कीवर्डहरू -

अपडेट

साइबर सुरक्षा सचेतनाका लागि एनसेल, साथी र जोन्टा क्लबको ‘ओरेन्ज द स्कूल’ अभियान

एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कूल’ अभियान संचालन गरिहेका छन् । यो अभियान लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियान अन्तर्गत आयोजा गरिएको कार्यक्रमहरु मध्ये एक हो । यस अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब १,५०० विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराइसकिएको छ । 

यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी र शिक्षकहरूलाई लैङ्गिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयहरुमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्धन गर्न कदम चाल्नुको महत्वबारे सचेतना जगाउने रहेको छ ।

जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष बिना रानाले भनिन्, “लैङ्गिक हिंसा विश्वव्यापी संकट हो, जसले आधारभूत मानव अधिकारको उल्लङ्घन गर्छ र लैङ्गिक समानतामा प्रगतिलाई रोक्छ । गरिबी, भेदभाव र जलवायु परिवर्तन जस्ता कारणहरूले महिला र केटीहरूलाई जोखिम बढाउँछन् । ‘ओरेन्ज द स्कूल’ अभियानले विद्यालयमा यी मुद्दाहरूबारे चेतना जगाउने र सामूहिक प्रयासबाट सुरक्षित समुदाय निर्माण गर्न प्रेरणा दिने उद्देश्य राखेको छ । युवाहरूलाई सशक्त बनाउँदै मौनता तोड्न र हिंसामुक्त भविष्य निर्माण गर्न शिक्षित बनाउनु अत्यन्त महत्वपूर्ण छ ।”  

एनसलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले यसै कार्यक्रमको बारेमा आफ्नो धारणा व्यक्त गर्दै भनिन् “ओरेन्ज द स्कूल अभियानले लैङ्गिक हिंसाविरुद्धको अभियानको माध्यमबाट विद्यालय स्तरमै सचेतना र छलफलको महत्वलाई उजागर गर्न मद्दत पु¥याएको छ ।  युवा पुस्तामा सुरुवातमै सही जानकारी र समानताका मूल्यहरू स्थापित गर्न सकेमा हिंसामुक्त समाज निर्माण गर्न सकिन्छ । अहिलेको बदलिदो अवस्था र प्रविधिको पहुँचले गर्दा भल्नरेबल सेगमेन्टमा पर्न जाने नकारात्मक असरको न्यूनिकरणकालागि साइबर सुरक्षा र डेटा प्राइभेसी जस्ता अत्यन्त आवश्यक विषयलाई विद्यार्थीहरुमाझ लानका लागि यस अभियानको हिस्सा बन्न पाएकोमा हामी खुसी छौं र हामीलाई विश्वास छ हाम्रो सामूहिक प्रयासले दिगो प्रभाव पार्नेछ ।” 

यस अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयहरूमा सञ्चालन भइरहेका छन् । यसले विद्यार्थी र शिक्षकहरूलाई यी विषयमा बुझाइ र वकालत गर्न सक्षम बनाउने प्रयास गरेको छ ।

जोन्टा क्लब अफ काठमाडौंको महिला हिंसा विरुद्धको समितिकी अध्यक्ष श्रीयुक्ता थपलियाले भनिन्, “यो अभियानले जोन्टा क्लब काठमाडौं, साथी संस्था र एनसेल फाउन्डेसनको साझेदारीमा स्रोत र विशेषज्ञताको संयोजन गर्दै प्रभावलाई अधिकतम बनाउन सहयोग पु¥याएको छ । सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूप्रति उनीहरूको उत्साह र समर्थनका लागि हामी आभारी छौं। सामूहिक प्रयासले हामीले मौनता तोड्न, परिवर्तनलाई प्रेरित गर्न र महिला तथा बालबालिकाले सुरक्षित वातावरणमा जीवन बिताउन सक्ने भविष्य निर्माण गर्न मद्दत पु¥याउँछ ।”

२६ नोभेम्बर देखि १० डिसेम्बरसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत काठमाडौं उपत्यकाका सरकारी तथा निजी विद्यालयहरूमा जनसचेतनामुलक कार्यक्रमहरू सञ्चालन भईरहेका छन् ।

अपडेट

कहिले छोड्लान टिम कुकले एप्पलको सीईओ पद ?

