कीवर्डहरू -

अपडेट

कहाँबाट आउँछ नेपालमा इन्टरनेट ?

नेपालमा भारतबाट विभिन्न ५ नाका र चिनबाट १ ठाउँबाट इन्टरनेट भित्रने गरेको एनपीनगका अध्यक्ष समीत जन थिङले जानकारी दिए । नेपालमा इण्टरनेटको ब्याण्डवीथ भित्र्याउने मूलबाटो भैरहवा नाका भएको उनले बताए । त्यसपछि वीरगञ्जबाट पनि धेरै ब्याण्डवीथ आयात हुने उनले जानकारी दिए । त्यसपछि ढल्केबर, दुहबी र टनकपुरबाट पनि इण्टरनेट आयात हुन्छ ।


रसुवागढी नाका भएर ब्याण्डवीथ किन्ने चीनसँग सम्झौता भए पनि त्यहाँबाट खासै ठूलोमात्रामा ब्याण्डवीथ आयात हुन नसकेको उनले बताए । रसुवागढी नाकाबाट इण्टरनेट ल्याउँदा हिमाली बाटो भएकाले प्राकृतिक प्रकोपको जोखिम बढी भएको थिङले जानकारी दिए । ‘हिमपहिरो र हिमपातले पनि बेलाबेला फाइबरमा समस्या आउने हुन्छ,’ उनले भने, ‘सिन्धुपाल्चोकको तातोपानी नाकाबाट पनि ल्याउने गरी पुर्वाधार निर्माणको काम हुँदै छ । त्यो नाका खुलेपछि चाहीँ चीनसँगको कारोबार बढ्नसक्छ ।’

\"\"


उनले एउटा नाकामा समस्या हुँदा अर्को नाकाबाट ब्याण्डवीथ ल्याउन सक्ने सुविधा भएमा चिनियाँ ब्याण्डवीथ आयात गर्न इन्टरनेट सेवाप्रदायकहरु तयार हुनसक्ने बताए । यद्यपि, भारतको तुलनामा चिनियाँ इण्टरनेट महँगो पर्ने भएकाले पनि नेपाली सेवा प्रदायक आकर्षित हुन नसकेको उनले बताए ।


नेपालले अहिले भारतको एयरटेल र टाटा कम्पनीसँग ठूलो मात्रामा इण्टरनेट खरीद गरिरहेको छ । त्यसपछि सिफी र अरु थुप्रै कम्पनीको इण्टरनेट ब्याण्डवीथ पनि नेपालले आयात गर्छ । चीनबाट भने नेपाल टेलिकमले चाइना टेलिकमसँग इण्टरनेट किनिरहेको छ । अलिबाबा र बाइडुजस्ता कम्पनीबाट पनि मर्कण्टायल र वल्ड लिंकले कमैमात्र भए पनि इण्टरनेट खपत गरेको थिङले जानकारी दिए ।

अपडेट

अब आई पे रेमिट मार्फत पठाएको रकम ईसेवा वालेटबाट प्राप्त गर्न सकिने

अब आई पे रेमिट मार्फत पठाएको रकम ईसेवा वालेटमै प्राप्त गर्न सकिने भएको छ । यसको ल…

सस्तो मूल्यमा सामान पाइने भन्दै गरिएको फेक विज्ञापनको प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

फेसबुक पेजमा मोबाइल, घडी तथा अन्य महङ्गो मूल्यका सामानहरु सस्तो मूल्यमा बिक्रीमा छ …

आइसिटी अवार्ड २०२० को लागि कुन विधामा कसरी दिने आवेदन ? 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन असार ८, २०७७ देखि सुरु भइसकेको छ ।…

युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गर्‍यो एन्टी डोपिङ एप

युवा तथा खेलकुद मन्त्रालयले एन्टी डोपिङ एप सञ्चालनमा ल्याएको छ । युवा तथा खेलकुद म…

ईसेवा प्रिभिलेज सदस्यता सुरु, कोरोना भाइरसको निशूल्क परामर्श देखि दुर्घटना बिमासम्मको फाइदा

नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवाले प्रिभिलेज सदस्यता नामक नयाँ योजना सुरु गरेको…

फोर्ड एन्डेभर २०२० संस्करण नेपाली बजारमा

फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडल…

अब एक व्यक्तिले दुईवटा सिम कार्ड मात्रै प्रयोग गर्न पाइने 

अब एक व्यक्तिले २ वटा भन्दा बढि सीम प्रयोग गर्न नपाइने भएको छ । नियामक निकाय नेपाल…

कृषि विकास बैंकको सिस्टम ह्याकिङमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनधिकृत पहुँच राखि रकम रकमान्तर गरी भु…

सगरमाथाको आधार शिविरसम्म वाईफाई सेवा पुर्‍याउन ६ करोड ९९ लाख ९ हजार अनुदान 

नेपाल दूरसञ्चार प्राधिकरणले सगरमाथाको आधार शिविरसम्म इन्टरनेट सेवा विस्तार गर्न एभर…

फेसबुक, क्यान महासंघ र आईजिआईबीच सहकार्य, नेपालका साना तथा मझौला उद्यमलाई सहयोग गर्ने

फेसबुकले क्यान महासंघ र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट (आईजिआई) को सहकार्यमा नेपालका…

बिग डेटाको अनलाइन ट्रेनिङ आयोजना हुदै

माउनटेक सोलुसनले बिग डेटाको अनलाइन ट्रेनिङ आयोजना गरेको छ । बिग डेटा हडुप अनला…

गूगलले प्ले स्टोरबाट हटायो २५ ओटो मोबाइल एप 

गूगलले प्ले स्टोरबाट २५ ओटा मोबाइल एपहरुलाई हटाएको छ । फेसबुक प्रयोगकर्ताको लगइन …

विराटनगर र धरानमा मिसकलकै भरमा किराना र तरकारी घर घरमा पुर्‍याउँदै गुद्री डटकम

थोरै समयमा धेरै कार्य सम्पन्न गर्नु आजको प्रतिस्पर्धी समाजको आवश्यकता हो । समय अनुसार…

टेक वेबिनार नेपालको १८ औँ श्रृंखलामा माइक्रोसफ्ट फम्सको बारे सिकाइदै

टेक वेबिनार नेपालको १८ औँ श्रृंखलामा अफिस अटोमेट र रिमोट वर्कको लागि माइक्रोफ्ट फ…

ह्वाट्सएपमा अब एनिमेटेड स्टिकरसँगै क्युआर कोडको पनि सुविधा

म्यासेजिङ एप ह्वाट्सएपले आगामी हप्तामा केही नयाँ फिचर रोलआउट गर्ने घोषणा गरेको छ ।…