कीवर्डहरू -

अपडेट

सन् २०२६ मा कोलम्बियामा हुने इन्ड्राइभको अल्टरनेटिभा फिल्म फेस्टिभलका लागि एसियाली आवेदन खुल्ला

इन्ड्राइभको अल्टरनेटिभा फिल्म फेस्टिभलको तेस्रो संस्करण २०२६ को दोस्रो त्रैमासिकमा कोलम्बियामा आयोजना हुने भएको छ । यस संस्करणमा पुरस्कार कोष बढाएर १ लाख २० हजार अमेरिकी डलर गरिएको छ, जुन अघिल्लो संस्करणको तुलनामा २०,००० डलरले बढी हो ।

साथै, फोकस क्षेत्रबाट फिचर फिल्मका लागि नयाँ पुरस्कार श्रेणी थपिएको छ, जससँगै कुल पुरस्कारको संख्या सात पुगेको फेस्टिभल आयोजक अल्टरनेटिभाले जानकारी दिएको छ । इच्छुक आवेदकहरूले जेठ २७, २०८२ (जुन १०, २०२५) देखि असोज २४, २०८२ (अक्टोबर १०, २०२५) भित्र आवेदन दिन सक्नेछन । ल्याटिन अमेरिका र एसियाबाट सबै विधाका फिचर–स्तरका फिल्महरू स्वीकार गरिनेछ भने छोटो फिल्म श्रेणीहरू भने केवल ल्याटिन अमेरिकाका लागि सीमित रहनेछ ।

यी घोषणाहरू अल्टरनेटिभाले ल्याटिन अमेरिकामा पहिलोपटक आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा गरिएको थियो। यो सम्मेलन ४०औं ग्वाडालाजारा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको अवसरमा सम्पन्न भएको थियो, जसमा अल्टरनेटिभा यस इनिसिएटिभको आधिकारिक साझेदारका रूपमा सहभागी थियो । कार्यक्रममा अल्टरनेटिभाकी प्रमुख लिजा सुरगानोभा, इन्डष्ट्रि एण्ड ल्याब्स प्रमुख अन्ना गुडकोभा, र मार्केटिङ तथा सञ्चार प्रमुख एन्जेलका जानकोभिक उपस्थित थिए ।

उनीहरूले आगामी महोत्सवको योजनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरे, जसले ल्याटिन अमेरिकामा अल्टरनेटिभाको विस्तार हुँदै गएको उपस्थिति र ग्लोबल साउथमा उदीयमान प्रतिभालाई सशक्त बनाउन गरेको यसको प्रतिबद्धता झल्काउँछ ।

यो पहलले प्रत्येक संस्करणमा अल्टरनेटिभा फिल्म फेस्टिवलको प्राथमिकता क्षेत्रलाई परिवर्तन गर्दै जान्छ, जुन ग्लोबल साउथका फिल्म निर्माताहरूको पहिचानका लागि वैकल्पिक माध्यमको रूपमा कार्य गर्दछ । यसले ती सिर्जनाहरूलाई फरक–फरक क्षेत्रका विविध र व्यापक दर्शकहरूसम्म पुर्‍याउने र अन्तरसम्बन्धहरू विस्तार गर्ने अवसर प्रदान गर्दछ । यो महोत्सवले समाज र विश्वमा सकारात्मक परिवर्तन ल्याउने फिल्महरूलाई सम्मान गर्दछ र कलात्मक उत्कृष्टतालाई सामाजिक प्रभावका सम्भावनासँग जोड्ने प्रयास गर्दछ ।

पत्रकार सम्मेलनमा इनड्राइभका संस्थापक आर्सेन टम्स्कीले प्रतिभा र गहिरा कथाहरूलाई कुनैपनि सिमानाले रोक्नु नहुने बताउँदै कलामा विश्वभरका मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने शक्ति हुने बताए । 

अल्टरनेटिभा २०२३ मा मध्य एशिया (काजाकिस्तान) बाट सुरु भएको थियो र २०२४ मा दक्षिणपूर्व एशिया (इन्डोनेसिया) सम्म विस्तार भएको थियो, जहाँ यसले योग्याकार्तामा सम्पन्न दोस्रो अल्टरनेटिभा फिल्म अवार्ड तथा फेस्टिभलमार्फत उल्लेखनीय प्रभाव पार्याे। अब, यसले ग्लोबल साउथ सिनेमाका साहसी नयाँ आवाजहरूलाई उजागर गर्ने आफ्नो अभियानलाई निरन्तरता दिँदै ल्याटिन अमेरिका तर्फ सर्दैछ ।

यस यात्रा र विस्तारले परियोजनाको परिपक्वतालाई पनि प्रतिबिम्बित गर्छ । एक अवार्ड कार्यक्रमको रूपमा सुरू भएको अल्टरनेटिभा अब एक पूर्ण फिल्म फेस्टिभलको रूपमा स्थापित भएको छ, जुन यसको नयाँ नाममा पनि प्रकट हुन्छ । यद्यपि पुरस्कारहरू अझै पनि यसको मूलमा छन, महोत्सवले चयन गरिएका फिल्महरूको प्रभावलाई अझ सशक्त बनाउने उद्देश्यले प्रदर्शन, छलफल, र विभिन्न कार्यक्रमहरूको माध्यमबाट आफ्नो पहुँच विस्तार गरिरहेको छ ।

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२६ ले ल्याटिन अमेरिकाका चलचित्रहरूलाई स्वागत गर्दैछ, र विभिन्न क्षेत्रहरूलाई जोड्ने आफ्नो यात्रामा अडिग रहँदै एशियाली देशहरूबाट आवेदनहरू स्वीकार गर्न जारी राख्नेछ — जहाँ अघिल्ला दुई संस्करणहरू सम्पन्न भएका थिए । सन् २०२४ मा, महोत्सवमा ३३ देशहरूबाट १,००० भन्दा बढी चलचित्रहरू प्राप्त भएका थिए ।

सर्टलिस्टमा परेका २५ चलचित्रमध्ये १४ ओटा एशियाली थिए, जसमा इन्डोनेसियाले पाँच चलचित्रहरूसहित सबैभन्दा धेरै प्रतिनिधित्व गरेको थियो । यसपटक नयाँ क्षेत्र केन्द्रमा रहेकाले, आयोजक टोलीले नयाँ चलचित्रहरूको उल्लेखनीय संख्यामा वृद्धि हुने अपेक्षा गरेको छ ।

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२६ का लागि खुला आह्वान १० जुन २०२५ देखि सुरु भएर १० अक्टोबर २०२५ सम्म खुला रहनेछ । जनवरी १, २०२५ पछि निर्माण सम्पन्न भएका सबै प्रकारका काल्पनिक चलचित्रहरू, वृत्तचित्रहरू, एनिमेसनहरू र हाइब्रिड विधाका कामहरू सहभागी हुन योग्य छन् ।

यदि तपाईंको चलचित्रले वल्र्ड प्रिमियर १ अगस्ट २०२५ अघि गरिसकेको छ भने, त्यसलाई पेश गर्ने अन्तिम म्याद १ सेप्टेम्बर २०२५, राति ११ः५९ ( ग्त्ऋ (छ) हो भने १ अगस्ट २०२५ पछिको वल्र्ड प्रिमियर भएका चलचित्रहरूको लागि अन्तिम म्याद १० अक्टोबर २०२५, राति ११ः५९ हुनेछ । सहभागी देशहरूको पूर्ण सूची र अन्य आवश्यक विवरणहरू नियम र सर्तहरूमा उपलब्ध छन् ।

फिल्म फेस्टिभलको मुख्य फोकस प्रतियोगितामा छनोट भएका चलचित्रहरूको निःशुल्क सार्वजनिक प्रदर्शनमा हुनेछ, यद्यपि कार्यक्रम यसमा मात्र सीमित नहुनेछ। प्रदर्शनहरू विचारमूलक छलफल र चलचित्रको सामाजिक प्रभावबारे संवाद गर्न डिजाइन गरिएका अन्य कार्यक्रमहरूसँगै आयोजना गरिनेछन् । २०२४ मा योग्याकार्तामा आयोजित संस्करणमा, १४ प्रदर्शनहरूमा करिब २३०० दर्शकहरूले सहभागिता जनाएका थिए ।

महोत्सव अन्तर्गत ‘इन्डस्ट्री डेज‘ पनि समावेश गरिनेछ—जहाँ फिल्म निर्माता, निर्माता तथा सामाजिक प्रभावकारकहरूबीच अनुभव आदानप्रदान, गहन छलफल र सम्भावित सहकार्यहरू प्रोत्साहित गरिनेछ ।

महोत्सवको समापन विशेष पुरस्कार समारोहका साथ हुनेछ । प्रतियोगिताका लागि छनोट भएका निर्देशकहरूलाई फेस्टिभलमा उपस्थित हुन निमन्त्रणा गरिनेछ, र उनीहरूको यात्रा तथा आवासको व्यवस्था आयोजकले नै गर्नेछ ।

