अपडेट
डिजिटल नेपालको कार्यान्वयन फितलो ! सरकारको प्राथमिकतामा किन पर्दैन एजेण्डा ? (भिडियो सहित)
सरकारले दुई वर्षअघि डिजिटल नेपाल बनाउने अभियान स्वरूप यसको फ्रेमवर्क सार्वजनिक ग¥यो । ८ मुख्य डोमेन र ८० वटा इनिसिएटिभ्स सहितको फ्रेमवर्क गतवर्षको कार्तिक ८ गते मन्त्रिपरिषद्को बैठकले पारित ग¥यो । फ्रेमवर्कको कार्यान्वयनमा भइरहेको ढिलाइबारे सचेत गराउँदै विज्ञहरूले सरकार र राजनीतिक उच्च तहबाट प्राथमिकतामा राखेर कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।
शनिवार डिजिटल संवाद कार्यक्रममा बोल्दै विज्ञ मनोहर भट्टराईले डिजिटल नेपाल फ्रेमवर्क एउटा लिभिङ डकुमेन्टको रूपमा रहेको तर यसको लक्ष्य र उद्देश्य अनुरूप काम गर्न सरकारी प्रतिबद्धतासँगै राजनीतिक एजेन्डाको रूपमा प्राथमिकतामा राखिनुपर्ने बताए । लकडाउनले डिजिटल अवसर खुला गरेको सन्दर्भलाई नियाल्दै सरकारले संघीय, प्रादेशिक तथा स्थानीय निकायमा पनि डिजिटल नेपालको कार्यान्वयनमा ध्यान दिनुपर्ने भट्टराईको जोड थियो । उनले भने, ‘डिजिटल नेपालका पिलरहरू बलियो बनाउँदै स्थानीय तहसम्म कार्यान्वयन गर्न नेशनल सिआइओको आवश्यकता छ ।’
सरकारले पछिल्लो समय प्रविधिलाई प्राथमिकतामा राख्दै समृद्ध मुलुक बनाउन डिजिटल नेपाल फ्रेमवर्क ल्याएको पूर्व सहसचिव वीरेन्द्र मिश्रले बताए । सरकार फ्रेमवर्कको कार्यान्वयनमा अघि बढेको भन्दै उनले अबको बजेट तथा नीति तथा कार्यक्रम यसतर्फ अघि बढ्न सहज बनाउने बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वमा डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गरिने कुरा उल्लेख गरिएको छ । सरकारले पहिलो चरणमा ८ वडा डोमेन अन्तर्गत डिजिटल नेपाल फाउण्डेसनको काम भइरहेको जनाएको छ ।
अरूभन्दा इन्टरनेट तथा दूरसञ्चार क्षेत्रमा सन्तोषजनक प्रगति छ । तर, योजना अनुरुप काम गर्न विभिन्न सरकारी निकायबीच हुनुपर्ने समन्वयको अभाब छ - पुरुषोतम खनाल, अध्यक्ष दुरसंचार प्राधिकरण ।
नेपालमा डिजिटल नेपाल फ्रेमवर्क बाहेक पनि दर्जनांै पोलिसीहरू निर्माण भएका छन् । अहिले नेपालमा आइसिटी पोलिसी २०१५, ब्रोडब्याण्ड पोलिसी २०१५ सञ्चालनमा छन् । यसैगरी विद्युतीय कारोबार ऐन २०६३ समेत प्रचलनमा छ भने सरकारले सूचना प्रविधि विधेयक ल्याउने तयारी गरेको छ ।
नेपालमा पोलिसीको अभाव नभए पनि कार्यान्वयनमा समस्या भएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । अरूभन्दा इन्टरनेट तथा दूरसञ्चार क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताउँदै उनले काम गर्दा विभिन्न सरकारी निकायबीच समन्वय जरुरी रहेको बताए ।
डिजिटल नेपालको लागि फाउण्डेसन तयार पार्ने कामको लागि दूरसञ्चार प्राधिकरणले प्राथमिकताको साथ काम गरिरहेको बताउँदै खनालले कोरोना सकिएको ६ महीनाभित्र ब्रोडब्याण्ड विस्तारले तीव्रता पाउने बताए । नेपालमा धेरै योजना तथा पोलिसीहरू आए पनि कार्यान्वयन फितलो हँुदा हामीले प्रगति गर्न नसकेको जनाउँदै इन्टरप्राइज आर्किटेक्ट विवेक राणाले ग्रामीण क्षेत्रमा साधारण मानिसको जीवनशैली परिवर्तन गर्नेगरी काम गर्नुपर्ने बताए ।
