कीवर्डहरू -

अपडेट

फेसबुक, इन्स्टाग्राम, युट्युब लगायत सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

नेपालमा सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द हुने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । 
यससँगै अब फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, लिङ्क्डइन, युट्युब लगायतका सामाजिक सञ्जाल नेपालमा चल्ने छैनन् । 

गत भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय गरेको थियो ।

यदी तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमासमेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने पनि निर्णय पनि सो बैठकले थियो ।  

सरकारले दिएको समयमा पनि सामाजिक सञ्जाल सूचीकरणका लागि नआएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङको नेतृत्व बसेको मन्त्रालयको बैठकले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ । 

सञ्चार मन्त्रालयका अनुसार अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् । प्रतिबन्ध लगाएपछि टेलिग्रामले सूचीकरणका लागि सञ्चार मन्त्रालयमा निवेदन दर्ता गरेको छ । त्यस विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।


 

अपडेट

मेटा, एक्स लगायतका सामाजिक सञ्जाल अहिलेसम्म आएनन दर्ता प्रक्रियामा, सातदिने अल्टिमेटम सकिदै

सरकारले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन दिएको एक हप्ताको समयसिमा आज सकिदै छ । 

विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागु हुँदै, पहिलो चरणमा तारे होटलबाट सुरू हुने

सरकारले नेपाल आउने विदेशी नागरिकहरुको अभिलेख राख्ने भएको छ । असोज १ गतेदेखि अध्यागमन विभागले विदेशी नागरिकहरूको अभिलेख रा…

फोनेपे नेटवर्कमा जोडियो सिटीपे

 डिजिटल वालेट सिटीपे भुक्तानी प्रणाली सञ्चालक फोनेपेको  प्रणालीमा आधिकारिक रूपमा एकीकृत भएको छ। योसँगै सिटीपे फोन…

एआईले खोल्‍यो करोडौँ वर्ष पुरानो रहस्य: डायनासोरहरू कस्ता देखिन्थे?

तपाईंले धेरै साइन्स-फिक्सन फिल्महरूमा डायनासोर देखाइएका हुन्छन् । धरतीबाट डायनासोर करोडौँ वर्ष पहिले नै विलुप्त भए पनि आज पनि …

एआई टेलिफोनी सेवा प्रयोग गर्ने पहिलो सरकारी निकाय बन्यो धुलिखेल नगरपालिका

धुलिखेल नगरपालिका एआई टेलिफोनी सेवा प्रयोग गर्ने पहिलो सरकारी निकाय बनेको छ । एआईको युगमा आफ्ना नागरिकसँग सूचना प्रवाह गर्न …

कोरियाली एआई खेलौना ‘ह्योडोल’: वृद्धहरूको एआई नाती बनेर एक्लोपन हटाउँदै

आजकाल संयुक्त परिवार (ज्वाइन्ट फ्यामिली) को ट्रेन्ड अन्त्य हुँदैछ । विशेषगरी विदेशमा मानिसहरू आफ्ना बच्चा र श्रीमती/श्रीमान् सँग छुट्…

पठाओ दशैं महोत्सव २०८२: तीन जनालाई मोटरसाइकल जित्ने अवसर, नयाँ राइडर दर्ता नि:शुल्क

पठाओ नेपालले विगत वर्षझैँ यस वर्ष पनि “पठाओ दशैं महोत्सव–२०८२” सुरु गरेको छ। कम्पनीका अनुसार महोत्सव भाद्र …

नेपालमा पनि सुरू भयो फेसबुकको कन्टेन्ट मोनिटाइजेसन सुविधा, अब आम्दानी गर्न सकिने

फेसबुकले नेपालमा पनि कन्टेन्ट क्रियटरलाई मोनिटाइजेसन सुविधा दिन थालेको छ । कन्टेन्ट मोनिटाइजेसनको सूचीमा मेटाले नेपालको नाम …

ट्रिप टर्बोको ट्राभल मेला २०२५ सुरू, यस्ता छन् आकर्षक अफरहरू

ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशको अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण, ट्राभल मेला २०२५, शुरु गरेको घोषणा गरेको छ । यो स…

एआई विवाद: ग्रोक सम्बन्धी जानकारी चोरीको आरोपले मस्क र ओपनएआईबीच सम्बन्ध अझ तनावपूर्ण

कृत्रिम बौद्धिकताको विषयमा अर्को ठूलो विवाद उठेको छ। एलन मस्कको कम्पनी एक्सएआईले आफ्ना पूर्व इन्जिनियर शुएचेन ली विरुद्ध क्यालिफोर्…

गौरव राज पाण्डेको नेतृत्वमा नास आईटीको नयाँ कार्यसमिति चयन

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नास आईटी) मा नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको तेस्रो वार्षिक साधा…

भैरव टेकले सार्वजनिक गर्‍यो ट्राइडेन्ट एसआईईएमको नयाँ संस्करण, यस्ता छन् सुविधा

नेपालको अग्रणी साइबर सेक्युरिटी कम्पनी भैरव टेकले ट्राइडेन्ट एसआईईएम (Trident SIEM) नयाँ संस्करण को सार्वजनिक गरेको छ । कम्पनील…

त्रिवि शिक्षण अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने, यस्तो छ तरिका

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अब अनलाइनबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अनलाइ…

सामसङको दिनदिनै दशैं अफर, स्मार्टफोन वा ट्याबलेट किन्दा १ लाख जित्ने मौका

नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर “दिन दिनै दशैं” ल्याएको छ। यो…

ईयरबडले अब स्वास्थ्यको पनि ख्याल राख्ने, आवाजसँगै उन्नत प्रविधिका सुविधाहरू पनि उपलब्ध

प्रविधि जसरी तीव्र गतिमा बदलिँदैछ, त्यसैगरी जीवनशैली पनि छिट्टै परिवर्तन भइरहेको छ। पहिले जहाँ सङ्गीत सुन्न वा कल गर्न मानिसहरू…