आयोजक सहर, फेस्टिभलको सही मिति, छनोट समिति तथा अन्तर्राष्ट्रिय निर्णायक मण्डलको विवरण आगामी महिनाहरूमा सार्वजनिक गरिनेछ ।
 

अपडेट

सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जाका लागि सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी स…

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

विश्वप्रसिद्ध फर्मुला वान टिम एस्टन मार्टिन अराम्कोले रियलमीसँग दीर्घकालीन लाइसेन्स सम्झौता गरेको छ । सो सहकार्य अन्तर्गत पहिलो पटक …

पर्प्लेक्सिटीको नयाँ सब्सक्रिप्सन योजना: २०० डलरमा ‘म्याक्स’ सदस्यता

एआई सर्च स्टार्टअप पर्प्लेक्सिटीले पावर युजरका लागि प्रतिमहिना २०० अमेरिकी डलरमा ‘म्याक्स’ सदस्यता योजना सार्वजनिक गरे…

टिएमवानका १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै

'कमाइको राजा' भनेर परिचित टिएमवानले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्…

आईओई पश्चिमाञ्चल क्याम्पसमा ‘एडब्लुएस क्लाउड क्लब’को औपचारिक सुरुवात

आईओई पश्चिमाञ्चल क्याम्पसमा ‘एडब्लुएस क्लाउड क्लब’को औपचारिक सुरूवात भएको छ । अनलाइन लञ्च कार्यक्रममा ‘Launch i…

माईक्रोसफ्टले सार्वजनिक गर्‍यो “डाइग्नोन्टिक अर्केस्ट्रेटर” एआई, ८० प्रतिशत मेडिकल केसमा डाक्टरभन्दा उत्कृष्ट काम गर्ने

माईक्रोसफ्टले भर्खरै यस्तो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली सार्वजनिक गरेको छ, जुन जटिल र चुनौतीपूर्ण मेडिकल केसहरूमा मानवी…

एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा छानिए २० विजेता ग्राहकहरु

एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत दोस्रो हप्तासम्ममा २० जना भाग्यशाली ग्राहकहरु छानेको छ । यसरी छानिएक…

छात्रवृत्तिमा प्लस टु अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाले खुलायो अनलाइन आवेदन

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फार…

ई-कमर्स सूचीकरण गर्न विभागले दियो साउन २ गतेसम्मको समय, के के चाहिन्छन् कागजात ?

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय व्यापार (ई-कमर्स) मार्फत आफ्ना वस्तु तथा सेवा विक्रि गर्ने व्यवसायीहरूलाई साउ…

हुवावे सिड्स फर द फ्युचर क्षेत्रीय कार्यक्रममा प्रतिनिधित्व गर्न शीर्ष ५ नेपाली विद्यार्थी छनोट

हुवावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर २०२५ कार्यक्रममा नेपालबाट चीनमा आयोजना हुने…

एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नक्बरहरु उपलब्ध गराउने

एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि अब नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्र…

तनहुँमा राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि खोलिएको बिहानी सेवा बन्द

जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै आएकोमा सोचेअनुसार सेवाग्राही नआएपछि बिहानी सेवा बन्द गरेको छ ।

फिलिपिन्सका किशोरले विकास गरेको हिँड्दा बिजुली उत्पादन गर्ने जुत्ता

हामी दिनभर हजारौं पाइला हिँड्छौँ, कहिले स्कुल जानका लागि, कहिले अफिस, कहिले बजार त कहिल्यै पार्कमा, तर के तपाईंले कहिल्यै सो…

मोडेल नम्बरबाट थाहा पाउनुहोस् आफ्नो आइफोनको इतिहास र देश

के तपाईं अहिले आइफोन प्रयोग गर्दै हुनुहुन्छ? वा नयाँ आइफोन किन्न सोच्दै हुनुहुन्छ भने यो जानकारी तपाईंलाई धेरै काम लाग्न सक्छ ।…

५० चिनियाँ कम्पनीले मिलेर बनाए ‘सुपर केबल’, विस्थापित होला त यूएसबी सी ?

तपाईंले आफ्ना फरक‑फरक डिभाइसहरूको लागि फरक‑फरक केबल प्रयोग गर्नुभएको होला - जस्तै टीभीका लागि एचडीएमआई केबल, फोन चार्जिङका ल…