ई–गभर्नेन्सको रूपमा नेपालमा एप्लिकेशन मात्र प्रयोग भएको तर त्यसको स्ट्यान्डराइज पनि नगरिएको बताए । पोलिसी बनाउँदा सबै क्षेत्रका मानिसहरुको सुझाव र प्रतिक्रिया लिएर अघि बढ्नुपर्ने बताउँदै राणाले सरकारले एक्सेसिबल गुड गभर्र्नेन्समा जोड दिनुपर्ने बताए ।
सरकारले इन्नोभेसनलाई प्रवद्र्धन गर्न नसकेको बताउँदै डिजिटल नेपालको कार्यान्वयनसँगै इन्नोभेसनलाई अघि बढाउन जेनरल टेक्नोलोजीका सुनैना पाण्डेले सरकारलाई आग्रह गरिन् ।
सरकारले इन्नोभेसनलाई प्रवद्र्धन गर्न नसकेको बताउँदै डिजिटल नेपालको कार्यान्वयनसँगै इन्नोभेसनलाई अघि बढाउन जेनरल टेक्नोलोजीका सुनैना पाण्डेले सरकारलाई आग्रह गरिन् । सेक्युरिटीका विषयलाई समेत हल्का रूपमा लिइएको बताउँदै पाण्डेले सरकारी काम वान विन्डो सिस्टमबाट हुनुपर्नेमा जोड दिइन् । सरकारले डिजिटल सेवालाई प्राथमिकतामा नराखेको गुनासो गर्दै भनिन्, ‘एकीकृत रूपमा काम गर्न आइसिटी काउन्सिल आवश्यक छ ।’
पूर्वमन्त्री गणेश शाहले कार्यक्रममा बोल्दै पोलिसी निर्माणदेखि कार्यान्वयनसम्म आउँदा सरकार धेरै ठाउँमा चुकिरहेको बताउँदै अब कोरोनाको संकटबाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताए । डिजिटल डिभाइड कम गर्दै कार्यान्वयन पक्षमा सबै क्षेत्रलाई समेटेर समन्वयकारी भूमिकामा अघि बढ्नुपर्नेमा शाहको जोड थियो । कार्यक्रममा कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष दिपेन्द्र रोकायाले नीति बनाएर मात्र नहुने तर त्यसको कार्यान्वयनमा दक्ष जनशक्ति तयार गर्दै अघि बढ्नुपर्ने महसुस गरेको बताए ।
डिजिटल संवाद कार्यक्रममा बोल्दै विज्ञ मनोहर भट्टराईले डिजिटल नेपाल फ्रेमवर्क एउटा लिभिङ डकुमेन्टको रूपमा रहेको तर यसको लक्ष्य र उद्देश्य अनुरूप काम गर्न सरकारी प्रतिबद्धतासँगै राजनीतिक एजेन्डाको रूपमा प्राथमिकतामा राखिनुपर्ने बताए ।
डिजिटल संवादमा विभिन्न प्रदेश सरकारका प्रतिनिधिसँगै १ सय ५० बढीको सहभागिता रहेको थियो । अष्ट्रेलिया सरकारसँग काम गरिरहेका सुदिप कार्कीले डिजिटल ट्रान्सफर्मेशन एजेन्सी बनाएर काम गर्न सुझाव दिए । प्रदेश ५ का प्रतिनिधि सुदिप अर्यालले डिजिटल नेपाल फ्रेमवर्कलाई दिगो विकासको लक्ष्यसँग जोडेर लैजानुपर्ने बताए । कार्यक्रममा आइटी विभागका पूर्व डिजी कपिलदेव श्रेष्ठ, क्यान महासंघका पूर्व अध्यक्ष विप्लवमान सिंह, आइटी उद्यमी लक्ष्मण श्रेष्ठ, आशुतोषमणि दीक्षित लगायतले आफ्नो विचार राखेका थिए ।
सरकारले ८ महिनाअघि मन्त्रिपरिषद्बाट पारित गरेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गर्नेगरी यस वर्ष सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ । ५ वर्षमा देशलाई डिजिटल नेपालको रूपमा प्रस्तुत गर्नेगरी फ्रेमवर्क ल्याएको हो । फ्रेमवर्कमा कतिपय कुराहरू अस्पष्ट रहेको र तयारीमा धेरैलाई समावेश नगरिएको भन्दै आलोचना हुने गरेको छ ।
