अपडेट
अध्यादेशबाट आईटीका कानुन संशोधन भएपछि नास आईटी खुसी, भन्यो: ‘सरकारको दूरगामी कदम’
नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज् (नास-आईटी) हालै नेपाल सरकारले अध्यादेशमार्फत ल्याएका कानून संशोधन तथा सहजीकरणप्रति स्वागत तथा आभार व्यक्त गरेको छ ।
नासआईटीको पहल र नीतिगत वकालतको परिणामस्वरूप, हालै सरकारले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कानूनमा आवश्यक सुधार र सहजीकरणले आईटी उद्योगका लागि सकारात्मक र दुरगामी कदम भएको संस्थाले बताएको छ ।
यस कदमले नेपालको सूचना प्रविधि उद्योगलाई अझै ससक्त तथा विश्वव्यापी बनाउने मद्दत गर्ने नास आईटीको विश्वास छ । नासआईटीले हालैको अध्यादेशलाई समयमै कार्यान्वयन गराउन र आवश्यक कार्यविधि तथा निर्देशिका जारी गरी सम्बन्धित निकायहरुद्वारा थप सहजीकरण हुने पनि विश्वास व्यक्त गरेको छ ।
यसबाट सूचना प्रविधि क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई सकारात्मक सन्देश जाने र समग्रमा सूचना प्रविधि उद्योगको विकासमा थप टेवा पुर्याउने छ।
सरकारले यस आर्थिक बर्षको बजेटमार्फत आगामी १० वर्षभित्र सूचना प्रविधि (आईटी) उत्पादन र सेवाहरूको ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ ।
‘सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ सो लक्ष्य प्राप्त गर्नका लागि पनि हालैका अध्यादेशले सकारात्मक भूमिका खेल्ने र कोशेढुँगा सावित हुने हाम्रो विश्वास छ,’ नास आईटीले भनेको छ ।
सरकारको समग्र योजनामा प्रविधि पूर्वाधार विकास, नीतिगत सहयोग, र सूचना प्रविधि क्षेत्र सुदृढ पार्न विभिन्न पहलहरू गर्नुले सरकारले दीर्घकालीन र नवीन सूचना प्रविधि प्रणाली निर्माण गर्ने प्रयासमा सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको नास आईटीले प्रतिबद्धता समेत जनाएको छ ।
नासआईटीले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा लगानी अभिवृद्धिका लागि हालै नेपाल सरकारले सार्वजनिक गरेका कानून संशोधनको सबै क्षेत्रबाट उचित परिपालना हुने अपेक्षा गरेको छ । यसका लागि सबै सरकारी र सरोकारवाला निकायहरुबीच आवश्यक समन्वयात्मक कार्य गराउन नासआईटी आफ्नो पूर्ण सहयोगको प्रतिबद्धता जनाएको छ ।
अपडेट
साइबर अपराधको नयाँ रुप: 'भूत ह्याकर' समूहद्वारा मरेका व्यक्तिको सोशल मिडिया अकाउन्टबाट ठगी
पछिल्लो समयमा साइबर अपराधका घटनाहरू तीव्र रूपमा बढिरहेका छन् । स्क्यामरहरूले मानिसहरूलाई ठगी गर्नका लागि नयाँ–नया…
सन् २०२५ मा नयाँ प्रविधिका ग्याजेट्स सार्वजनिक हुने, डिजिटल संसारमा ठूला परिवर्तन
सन् २०२५ मा धेरै नयाँ र आकर्षक ग्याजेट्स लन्च हुनेछन् । यस वर्ष अगमेन्टेड रियालिटी र भर्चुअल रियालिटीदेखि स्मार्ट डिभाइससम्म आ…
अंग्रेजी, नेपाली र तामाङ भाषाको मेसिन ट्रान्सलेसन प्रणाली विकास गर्दै काठमाडौँ विश्वविद्यालय
काठमाडौँ विश्वविद्यालयले अंग्रेजी, नेपाली र तामाङ भाषाको मेसिन ट्रान्सलेसन प्रणाली विकास गर्ने भएको छ ।
डिशहोम ईन्टरनेट वार्षिक जडान गर्दा ३ महिना बोनससहित नि:शुल्क फाइभजी राउटर पाइने
डिशहोमले आफ्नो सबै ईन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो वार्षिक ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले स…
टिकटकलाई अमेरिकामा बन्द गर्न वा बेच्न बाध्य पार्ने कानुन ७५ दिनसम्म लागु नहुने
डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पद सम्हालेपछि टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनलाई अस्थायी रूपमा रोक्ने कार्यकारी आदेशमा हस्ता…
नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय…
पानीमा डुबाउँदा पनि किन बिग्रँदैन मोबाइल? के छ यसको पछाडिको विज्ञान ?
आजभन्दा केही वर्ष अगाडिको कुरा गर्ने हो भने, मोबाइलको सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त्यसलाई पानीबाट जोगाउनु थि…
क्युआर कोडमार्फत बढ्दो ठगी, ‘क्विशिङ स्क्याम’ प्रचलनमा
भुक्तानी गर्न होस्, जानकारी लिन होस् वा कुनै टिप्पणी गर्न होस्, क्युआर कोडले सजिलै सम्भव बनाएको छ । यो चारकुने तस्वीर स्क्यान गरेर …
क्विक कमर्स: डेलिभरीको नयाँ युग, प्रविधि र शहरी जीवनशैलीले हुँदैछ लोकप्रिय
सुविधा र छिटो आपूर्तिका कारण क्विक कमर्सको माग बढ्दैछ । १० देखि ३० मिनेटभित्र खरिदारी पूरा गर्न सकिने यो नयाँ तरिका शहरी ग्राह…
इन्स्टाग्रामले घोषणा गर्यो नयाँ भिडियो एडिटिङ एप ‘एडिट्स’, क्यापकटलाई टक्कर दिने
इन्स्टाग्रामले क्यापकट जस्तै भिडियो एडिटिङ एप एडिट्सको घोषणा गरेको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले एडिट्स नामक भिडियो एडिटि…
बन्द भएको १२ घण्टा पनि नबित्दै अमेरिकामा टिकटक पुनः सञ्चालन, कसरी भयो सम्भव ?
अमेरिकामा टिकटक पुनः सञ्चालनमा आएको छ । राष्ट्रपति ट्रम्पको मिहिनेतका कारण टिकटक पुन फिर्ता आएको कम्पनीले जनाएको छ । टिकट…
राष्ट्रिय परिचयपत्र विरुद्धको रिट सर्वाेच्चद्वारा खारेज, अनिवार्य गर्ने बाटो खुल्यो
राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्याया…
आइएमई पेको उडान मेला: आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ उडान …
एप्पलले हटायो टिकटक, क्यापकट, मार्भल स्न्यापसहित बाइटडान्सका ११ एप
एप्पलले टिकटकसहित बाइटडान्सले विकास गरेका ११ वटा एपहरू पनि हटाएको छ । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र यसका सहायक कम्पनीहर…
अनलाइन रिभ्यू र रेटिङका लागि नकिनेको सामान डेलिभरी, डेटा चोरी हुने समेत खतरा
हामी सबैलाई अनलाइन सपिङ मन पर्छ । यो सजिलो र समय बचत गर्ने विकल्प हो । साथै, प्रायः यसले तपाईंलाई उत्कृष्ट डिल्स र डिस्काउन्ट पा…