अपडेट
हाम्रो पात्रोले भन्यो: दर्ता २०७३ सालमै भएका हौं, अहिले सञ्चार मन्त्रालयमा सूचीकरण मात्रै हो
सूचीकरण नभएको भन्दै सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा हाम्रो पात्रो पर्दा धेरैलाई आश्चर्य लागेको थियो । हाम्रो पात्रोलाई उक्त सूचीमा देख्दा प्रयोगकर्ताहरू अचम्ममा पर्नुभयो भने विभिन्न थरिका हल्ला र अफवाहहरू सामाजिक सञ्जालमा देखिन थाले ।
सरकारको कानुन अनुसार हाम्रो पात्रो सामाजिक सञ्जालको सूचीमा नपर्ने हाम्रो पात्रोले बताएको छ । ‘नेपाल सरकारको कानुन अनुसार ‘सामाजिक सञ्जाल’ भन्नाले कुनै व्यक्ति, समूह वा संस्थालाई एक अर्कासिँग अन्तरक्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने समूह, ब्लग, एप हो। त्यस व्याख्या अनुसार, हाम्रो पात्रो अहिलेसम्म सामाजिक सञ्जालको श्रेणीमा पर्दैन,’ हाम्रो पात्रोले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको सुचीमा हाम्रो पात्रोलाई पनि उल्लेख गरेपछि मन्त्रालयको निर्देशन अनुसार अहिले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा हाम्रो पात्रो सुचीकृत गरिएको छ ।
तर, हाम्रो पात्रो भर्खरमात्र नेपालमा दर्ता गरायो भनेर अफवाह फैलाउने कार्य भएको कम्पनीको भनाइ छ । हाम्रो पात्रो सन् २०१६ (वि.सं. २०७३) देखि नेपालमा दर्ता भएको छ ।
स्मार्ट आईडियाज प्रालि नाम गरेको आइटी कम्पनीको उत्पादनको रूपमा नेपालमा दर्ता भएको छ लगभग १० वर्षदेखि नेपाल सरकारको कानुन बमोजिम एउटा जिम्मेवार संस्थाले पूरा गर्नुपर्ने सम्पूर्ण कार्यहरू पूरा गर्दै आइरहेको कम्पनीले बताएको छ । अहिले यस कम्पनीमा १०० भन्दा धेरै कर्मचारीहरू कार्यरत छन् र हाम्रो पात्रोले नेपालमा कर तिर्दै आइरहेको छ ।
विदेशमा बस्ने नेपालीहरूले आफू आउँदा ल्याएको पात्रो (क्यालेन्डर) वर्षदिनमा पुरानो हुने र नेपालको चाडपर्व र विशेष दिनहरूको बारेमा विदेशमा बस्ने नेपालीहरूलाई थाहा नहुने भएकाले शंकर उप्रेतीले २०१० मा हाम्रो पात्रोको शुरुवात गरेका थिए ।
अपडेट
जीबोर्डमा एआई: एन्ड्रोइडमा सन्देश लेख्न, प्रूफरिड र इमोजी रिमिक्सलाई सजिलो हुने
गुगलले एन्ड्रोइडको बिल्ट-इन किबोर्ड जीबोर्ड लाई एआई-सञ्चालित टुलहरूसँग सुसज्जित गरिएको छ। अब प्रयोगकर्ताहरूले आफ्ना सन्देशहरू केही…
एआईले पाँच वर्षमै विश्व रोजगारी तहसनहस बनाउन सक्ने चेतावनी
लुइसविल विश्वविद्यालयका कम्प्युटर विज्ञान प्राध्यापक रोमन याम्पोल्स्कीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र आर्टिफिसियल जनरल इंटेलिजेन्स…
टीसीएलको दसैँ, तिहार अभियान सुरु, ग्राहकलाई २ लाख ८ हजारसम्मको नगद छुट
नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले दसैँ-तिहारको अवसर पारेर ‘ग्रेटनेस इन एभ्री मोमेन्ट, इन्सपायर …
क्यान महासंघले भन्यो – सामाजिक सञ्जाल बन्द समाधान होइन, डिजिटल रूपमा नेपाल पछि पर्न सक्छ
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणमा नआएका सबै सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णयप्रति कम्प्युटर एसोसिएसन नेपाल महा…
टिकटकमा चल्यो भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने ‘नेपो बेबी’ अभियान
सामाजिक सञ्जाल टिकटकमा भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने नयाँ अभियान सुरू भएको छ ।
नेपालमा सूचीकरण हुनका लागि एक्सले माग्यो आवश्यक कागजात
सामाजिक सञ्जाल एक्सले नेपालमा सूचीकरण हुनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग औपचारिक रूपमा आवश्यक कागजात म…
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट
नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
गुगल जोखिममा: प्रयोगकर्ताहरू जनरेटिभ एआईतिर सर्दै, ट्राभलदेखि फिटनेससम्म प्रयोग
फ्यूचर एआई सेन्टिमेन्ट वेभ ३ को रिपोर्ट अनुसार, अमेरिकामा ५५ प्रतिशत र बेलायतमा ६२ प्रतिशतमानिसहरू अब सर्च इञ्जिनको सट्टा एआई च्य…
सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा
सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । करिब १ हप्ता अगाडि नै महानिर्देशक पौड्यालले पदबाट र…
भिडियो एडिटिङ सफ्टवेयर एडोब प्रिमियर अब आईफोनमा, निःशुल्क चलाउन पाइने
एडोबले आफ्नो लोकप्रिय भिडियो एडिटिङ सफ्टवेयर प्रिमियरलाई नि:शुल्क रूपमा आइफोनमा ल्याउने घोषणा गरेको छ। यससँगै सामग्री निर्माताल…
सीजी इलेक्ट्रोनिक्सको चाडपर्व लक्षित अफर सार्वजनिक
दशैं, तिहार र छठजस्ता नेपालीहरूको चाडपर्वलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले विशेष अफर ल्याएको छ। “भित्र्याऔँ खुशी र समृ…
कान्तिपुर सिटी कलेजमा बीटेक इन एआई कार्यक्रम, भर्ना खुला
पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कान्तिपुर सिटी कलेज (KCC) ले ब्याचलर अफ टेक्नोलोजी इन एआई (B.Tech. in AI) कार्यक्रम सुरू गरेको …
नेपालमा अब कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
माओवादीले भन्यो: सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो
नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जाल बन्द गरेर सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ ।
एससीटीले सुरू गर्यो थ्रीडीएस एक्सेस कन्ट्रोल सर्भर
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले थ्रीडीएस एक्सेस …