कीवर्डहरू -

अपडेट

ईयूको नयाँ नियम: अब सबै इलेक्ट्रोनिक डिभाइसमा यूएसबी-सी पोर्ट अनिवार्य

यूरोपियन संघ (ईयू) ले चार्जिङ पोर्ट सम्बन्धी नयाँ नियमहरू २८ डिसेम्बरबाट लागू गरेको छ । अब सबै विद्युतीय डिभाइसहरूको लागि सी–टाइप चार्जरको प्रयोग अनिवार्य गरिएको छ । नियमअनुसार, नयाँ स्मार्टफोन, ट्याबलेट र क्यामेराहरूको लागि एउटै चार्जर प्रयोग गर्नु पर्नेछ ।

यसले लागत र ई–वेस्ट कम गर्न सहयोग गर्ने ईयुको भनाइ छ । साथै, सामान्य प्रयोगकर्ताहरूलाई राहत मिल्नेछ । अब ईयूका २७ देशहरूमा बिक्री हुने डिभाइसहरूमा यूएसबी-सी पोर्ट राख्नु सबै कम्पनीहरूको लागि अनिवार्य भएको छ।

यूरोपियन संघले इलेक्ट्रोनिक उपकरणहरूको चार्जिङका लागि यस पोर्टलाई मानकको रूपमा चयन गरेको छ । यसको अर्थ, कुनै पनि अवस्थामा निर्माताहरूले आफ्ना डिभाइसहरूमा यो पोर्ट समावेश गर्नै पर्नेछ ।  

ईयूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ कि ईयूका २७ देशहरूमा बिक्री हुने सबै नयाँ मोबाइल फोन, ट्याबलेट, डिजिटल क्यामेरा, हेडफोन, स्पीकर, किबोर्ड लगायतका इलेक्ट्रोनिक्सलाई यूएसबी–सी चार्जिङ पोर्टसँग लैस गर्नुपर्नेछ ।

एउटै चार्जर नियमले मानिसहरूको जीवनलाई सजिलो बनाउनेछ । यसले जीवनलाई धेरै हदसम्म सरल बनाउनेछ र ई–वेस्ट पनि कम गर्नेछ । प्रयोगकर्ताहरूलाई हरेक डिभाइसका लागि छुट्टै चार्जर किनेर पैसा खर्च गर्नुपर्ने छैन् ।  

यो नियम पहिलो पटक सन् २०२२ मा अमेरिकी टेक कम्पनी एप्पलसँगको विवादपछि स्वीकृत गरिएको थियो । सुरुमा एप्पलले यी नियमहरूलाई स्वीकार गर्न आनाकानी गरेको थियो, तर पछि उसले आफ्ना धेरैजसो डिभाइसमा यूएसबी-सी पोर्ट दिन सुरु गरेको थियो । तर ल्यापटप निर्माण गर्नेहरूले २०२६ को सुरुदेखि मात्र यो नियमको पालना गर्न अतिरिक्त समय पाउने छन् ।  

रिपोर्टका अनुसार, धेरैजसो डिभाइसहरू पहिले नै यी केबलहरूको प्रयोग गर्दै आएका छन् र जो गर्दैनन्, अब तिनीहरूले पनि गर्नुपर्नेछ ।  यस कानूनले प्रतिवर्ष कम्तीमा २०८ मिलियन अमेरिकी डलरको बचत गर्नेछ । साथै, हरेक वर्ष एक हजार टनभन्दा बढी इलेक्ट्रोनिक फोहोर घट्ने अपेक्षा गरिएको छ ।

युएसबी सी पोर्टका विशेषता

– यूएसबी सी पोर्टहरूले १०० वाटसम्म चार्ज गर्न सक्छन् ।  

– प्रति सेकेन्ड ४० गिगाबिटसम्म डेटा ट्रान्सफर गर्न सक्छन् ।  

– बाह्य डिस्प्ले जोड्न सहयोग गर्छन् ।  

 

