कीवर्डहरू -

अपडेट

एनसेलले तिर्‍यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारद्वारा सम्मान

सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा एनसेललाई सम्मान गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा एनसेललाई यो सम्मान प्रदान गरिएको हो ।

देशमा आईसीटीको विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ का रूपमा मनाईदै आएको छ । कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरेका थिए ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र समृद्ध नेपालको अभियानमा गत आर्थिक वर्ष २०८०/२०८१ मा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रबाट सबै भन्दा धेरै कर बुझाएर राष्ट्रलाई पुर्याएको विशिष्ट योगदानको उच्च मुल्याङ्कन गर्दै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को सु–अवसरमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो । विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रुपमा स्थापित रहँदै आएको छ ।

“राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को यस विशेष अवसरमा आईसीटीको क्षेत्रमा हाम्रो योगदानलाई कदर गर्दै सरकारबाट यो सम्मान प्राप्त गर्न पाउँदा हामी धेरै खुसी छौं । धेरै कर तिर्ने करदातामध्ये एकको रूपमा एनसेलले प्रत्येक वर्ष विभिन्न कर तथा शुल्क शीर्षकहरु अन्तर्गत सरकारलाई करमा महत्वपूर्ण योगदान गर्दै आएको छ । देशको आईसीटी विकास र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिन पाउँदा हामी गर्व गर्छौं । हाम्रो थिम ‘हामी तपाईंकै लागि’को मुल मर्मअनुसार हामी आईसीटीको विकासमा निरन्तर योगदान गर्दै डिजिटल नेपालको भिजन अनुसार डिजिटल भविष्यका लागि कार्य गर्न  प्रतिबद्ध छौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको सम्मानहरु पाईसकेको छ । गत पौषमा पनि संस्थागत तर्फ गत आर्थिक वर्ष २०८०/८१ मा सबै भन्दा बढी कर योगदान गरेकोमा एनसेल ललितपुर महानगरपालिकाबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको थियो ।

एनसेलले स्थापनाकालदेखि गत आ.व. २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरुमा रु ३४० अर्ब भन्दा बढी कर तथा शुल्कहरु तिरेको छ । गत आ.व.मा मात्रै कम्पनीले रु २०.३० अर्ब कर तथा शुल्कहरु सरकारलाई बुझाएको थियो ।

त्यसैगरी, कम्पनी एनसेल फाउन्डेसनमार्फत प्रभावकारी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का कार्यक्रमहरू कार्यान्वयन गर्दै नेपाल र नेपालीहरूको विकासमा हातेमालो गर्दै योगदान पुर्याउन प्रतिबद्ध रहेको छ ।

कम्पनीले आफ्नो सीएसआर अन्तर्गत रु २ अर्ब भन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तर सम्म पुगेर देशभरका १ करोड ३० लाख भन्दा बढी जनसंख्यालाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा लाभ प्रदान गरेको छ ।  
 

अपडेट

सबैको पहुँचसहितको भर्चुअल शिक्षण प्रणालीको प्रबन्ध गर्ने सरकारको घोषणा

सबैको पहुँचसहितको भर्चुअल शिक्षण प्रणालीको प्रबन्ध गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तु…

अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गरिने, नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने

सरकारी र सार्वजनिक सेवामा नागरिकहरूको पहुँचलाई सहज बनाउन र सेवाहरूको दक्षता बढाउन अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गरि…

किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिने

सरकारले किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय  परिचयपत्रमा आबद्ध गर्ने भएको छ । 

इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला

सरकारले इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा गरेको छ ।

सरकारले साइबर अपराध नियन्त्रण र अन्य अपराध अनुसन्धानमा उच्च प्रविधिको प्रयोग गर्ने

सरकारले साइबर अपराध नियन्त्रण र अन्य अपराध अनुसन्धानमा उच्च प्रविधिको प्रयोग गरिने घोषणा गरेको छ । 

ग्रीन हाइड्रोजनको व्यवसायीक प्रयोगको परीक्षण गर्ने सरकारको घोषणा

सरकारले ग्रीन हाइड्रोजनको व्यवसायीक प्रयोगको परीक्षण गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा …

प्रविधिमार्फत सेवाको रूपान्तरणका लागि ई-गभर्नेन्स बोर्डलाई सक्रिय बनाइने

प्रविधिमार्फत सेवाको रूपान्तरणका लागि ई-गभर्नेन्स बोर्डलाई सक्रिय बनाइने भएको छ । 

स…

सरकारले युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरुवात गर्ने

सरकारले युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरुवात गर्ने भएको छ ।

संघीय संसदमा आर्थिक वर्ष …

विभिन्न व्यक्ति तथा संस्थालाई नेशनल आइसिटी अवार्ड प्रदान, क-कसले पाए ?

राष्ट्रिय सूचना प्रविधि दिवस २०८२ (नेशनल आइसिटी डे २०२५) को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न विधामा नेशनल आइ…

गुगलले एन्ड्रोइड अपडेट्सका लागि पहिलोपटक छुट्टै शो ल्याउँदै

गुगलले सोमबार ‘एन्ड्रोइड अपडेट्स’का लागि एउटा नयाँ र समर्पित कार्यक्रमको घोषणा गरेको छ, जुन वार्षिक डेभलपर सम्मेलन …

३१ संस्थाले भने: पारदर्शी प्रक्रिया र स्पष्ट कानुनबिना सामाजिक सञ्जाल बन्द गर्नु असंवैधानिक

अभिव्यक्ति स्वतन्त्रता, डिजिटल अधिकार र लोकतान्त्रिक सुशासनका पक्षमा क्रियाशील नागरिक समाज संस्थाहरूको सञ्जाल सामाजिक सञ्जाल प्लेटफर्…

प्रधानमन्त्री ओलीद्वारा कोशी लगानी सम्मेलन २०८२ उद्घाटन, “नेपालमा ढुक्क भएर लगानी गर्न सकिन्छ”

कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको पहिलो कोशी प्रदेश लगानी सम्मेलन २०८२ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार व…

कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, १ खर्ब ७३ अर्ब बराबरका ७१ परियोजना सोकेसमा

कोशी प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी विराटनगरमा कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ। दुई दिनसम्म चल्ने यो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी …

मार्क जुकरबर्ग भन्छन्: डेढवर्ष भित्र मेटाको अधिकांश कोड एआईले लेख्ने छ

मार्क जुकरबर्गले अबको डेढ वर्षभित्र मेटा कम्पनीको अधिकांश कोड एआई एजेन्टहरूले लेख्ने बताएका छन् ।

ड्राइभिङ लाइसेन्स अवधि अब १० वर्ष

अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अवधि १० वर्ष हुने भएको छ । प्रतिनिधिसभाले पारित गरेको केही नेपाल ऐन संशोधन व…