अपडेट
इपिएल २०२० को टाइटल प्रायोजकमा टिभिएस
नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस वर्षको इपिएल २०२० को लागि टाइटल प्रायोजन गरेको छ ।
इपिएल नेपालको फ्रेन्चाइज क्रिकेटहरु मध्ये सर्वाधिक लोकप्रिय प्रतियोगिता बन्न सफल भइसकेको छ । राष्ट्रिय साथै अन्तर्राष्ट्रिय स्तरका समेत लोकप्रिय क्रिकेट खेलाडीहरुको उत्कृष्ट भिडन्त हेर्न पाइने यो प्रतियोगिता आगामी १४ मार्च देखि २८ मार्च सम्म कीर्तिपूर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।
नेपालका क्रिकेट प्रेमीहरुले अत्यन्त उत्सकुताका साथ प्रतिक्षा गरिरहेको उक्त इपिएल २०२० को टाइटल प्रायोजन गर्ने सम्बन्धमा नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सको तर्फबाट साहिल अग्रवाल र इपिएलको तर्फबाट आमिर अख्तरले सम्झौता पत्रमा एक समारोहबीच हस्ताक्षर गरेका हुन् ।
सो समारोहमा संक्षिप्त मन्तव्य राख्दै साहिल अग्रवालले भने “हामी इपिएलको एक हिस्सा हुन पाएकोमा गर्व गर्दछौं । नेपालको क्रिकेट खेललाई एक उचाई प्रदान गर्न सफल यो प्रतियोगिताले नेपालका क्रिकेट खेलाडीहरुको मनोबल उकास्नमा भरपूर मद्दत पुर्याउँदै आएको छ ।
हाम्रो टिभिएसलाई इपिएलसँग आबद्ध गर्न सहमती दिनु भएकोमा हामी आयोजकहरु प्रति आभार व्यक्त गर्दछौं । साथै टिभिएस इपिएल २०२० को यो संस्करणको भव्य सफलताको कामना पनि गर्दछौं ।”
सोही समारोहमा आयोजकको तर्फबाट हस्ताक्षर गर्नु हुने श्री आमिर अख्तरले इपिएलको यो संस्करणलाई साथ दिएकोमा जगदम्बा मोटर्सलाई धन्यवाद दिंदैं यसरी अन्तर्राष्ट्रिय स्तरको ब्राण्डसँग इपिएल आबद्ध हुनुले प्रतियोगिताको प्रतिष्ठा अझ वृद्धि भएको बताउनु भयो ।
नेपालमा अत्यन्त लोकप्रिय रहँदै आएको टिभिएस ब्राण्डले नेपालको विभिन्न खेलकुद क्षेत्रमा पनि आफ्नो सहभागीता जनाउँदै आएको छ ।
यसैको एक कडी अब टिभिएस इपिएल २०२० पनि बनेको छ । टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ ।
देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जाल मार्फत् आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्न टिभिएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको छ ।
अपडेट
महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डर
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष महावीर पुन नियुक्त हुनुभएको छ । नया…
डिजिटल शिक्षालाई सघाउन निमा एकेडेमी र इ - शिक्षाले सहकार्य गर्ने
विश्व डिजिटलमा रुपान्तरण भइरहेको समयमा शिक्षा पनि प्रविधिमैत्री हुदै गइरहेको छ । शिक्षा नै त्यस्तो मुख्य आधार हो, जसले समाजसँगै देशको रुपान्तरणमा म…
बीमा कम्पनीहरुलाई आइटी अडिट अनिवार्य
नेपालका बीमा कम्पनीहरुले अब अनिवार्यरुपमा आइटी अडिट गर्नुपर्ने भएको छ । बीमा समितिले सूचना प्रविधि (आइटी) निर्देशिका जारी गर्दै बीमा कम्पनीहरुको लागि अन…
भन्सार छली ल्याएका १२३ थान मोबाइल बरामद
महानगरीय प्रहरी प्रभाग नागढुङगाले भन्सार (र…
सन् २०२० का लागि इमर्जिङ प्रविधिहरु
सन् २०१९ प…
फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेता
नेपालको अग्रणी मोबाईल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागी ग्राहक…
घरमा केही समस्या आएमा सम्झनुहोस फिक्स्इट
तपाईंको घरमा धारा मर्मत गर्नुपर्यो वा घर अफिस सार्नु पर्यो यी सबै समस्याको समाधान अब एउटै हो फिक्स्इट ।