कीवर्डहरू -

अपडेट

आकर्षक सुविधा सहित प्रभु बैंकले ल्यायो ‘प्रभु गुडलक सेभिङ स्किम’

प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा  कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित प्रभु गुडलक सेभिङ स्किम नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ स्किम खाता खोल्नासाथै उक्त खातामा प्रभु बैंकले एकसय रुपैयाँ जम्मा गरिदिने छ ।

प्रभु गुडलक सेभिङ स्किम योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

प्रभु गुडलक सेभिङ स्किम अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई बैंकले आफ्नो सहायक कम्पनी प्रभु क्यापिटल सँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवशरहरु जस्तै आइपीओ, एफपीओ, क्यापिटल मार्केट आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकको यस प्रभु गुडलक सेभिङ स्किममा सहभागी हुने विद्यार्थीहरुलाई आफ्नो अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुने अवसर समेत मिल्ने बैंकले दाबी गरेको छ ।

अपडेट

भन्सार छली ल्याएका १२३ थान मोबाइल बरामद

महानगरीय प्रहरी प्रभाग नागढुङगाले भन्सार (र…

सन् २०२० का लागि इमर्जिङ प्रविधिहरु

सन् २०१९ प…

फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेता

नेपालको अग्रणी मोबाईल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागी ग्राहक…

नेपाल टेलिकमको प्रवक्तामा जोशी

घरमा केही समस्या आएमा सम्झनुहोस फिक्स्इट

तपाईंको घरमा धारा मर्मत गर्नुपर्यो वा घर अफिस सार्नु पर्यो यी सबै समस्याको समाधान अब एउटै हो फिक्स्इट ।

टिकट काट्नको लागि ई-टिकेट