कीवर्डहरू -

अपडेट

वर्ष २०२४: चमत्कारिक आविष्कारदेखि ऐतिहासिक शटडाउनसम्म

सन् २०२४ मा प्रविधिले नयाँ उचाइ हासिल गर्‍यो । यस वर्ष धेरै यस्ता आविष्कारहरू भए, जुन कल्पनाभन्दा बाहिर छन् ।

स्टियरिङ विना ट्याक्सीको कुरा होस् वा चीनमा बनेको एआई अस्पतालको यस वर्ष प्रविधिले ठूलो फड्को मारेको छ ।

इतिहासकै सबैभन्दा ठूलो शटडाउन पनि यसै वर्ष देखिएको छ । सन् २०२४ मा भएका प्रमुख आविष्कारहरूको चर्चा गर्दा न्यूरालिंकको नाम पनि उल्लेख गरिनेछ ।  

मानिसको दिमागमा चिप  

इतिहासमा पहिलो पटक मानिसको दिमागमा चिप राखियो । यस वर्षको सुरुवातमा एलन मस्कको टेक स्टार्टअप न्यूरालिंकले यो उपलब्धि हासिल गरेको थियो । कम्पनीले दाबी गरे अनुसार यस चिपमार्फत संचार र शरिरलाई नियन्त्रण गर्न सकिन्छ ।  

रोबोटले गर्ने उपचार  

एजेन्ट अस्पताल— जहाँ बिरामीको उपचार रोबोटले गर्छन् । यो एआई अस्पताल निर्माण गर्ने पहिलो देश चीन हो । यसमा १४ एआई डाक्टर र ४ एआई नर्स छन् । २०२४ मा बनेको यो एआई अस्पताल नयाँ आविष्कारको दृष्टिकोणले निकै रोचक छ । एआई डाक्टरहरू मेशिन लर्निङको आधारमा काम गर्छन् ।   

एप्पल भिजन प्रो  

एप्पलको भिजन प्रो हेडसेट एआर र वीआर प्रविधिसँग तयार गरिएको छ । यो कम्पनीको मिक्स्ड रियालिटी हेडसेट हो । प्रयोगकर्तालाई यसमा दुई मोडको सुविधा मिल्छ । वीआर मोडमा प्रयोगकर्ताको आँखा अगाडि भर्चुअल तर वास्तविक जस्तो लाग्ने संसार हुन्छ । एप्पलको यो आविष्कार धेरै अर्थमा विशेष छ । यसलाई २०२४ को ’इनोवेशन अफ द इयर’ को अवार्ड पनि प्राप्त भएको छ ।  

सबैभन्दा पातलो फोल्डेबल फोन  

विश्वको सबैभन्दा पातलो फोल्डेबल स्मार्टफोनको कुरा गर्दा अनर म्याजिक ची थ्रीको नाम आउँछ । एआई फिचर रहेको यो डिभाइस मात्र ९.२ मिलिमिटर पातलो छ । यसमा फेस टु फेस ट्रान्सलेसन, एआई इरेजर र नोट्स, एआई सक्षम फोटोग्राफी फिचरहरू जस्ता अन्य सुविधाहरू छन् ।  

एआई शिक्षक  

एआईले शिक्षाको क्षेत्रमा पनि नयाँ क्रान्ति ल्यायो । भारतको पहिलो एआई शिक्षकको रूपमा आइरिस चिनिन्छिन् । यस वर्षको मार्चमा त्रिवेन्द्रमको केटीसीटी स्कुलद्वारा एआई शिक्षकको विकास गरिएको थियो ।  

सबैभन्दा ठूलो शटडाउन  

निश्चय नै २०२४ एआई र आविष्कारको वर्ष रह्यो । तर यस्तो समय पनि आयो जब संसार ठप्प भयो । एयरपोर्टदेखि बैंकिङ क्षेत्रसम्म यसको प्रभाव परेको थियो । हामी कुरा गर्दैछौं जुलाईमा भएको माइक्रोसफ्ट शटडाउनको । ९५ प्रतिशत विन्डोज प्रणाली अचानक काम नगर्दा यो समस्या देखियो । यस प्राविधिक खराबीले विश्वभरका विन्डोज प्रयोगकर्तालाई अप्ठ्यारोमा पारेको थियो ।

डिजिटल एरेस्टका घटना

यस वर्ष सबै कुरा राम्रो मात्र भएन । केही नराम्रा घटनाहरू पनि भए, जसले कयौँ पाठ सिकाए । जस्तै, २०२४ मा डिजिटल एरेस्टका बढ्दो घटनाहरूले सबैलाई सताए । स्क्यामरहरूले निर्दोष मानिसलाई झुक्याएर ठगी गरे । यस वर्ष २०२३ को तुलनामा डिजिटल एरेस्टका घटनामा निकै वृद्धि भएको छ, जुन चिन्ताको विषय हो ।

 

अपडेट

ब्लूस्काईमा अब ट्रेन्डिङ टपिक्स देखिने

ब्लूस्काईले आफ्नो प्लेटफर्ममा नयाँ सुविधाको रूपमा ट्रेन्डिङ टपिक्स सुविधाको बेटा संस्करण सुरु गरेको छ । यो नयाँ सुविधा प्रयोगकर्ता…

साओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

साओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षा सम्बन्धी भिडियोमार्फत सचेतना अभियान सञ्चालन गरेको छ । यस अभियानले फेरि पन…

डिजिटल सीप विकासमा जोड दिदै सामसङ नेपाल, ३० जना विद्यार्थीलाई एआई प्रमाणपत्र वितरण

आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पसमार्फत सामसङ नेपालले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्य…

लेनोभोको योगा स्लिम ७ आई औरा एडिसन ल्यापटप नेपालमा

लेनोभोले नेपालमा योगा स्लिम ७ आई औरा एडिसन सार्वजनिक गरेको छ । नागमणी इन्टरनेशनलसँगको सहकार्यमा सार्वजनिक गरिएको यो प्रि…

ब्लकचेन क्षेत्रमा जनशक्ति तयार गर्दै क्लक बी बिजेनस टेक्नोलोजी, ट्रेनिसीपमा २० जना छनौट

क्लक बी बिजनेस टेक्नोलोजीले ब्लकचेन क्षेत्रमा जनशक्ति तयार गर्ने उद्देश्यसहित ब्लकचेन ट्रेनिसिप प्रोग्राम सुरू गरेको छ । युवाहरूलाई …

अनलाइन अन्तरङ्ग सम्बन्धबाट जन्मिने हिंसाको जोखिममा किशोरकिशोरी र युवाहरु

अनलाइनमा बालबालिका र युवालाई सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले ‘रोमान्सदेखि जोखिमसम्म : किशोर किशोरी र युवा व्…

क्यान महांसघको पहिलो महिला अध्यक्ष बन्दै सुनैना घिमिरे पाण्डे

कम्प्युटर एशोशिएसन नेपाल (क्यान महासंघ) को अध्यक्षमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन हुने भएकी छन् । 

इनफिनिक्सद्वारा बम्पर पुरस्कार हस्तान्तरण

इनफिनिक्सले दशैं धमाका बम्पर पुरस्कारका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

काठमाडौं…

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित

सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पु¥याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्…

दक्षिण एशियाकै सबैभन्दा ठूलो एआई शिक्षासम्बन्धी कार्यक्रम नेपालमा आयोजना हुँदै

नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी) ले बुधवार एनुअल नेपाल एआई स्कूल (ANAIS) को आयोजना गर्ने घोषणा गर…

इन्ड्राइभले स्टार्टअपलाई पनि प्रवर्द्धन गर्न काम गरिरहेको छ: अध्यक्ष मार्क लकरेन

इन्ड्राइभका अध्यक्ष तथा डेपुटी सीईओ मार्क लकरेनले नेपालको स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्न आइसिटी अवार्ड २०२४ सँग सहकार्य गरेको…

चलचित्र विकास बोर्डमा ‘ड्रोन’ कार्यशाला सुरू

चलचित्र विकास बोर्डको आयोजनामा पुस ८ गतेदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू भएको छ। कार्यशालाको प्रारम्भ गर्दै बोर्ड…

एनसीएचएलले मनायो १६औं वार्षिकोत्सव

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको…

क्रिसमस एट भाटभटेनी विथ नामी: सर्प्राइज उपहारसँगै टेस्ट ड्राइभ गर्ने मौका

क्रिसमसको अवसरमा नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्दैछ । यस अवसरमा काठ…

गुगल सर्च २.०: ठूलो तयारी गर्दै गुगल, के हो सुन्दर पिचाईको मास्टर प्लान?

गुगलका सीईओ सुन्दर पिचाईले २०२५ सम्म गुगल सर्चमा थुप्रै नयाँ फिचरहरू समावेश गरिने संकेत गरेका छन्, जसले प्रयोगकर्ताको अनुभव मा…