विगत १३ वर्षदेखि टिम कुकले सीईओको रूपमा मल्टिट्रिलियन डलर कम्पनी एप्पल हाँकिरहेका छन् । उनको नेतृत्वमा एप्पलले ध…

चन्द्रपुरमा दुई करोड ७२ लाखमा चार्जिङ स्टेशन निर्माण

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ प…

इन्स्टाग्राममा गोपनीयता कसरी सुरक्षित राख्ने ? जान्नुहोस् उपयोगी टिप्स

इन्स्टाग्राम युवाहरूबीच धेरै लोकप्रिय बन्दै गएको छ । यसमा तपाईं फोटो शेयर गर्न, मेसेज गर्न र भ्वाइस कल गर्न सक्नुहुन्छ ।

नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने

नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० को नेपालपे क्य…

सामसङ टिभी किन्दा ३१ प्रतिशतसम्म छुट, फोरकेमा लाइभ क्रिकेटको मज्जा लिन सकिने

घरमै बसेर क्रिकेट हेरिरहेका दर्शकहरूको लागि अझ ठूलो स्क्रिनमा खेलको मनोरञ्जन दिन सामसङ नेपालले आफ्ना टिभीहरूमा ३१ प्रतिशतसम्मको…

स्मार्टफोनमा आईआर ब्लास्टरले कसरी काम गर्छ?

स्मार्टफोनमा धेरै यस्ता फिचरहरू हुन्छन्, जसले प्रयोगकर्ताहरूको काम सजिलो बनाउँछ । तर, तीमध्ये धेरै यस्ता फिचर पनि छन्, जसको बारेमा मानिसहरूलाई थाहा हुँदैन् ।…

गुगलको एआई भिडियो टुल वियो सार्वजनिक, टेक्स्टबाट भिडियो बनाउन सकिने

गुगलले आफ्नो एआई भिडियो टुल वियो प्रयोगका लागि उपलब्ध गराएको छ । गुगल वियो एउटा एआई भिडियो टुल हो, जसको मद्दतले टेक्स्टब…

डिशहोमको इन्टरनेट जडान गर्दा ३ महिनाको बोनससहित नि:शुल्क राउटरको सुविधा

नेपाल प्रिमियर लिग (एनपीएल) का फ्यानहरूलाई लक्षित गर्दै डिशहोमले एनपीएल एक्स्ट्राज अफर सार्वजनिक गरेको छ ।

नेपालमा हुन लागेको सोनु निगमको कन्सर्टको दिपल ईभी मुख्य प्रायोजक

छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउ डगायक सोनु निगमको निकै प्रतिक्षित …

एमपोसबाट टेलिकमको रिचार्ज गर्दा डेटा बोनस पाइने

नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्…

टिकटक र सञ्चार मन्त्रालयको साझेदारीमा डिजिटल सेफ्टी समिट आयोजना, अनलाइन सुरक्षा बारे छलफल

टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको साझेदारीमा मंसिर १८ गते डिजिटल सेफ्टी समिट नेपालको आयोजना गरेको छ । अनल…

एससीटी युपिआई कार्डबाहकलाई सिभिल मलमा निःशुल्क पार्किङ सुविधा

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र काठमाडौँको मुटु स…

नेपालका कुना काप्चामा गुणस्तरीय इन्टरनेट पुर्‍याइ सबैलाई एक आपसमा जोड्ने छौं: वर्ल्डलिंक

वर्ल्डलिंकले नेपालका हरेक कुना काप्चामा इन्टरनेट विस्तार गरी सबैलाई एक आपसमा गुणस्तरीय सेवा मार्फत जोड्ने कार्यमा सधैं लाग्ने बता…

डेथ क्लक एप: जीवनशैली सुधार्दै मृत्युको भविष्यवाणी गर्ने नवीन प्रविधि

एआईको प्रयोग हरेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको छ । हेल्थकेयरदेखि फाइनान्ससम्म यसको व्यापक प्रयोग भइरहेको छ । एआईले भविष्यसम्बन्ध…

जुम्ला पातारासीमा टेलिकमको मोबाइल सेवा विस्तार

नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका…