कीवर्डहरू -

अपडेट

एनसीएचएलले मनायो १६औं वार्षिकोत्सव

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा ८ पुसमा एनसीएचएल नेपालमा विभिन्न  राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको थियो ।

एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न एनसीएचएल ईसीसीको शुरुवात गरेर पछि नेपाल राष्ट्र बैंकको रणनीति अनुसार ​​आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको हो ।

विगत १६ वर्षको यात्रामा, एनसीएचएलले ईसीएस, आईपीएस, कनेक्ट आईपीएस, रिटेल पेमेन्ट स्वीच, आरटीजीएस, नेपालपे, नेशनल पेमेन्ट इन्टरफेस, ईएफटी कार्ड सेवा कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ । हाल नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेशनल कार्ड स्विच र नेपालपे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ ।

वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले यस वर्ष कम्पनीमा आफ्नो १० वर्ष पूरा गरेका तीन कर्मचारीहरूलाई कम्पनी प्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ । सम्मानित हुने मध्ये प्रमुख सञ्चालन अधिकृत – मुन्नी राजभण्डारी, प्रोडक्ट लीड – विष्णु प्रसाद धिताल तथा इनचार्ज कार्ड अपरेसन्स –वन्दना लुइँटेल रहेका छन् ।

एनसीएचएलले वार्षिकोत्सवको अवसरमा १२ वटा विधामा सबैभन्दा बढि कारोबार गर्ने बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र सरकारी निकायलाई सम्मानित गरेको छ । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट एनआईसी एशिया बैंक, गरिमा विकास बैंक र आइसीएफसी फाइनान्सलाई “एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्शन” अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी, ग्लोबल आईएमई बैंकलाई “एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस्” तथा “एक्सिलेन्स इन मोबाइल बैंकिङ्ग तथा अल्टरनेट च्यानल” अवार्डबाट सम्मानित गरिएको थियो । नबिल बैंक “एक्सिलेन्स इन डिजिटाइजिंग बिज्नेसेस् विथ कर्पोरेटपे” अवार्ड प्राप्त गर्न सफल भएको छ ।

नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटाइज गर्न विशेष भूमिका निर्वाह गर्ने बैंक वित्तीय संस्थाको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई विशेष अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी नेपाल सरकारको विद्युतीय माध्यमबाट कारोबार गर्ने नीति अनुरुप गत आर्थिक वर्षमा एनसीएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटाइजेसन गर्न खेलेको विशेष भुमिकालाई सम्मान गर्दै राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई पनि विशेष अवार्ड प्रदान गरिएको थियो ।

सरकारी कारोबार बाहेक सबै भन्दा बढि कारोबार गरी सम्मानित हुने वाणिज्य बैक, विकास बैंक, फाइनान्स कम्पनी र भुक्तानी सेवा सञ्चालक÷ भुक्तानी सेवा प्रदायकमा क्रमशः ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक, गुडविल फाइनान्स र खल्ती प्राइभेट लिमिटेड रहेका थिए । 

कार्यक्रममा एनसीएचएलका पूर्व अध्यक्ष सुमन जोशीज्यलाई वि.सं. २०६६ माघ १० गतेदेखि मंसिर ८, २०६८ सम्म एनसीएचएलको सञ्चालक समितिको अध्यक्षको रुपमा रही संस्था सञ्चालनको लागि पुर्‍याएको योगदान तथा मार्गनिर्देशनलाई उच्च मूल्याकंन गर्दै विशेष सम्मान पत्र प्रदान गरिएको थियो । 

अपडेट

वर्ल्ड समिट अवार्डमा नेपालबाट कोइली, मिड डे मिल मोनिटरिङ प्लेटफर्म र कताहो शर्टलिष्ट

वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२४ मा नेपालबाट ३ वटा परियोजना शर्टलिष्ट भएका छन् । नेपालबाट डब्लुएसए २०२४ का लागि कोइली, मिड डे…

फोनपेको ‘नेट सेट गो’ अभियान, इन्टरनेटको बिल तिर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर

फोनपेले ‘नेट सेट गो’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत फोनपेबाट इन्टरनेट बिल भुक्तानी गर्दा…

कस्ता छन् इन्ड्राइभ आइसिटी अवार्ड २०२४ का विजेताहरू ?

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन एन एशोशिएसन विथ नेपालपे क्युआर, जेनेस एण्ड जुम’ सम्पन्न भएको छ ।…

अनधिकृत समूहद्वारा हुम्लामा नेपाल टेलिकमका टावरमा क्षति, सेवा अवरूद्ध

हुम्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरूमा अनधिकृत रुपमा केही समूह/व्यक्तिहरुले क्षति पुर्‍याएपछि सेवा अवर…

गुगलले हटायो व्यवस्थापकीय स्तरका १० प्रतिशत कर्मचारी, ‘गूगलीनेस’ टर्म चर्चामा

गुगलले हालै मात्र व्यवस्थापकीय स्टाफका १० प्रतिशत कर्मचारीहरूलाई जागिरबाट हटाएको छ । कामको प्रभावकारिता र कर्पोरेट संस्कृतिमा सु…

वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने

नेपालकै अग्रणी इन्टनेट सेवा प्रदायक कम्पनी, वर्ल्डलिंकले पोखरामा भव्य ‘कार्निभल’को आयोजना गर्ने भएको छ । यस कार्निभलम…

फ्युचर कनेक्ट समिट २०२५ सम्पन्न, नेपालको फाइभजीमा हुवावेले सहयोग गर्ने

प्रविधि पत्रकार मञ्च (टिजेएफ) र हुवावे नेपाल ले संयुक्त रूपमा आयोजना गरेको 'फ्युचर कनेक्ट समिट २०२५' सम्पन्न भएको छ । &…

शार्क ट्यांक नेपालको औपचारिक घोषणा, यी हुन् पाँच शार्क

शार्क ट्यांक नेपालका पाँच जना शार्क सार्वजनिक गरिएको छ । सोमबार शार्क ट्यांक नेपालको ओैपचारिक घोषणासँगै ५ जना शार्क समेत सार्वज…

ह्वावे नेपालद्वारा सिड्स फर द फ्युचर २०२४ समापन

हुवावे नेपालले हुवावे टावर, हात्तिसारमा हुवावे नेपाल प्रदर्शनी केन्द्रको उद्घाटन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री …

सचेतना नहुँदा नेपालमा अनलाइन यौन दुर्व्यवहार र साइबर बुलिङका घटना बढ्दै

तीव्र रूपमा विकसित भइरहेको डिजिटल परिवेशमा बालबालिकाले अनलाइनमा सामना गररिहेका जोखिम र चुनौतीहरू समाधान गर्न तथा बालबालिक…

शार्क ट्यांक नेपाल हिमालय टिभीबाट प्रसारण हुँदै, को को होलान शार्क ?

विश्वचर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ हिमालय टिभीबाट प्रसारण हुने भएको छ । सोमबार शार्क ट्यांक …

नबिल बैंकको कल सेन्टरमा अब नि:शुल्क फोन गर्न सकिने, यी हुन नम्बर

नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बर समेत समावेश गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा…

नेपाल टेलिकमले प्रति शयेर ३० रूपैयाँ नगद लाभांश वितरण गर्ने

नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/०८१ मा प्रति शयेर ३० रूपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । 

टिकटक बनाउने क्रममा खोलामा खसेर दुई जनाको मृत्यु

खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । आज दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्य…

पठाओ सुपरफेस्ट पुस ६ गतेदेखि: केचप किन्दा बर्गर फ्री, १ रुपैयाँमा चिकन बिर्यानी

 नेपालको अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले यही पुस ६ गतेदेखि २६ गतेसम्म पठाओ सुपरफेस्ट आयोजना गर्ने भएको छ ।