुडो प्रतियोगिता’ जस्ता रमाइलो गेमहरुमा भाग लिएर आकर्षक पुरस्कारहरु जित्ने मौका पनि पाइने छ ।

दराज वन रुपैयाँ गेममा ग्राहकहरुले महंगा सामानहरु जम्मा एक रुपैयाँमा जित्न सक्नेछन, एड टु कार्ट एण्ड वीनमा आफ्नो दराज एपको कार्टमा राखेको सामान जित्न सक्छन भने लुडो प्रतियोगितामा थप पुरष्कार सहित १५ हजार रुपैयाँ जित्न सक्नेछन ।

साथै, ग्राहकहरूले ११/११ मा शपिङ्ग गर्दा ८ लाख बराबरको नयाँ टिभीएस अपाचे आरआर ३१० पनि जित्न सक्नेछन ।

११/११ को दिनमा दराज एप र वेबसाइटमा ५ लाख भन्दा बढी प्रयोगकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ। त्यसैले नेपालका २७ शहरहरूमा द्रुत वितरण सुनिश्चित गर्न र सबै भन्दा राम्रो ग्राहक अनुभव प्रदान गर्न दराजले ९०० भन्दा बढी डेलिभरी र ग्राहक सेवा एजेन्टहरू थपेको छ ।

साथै कर्मचारी र ग्राहकहरूको सुरक्षा सुनिश्चित गर्न दराजले प्रत्येक कर्मचारीको नियमित तापमान जाँच, हरेक स्थानमा नियमित सरसफाई र सबै डेलिभरी राइडरहरूलाइ मास्क, पन्जा र सेनिटाइजरहरु प्रयोग गर्न लगाएको छ।

समग्रमा, २०२० को दाराज ११/११ सम्पूर्ण नेपालभरका ग्राहकहरूका लागि सुरक्षित शपिंग अनुभव सुनिश्चित गर्दै यस वर्षको सब भन्दा ठूलो अनलाइन सेल हुने कम्पनीले जनाएको छ।


अपडेट

आईसीएफसी फाइनान्स र खल्तीबीच डिजिटल भुक्तानीका लागि सहकार्य  

आईसीएफसी फाइनान्स लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयाेग गर्ने आफ्ना ग्राह…

सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन सकिने

सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्ष…

गेममा फोकस गरेर ग्यालेक्सी स्टोर रिडिजाइन गर्दैं सामसङ

सामसङले गेममा फोकस गरेर ग्यालेक्सी स्टोरलाई रिडिजाइन गर्ने भएको छ । सामसङ मोबाइलम…

माइक्रोसफ्टले इन्टरनेट एक्सपलोररको बानी छुटाउँदैं, अब केही वेबसाइट एजमै खोल्नुपर्ने

माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई इन्टरनेट एक्सपलोररको बानी छुट्याउने उपाय ल्याएको छ । …

२० प्रतिशत विदेशी च्यानल मात्रै क्लिनफिडमा

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार विदेशी च्यानलमा अनिवार्य क्लिनफिडको नीति लाग…

कुमारी बैंकका ग्राहकले अब मोबाइलबाटै १ लाखरुपैयाँ सम्म कर्जा लिन सक्ने

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुव…

लिङ्कडिनले सार्वजनिक गर्‍यो क्यारियर एक्सप्लोरर, रोजगारी खोज्न सहज हुने

प्रोफेसनलहरुको सामाजिक सञ्जाल लिङ्कडिनले क्यारीयर एक्सप्लोरर टूल सार्वजनिक गरेको छ ।…

जुम्लामा डिजिटल कर प्रणाली


जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ …

एफ्वान सफ्ट ग्रुपमा रोजगारीको अवसर, माग्यो २९ जना कमर्चारी

एफ्वान सफ्ट ग्रुपले २९ जना कमर्चारी मागेको छ । एफ्वान सफ्टले विभिन्न पदमा २९ जना कर्म…

कक्षा १२ को परीक्षाः विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर

चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोना…

क्लिन फिड १५ दिनभित्र पूर्ण कार्यान्वयन

बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञ…

भारतीय स्मार्टफोन बजारः साओमीलाई उछिन्दै दुई वर्ष पछि सामसङ पहिलो स्थानमा 

सामसङले दुई वर्ष पछि भारतीय स्मार्टफोन बजारमा साओमीलाई उछिन्न सफल भएको छ । भारतिय…

उद्यमी टक सिरिजको पाँचौं श्रृंखला शनिबार आयोजना हुँदैं 

हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यम…

सामसङले पनि एप्पल जस्तै स्मार्टफोनमा चार्जर र इयरफोन हटाउन सक्ने

सामसङले एप्पल जस्तै आफ्नो सेटमा पनि चार्जर र इयरफोन हटाउन सक्ने भएको छ । एप्पलले यो…

बैंक एटिएम तोडफोड गर्न खोज्ने व्यक्ति लागूऔषधसहित पक्राउ

व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम बक्स तोडफोड गर्दै गरेको…