सरकारले महत्वपूर्ण योजनाको रूपमा ल्याएको डिजिटल नेपालको कार्यान्वयन अघिल्ला योजनाहरूजस्तो फितलो नहोस् भन्ने पक्षमा सबै चनाखो रहनुपर्ने देखिन्छ । फ्रेमवर्र्कमा रहेका ८ डोमेनहरूमा कृषि, स्वास्थ्य, शिक्षा, अर्बान इन्फ्रास्ट्रक्चर, ऊर्जा, टुरिजम, फाइनान्स र डिजिटल फाउन्डेसन रहेका छन् । यस अन्तर्गत विभिन्न ८० वटा अभियानहरू सञ्चालन गरिने फ्रेमवर्कमा उल्लेख गरिएको छ ।
कार्यक्रमको भिडियो हेर्नुहोस :
अपडेट
गूगलले आफ्नो म्यासेजेज एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर ल्याउने
गूगलले निकट भविष्यमै आफ्नो म्यासेजेज एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर ल्याउने भएको छ…
२ करोड भन्दा बढी भारतीयको व्यक्तिगत डेटा डार्क वेबमा
ह्याकरहरुले २ करोड भन्दा बढि रोजगारी खोज्ने भारतियहरुको व्यक्तिगत डेटा डार्क वेबमा …
भर्चुअल कक्षाको प्रयोग गरी नयाँ शैक्षिक वर्ष सञ्चालन गरिने - प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल(अनलाइन) कक्षाको प्रयोग गरी नयाँ शैक्षिक वर्ष सञ्…
सूचना महामार्ग निर्माण कार्यको प्रगति अत्यन्त न्यून
संसदको विकास तथा प्रविधि समतिले सूचना महामार्ग निर्माण कार्यको प्रगति अत्यन्त न्यून द…
विद्युतीय सुशासनको लागी आवश्यक पूर्वाधार तथा कनेक्टीभिटीको विकास गर्नुपर्ने विज्ञको भनाई
विद्युतीय सुशासनको लागी आवश्यक पूर्वाधार एंव कनेक्टीभिटीको विकास गर्नुपर्ने विज्ञहरु…
आफैले मिटर रिडिङ गरेर अनलाइनबाटै बिजुलीको बिल तिर्न सकिने
आफैले मिटर रिडिङ गरेर अनलाइनबाटै बिजुलीको बिल तिर्न सकिने भएको छ । कोरोनाको मह…
सरकारी वेबसाइट ह्याक गर्दै भारतीय ह्याकर
भारतीय ह्याकरले नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) को वेबसाइट ह्याक गरेको छ । <…
आजदेखि अनलाइनबाटै सञ्चय कोषबाट विशेष सापटी सेवा लिन सकिने
कर्मचारी सञ्चय कोषले जेठ ११ गते आइतबार अर्थात आजदेखि अनलाइन मार्फत लिन मिल्ने गरी…
फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने १० जनालाई डिसहोमको प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद
डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत २०७६ साल चैत्र ७ गत…
अब अनलाइनबाटै सञ्चय कोषबाट विशेष सापटी सेवा लिन सकिने
कर्मचारी सञ्चय कोषले जेठ ११ गते आइतबारदेखि अनलाइन मार्फत लिन मिल्ने गरी विशेष साप…
आजको डिजिटल संवादमा \'डिजिटल एजेन्डा\'को लागि पोलिसी वातावरण र तयारीको बारेमा अन्तकृया आयोजना हुदै
हरेक शनिवार आयोजना हुदै आएको डिजिटल संवाद कार्यक्रममा आज नेपालमा डिजिटल एजेण्डाको लागि पोलिसीको बातावरण कस्तो छ भन्ने विषयमा छलफल तथा अन्तकृय…
नेपाल राष्ट्रिय पुस्तकालयको वेबसाइट ह्याक
नेपाल राष्ट्रिय पुस्तकालय को वेबसाइट ह्याक भएक…
भोडाफोनको यूरोपेली बजारमा ओपोका स्मार्टफोन उपलब्ध गराउन आपो र भोडाफोनबीच सम्झौता
ओपोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको यूरोपेली बजारमा भित्र्याउन ओपो र भोडाफोनल…
प्रभु बैंकले नयाँ सफ्टवेयर अपडेट गर्दा तीनदिन सेवा नदिने
आगामी जेठ १५ गते बिहीबार साँझदेखि जेठ १८ गते आइतबार बिहानसम्म प्रभु बैंकको कुनै…