कीवर्डहरू -

अपडेट

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स कसरी बन्यो एआई पावरहाउस ?

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले सामाजिक सञ्जालभन्दा निकै पर पुगेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आफ्नो बलियो पकड बनाइसकेको छ । टिकटक, डुईन र टाउतियाओ जस्ता लोकप्रिय एप्समार्फत कम्पनीले करोडौँ प्रयोगकर्ताको डेटा संकलन गरेर अहिले एआई विकासको आधार बनाएको छ ।

बाइटडान्स कसरी अर्को एक एआईको पावरहाउस बन्न पुग्यो ? आउनुहोस् जानौं । बाइटडान्ससँग टिकटक, डुईन र टाउतियाओ जस्ता एप्स छन् । प्रयोगकर्ताले हेरेको प्रत्येक भिडियो, पोस्ट, वा इन्टरेक्शनबाट कम्पनीले इन्टरनेट प्रयोगसम्बन्धी गहिरो जानकारी पाउँछ । यस डेटाले एप्सलाई मात्र आकर्षक बनाएको छैन, एआई प्रणालीलाई तालिम दिने आधारभूत संरचना पनि तयार गरिदिएको छ ।

बेजिङस्थित काउन्टरपोइन्ट रिसर्चका एआई प्रमुख विश्लेषक वेई सन भन्छन्, 'बाइटडान्स सँग लाखौँ प्रयोगकर्ताको सम्पूर्ण डेटा हरेक समय उपलब्ध हुन्छ ।' गत वर्ष बाइटडान्सले डेटा सेन्टर, नेटवर्किङ उपकरण र कम्प्युटर चिप्सजस्ता एआई पूर्वाधारमा लगभग ११ अर्ब अमेरिकी डलर खर्च गरेको छ । कम्पनीले चीन र दक्षिणपूर्वी एसियामा ठूला डेटा सेन्टर बनायो र ह्वावे, क्याम्ब्रिकन जस्ता चिनियाँ चिप निर्माता कम्पनीहरूसँग चिप्स खरिद गरेर एनभिडिया जस्ता विश्वव्यापी लिडरहरूप्रति निर्भरता घटाएको छ ।

बाइटडान्सले विश्वभरबाट एआई विकासका लागि प्रतिभाशाली जनशक्ति भर्ना पनि गरेको छ । कम्पनीको ध्यान डेटा विश्लेषण र एल्गोरिदम डिजाइनमा दक्ष विज्ञहरूमा थियो । यसले बाइटडान्सलाई एआई दौडमा विश्वका प्रमुख कम्पनीहरूसँग काँधमा काँध मिलाएर हिँड्न सक्षम बनायो ।

बाइटडान्सले एआई–आधारित च्याटबट डौबाओ सार्वजनिक गरेको छ, जुन लन्च भएको पहिलो तीन महिनामै ६० मिलियन प्रयोगकर्ता पाउन सफल भएको थियो । यो चीनको सबैभन्दा लोकप्रिय च्याटबट बनेको छ । जसले बाइ्डु र अलिबाबा जस्ता दिग्गजहरूलाई पछि पारेको छ । साथै, डुईन एपमा पनि डौबाओ एकीकृत गरिएको छ, जसले प्रयोगकर्तालाई एआई च्याटको सुविधा दिन्छ ।

सन् २०२१ मा बाइटडान्सले भोल्कानो इन्जिन सार्वजनिक गरेको थियो । यसले अन्य कम्पनीहरूलाई टिकटक र दौयिनको प्रविधि प्रयोग गर्ने अवसर दिन्छ ? उदाहरणका लागि, हाइयर र हिसेन्स जस्ता ब्राण्डहरूले इशाराले नियन्त्रण गरिने स्मार्ट टिभीका लागि बाइटडान्स को टेक्नोलोजी प्रयोग गरेका छन् ।

अटोमोबाइल कम्पनी जीएसी ग्रुप ले यसका डेटा म्यानेजमेन्ट टुल्स प्रयोग गर्दै आएको छ । त्यस्तै मर्सिडिज–बेन्जले पनि गत वर्ष चीनमा आफ्ना गाडीभित्रका भ्वाइस असिस्टेन्ट र नेभिगेसन सिस्टमका लागि भोल्कानो इन्जिन प्रयोग गर्ने बताएको थियो ।

टिकटकको लोकप्रियताले धेरै देशहरूमा सुरक्षासम्बन्धी चिन्ता बढाएको छ । २० भन्दा बढी सरकारहरूले यसको डेटा प्रयोगलाई लिएर आंशिक प्रतिबन्ध लगाएका छन् । अमेरिकामा त टिकटक का अमेरिकी अपरेसनहरू बिक्री गर्न दबाबसमेत छ । तर बाइटडान्स ले डेटा प्रयोग गरेर एआई विकासमा आफूलाई बलियो बनाउँदै विश्व प्रविधि दौडमा आफ्नो स्थान मजबुत बनाइसकेको छ ।

चीन सरकारले प्रविधि कम्पनीहरूलाई मनोरञ्जनबाहेक एआई र सेमिकन्डक्टरजस्ता उच्च–प्रविधि क्षेत्रहरूमा ध्यान दिन निर्देशन दिएको छ । बाइटडान्सले यो मिशनलाई गम्भीरताका साथ लिएर डेटा, लगानी र ट्यालेन्टको भरमा एआई क्षेत्रमा नेतृत्व लिएको छ । 

 

अपडेट

पठाओ एपमा थपियो रेन्टल सेवा: कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म बुक गर्न सकिने

पठाओ नेपालले ‘पठाओ रेन्टल’ सेवा सुरु गरेको छ । ‘मुभिङ नेपाल’को आफ्नो संकल्पलाई अघि बढाउँदै कम्पनीले…

एनभिडियालाई चुनौती दिन गुगलको आईरनवुड चिप सार्वजनिक

अल्फाबेट अन्तर्गतको कम्पनी गुगलले आफ्नो सातौँ पुस्ताको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप ‘आईरनवुड’ सार्वजनिक गरेको छ…

जेनरेटिभ एआईबाट डिजिटल ठगीमा तीव्र वृद्धि, सुरक्षा चुनौती गम्भीर

घिबली शैलीमा फोटो बनाउन मिल्ने सुविधा आएपछि हालका केही दिनयता च्याटजीपीटीको प्रयोग गरेर नक्कली आधार र प्यान कार्ड समेत बनाइएक…

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रडक्टहरु सार्वजनिक, नयाँ वर्षमा १० प्रतिशत छुट

विश्वव्यापी रूपमा प्रसिद्ध एक्सेसरिज ब्रान्ड म्याकडोडोले नेपाली बजारमा पाँचवटा नयाँ उत्कृष्ट प्रडक्टहरु सार्वजनिक गरेको छ । म्याकडोडो…

ब्रोडब्याण्ड इन्टरनेट सञ्चालन भए/नभएको जानकारी दिन स्थानीय तहलाई प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट सञ्चालन भएको/नभएको जानकारी दिन आग्रह गरेको छ । 

रिमोट वर्कका लागि नीतिगत प्रबन्ध गर्न उच्चस्तरीय आयोगको सुझाव, नेपाल बन्न सक्छ उपयुक्त ठाउँ

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाललाई रिमोट वर्क गन्तव्यको रूपमा विकास गर्न नीतिगत प्रबन्ध गर्न सरकारलाई सुझाव दिएको छ ।&…

व्यवसाय दर्ता सम्बन्धी सबै काम अनलाइनबाटै गराउन उच्चस्तरीय आयोगको सुझाव

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दर्ता सम्बन्धी सबै प्रक्रिया र आवश्यक कागजात बुझाउने काम अनलाइनबाटै गराउन सरकारलाई सुझाव दि…

आईटीको इकोसिस्टम विकास गर्न खनाल नेतृत्वको उच्चस्तरीय आयोगले दिएका सुझावहरू के के छन् ?

पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सूचना प्रविधि क्षेत्रको वृहत इकोसिस्टम विकास गर्न ट्रान्स…

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, अझ सहज र अझ व्यक्तिगत बनाउने

नेपालका सबैभन्दा लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ। यो अपडेटले प्रयोगकर्तालाई अझ धेरै आकर्षक डिजा…

एलन मस्कको घोषणा: विद्यार्थीहरूका लागि सुपरग्रोक दुई महिनासम्म निःशुल्क

हालै एलन मस्क ले एक पोस्टमार्फत जानकारी दिएका छन् कि विद्यार्थीहरूका लागि सुपरग्रोक निःशुल्क रूपमा उपलब्ध गराइएको छ । तर यस अफरस…

सिक्रेट कोड इन्टर गरेपछि मात्र खुल्ने रील्स, इन्स्टाग्रामले ल्याउँदै नयाँ फिचर

अमेरिकामा टिकटकमा सम्भावित प्रतिबन्धको चर्चा तीव्र भइरहेका बेला, इन्स्टाग्राम लगातार नयाँ फिचरहरू सार्वजनिक गर्दै आफूलाई सशक्त बनाउने प्रयासमा जुटिरहेको छ । ह…

एआईमा आधारित ईआरपी सिस्टम समएक्स सार्वजनिक

एआईमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्लेटफर्म समएक्स सार्वजनिक भएको…

सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर

नयाँ वर्ष २०८२ को अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एसडीएले ‘लेभल अप! विथ सीजी, लाइफ हुन्छ इजी’ नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायस…

नागरिकलाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्…

विदेशमा भएका नेपालीलाई बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र आवश्यक नपर्ने

विदेशमा भएका नेपालीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र नचाहिने भएको छ। नेपाल राष्ट बैंकले एकिकृत निर्देशन जारी गर्दै विदे…