अपडेट

सेवानिवृत्त प्राध्यापकलाई ‘डिजिटल गिरफ्तार’ गरी भारतमा लाखौं ठगी गर्दै साइबर अपराधि

भारतको नवादा जिल्लामा साइबर ठगहरूले एक सेवानिवृत्त प्राध्यापकलाई डिजिटल गिरफ्तार गर्दै १४.३३ लाख भारतीय रुपैयाँ (२२.९५ लाख ने…

जनमत पार्टीका पदाधिकारीले हरेक दिन सामाजिक सञ्जालमा पार्टी सम्बन्धि सकारात्मक पोस्ट गर्नुपर्ने

जनमत पार्टीले पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई हरेक दिन एक पोस्ट पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जाल (फेसब…

नमस्ते पेमार्फत प्रत्येक उडान टिकट खरिदमा १५० रूपैयाँ क्यासब्याक

आउँदै गरेको नयाँ वर्ष २०२५ लाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकट खरिदमा आफ्ना प्रयोगकर्ताहरूका लागि आकर्षक क्यासब्याकको नयाँ …

प्ले समथिङ बटन परीक्षण गर्दै युट्युब, भ्रामक टाइटल र थम्बनेलविरुद्ध कडा कदम चाल्ने तयारी

युट्युब विश्वभरको एक उत्कृष्ट भिडियो स्ट्रिमिङ प्लेटफर्म हो । तर, कहिलेकाहीं तपाईंलाई सही भिडियो खोज्न समस्या हुन सक्छ । यस्तै समस्य…

वर्ष २०२४: चमत्कारिक आविष्कारदेखि ऐतिहासिक शटडाउनसम्म

सन् २०२४ मा प्रविधिले नयाँ उचाइ हासिल गर्‍यो । यस वर्ष धेरै यस्ता आविष्कारहरू भए, जुन कल्पनाभन्दा बाहिर छन् ।

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका गरेका कार्यहरु

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरेको छ । 

टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को शपथअघि टिकटकलाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्…

सन् २०२५ मा गूगलको सबैभन्दा ठूलो फोकस एआई मोडल जेमिनाईमा हुने सीईओ पिचाईको भनाइ

गुगलका सीईओ सुन्दर पिचाईले सन् २०२५ मा कम्पनीको ‘सबैभन्दा ठूलो फोकस’ एआई मोडल जेमिनाईमा हुने बताएका छन् ।

ब्लूस्काईमा अब ट्रेन्डिङ टपिक्स देखिने

ब्लूस्काईले आफ्नो प्लेटफर्ममा नयाँ सुविधाको रूपमा ट्रेन्डिङ टपिक्स सुविधाको बेटा संस्करण सुरु गरेको छ । यो नयाँ सुविधा प्रयोगकर्ता…

साओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

साओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षा सम्बन्धी भिडियोमार्फत सचेतना अभियान सञ्चालन गरेको छ । यस अभियानले फेरि पन…

डिजिटल सीप विकासमा जोड दिदै सामसङ नेपाल, ३० जना विद्यार्थीलाई एआई प्रमाणपत्र वितरण

आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पसमार्फत सामसङ नेपालले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्य…

लेनोभोको योगा स्लिम ७ आई औरा एडिसन ल्यापटप नेपालमा

लेनोभोले नेपालमा योगा स्लिम ७ आई औरा एडिसन सार्वजनिक गरेको छ । नागमणी इन्टरनेशनलसँगको सहकार्यमा सार्वजनिक गरिएको यो प्रि…

ब्लकचेन क्षेत्रमा जनशक्ति तयार गर्दै क्लक बी बिजेनस टेक्नोलोजी, ट्रेनिसीपमा २० जना छनौट

क्लक बी बिजनेस टेक्नोलोजीले ब्लकचेन क्षेत्रमा जनशक्ति तयार गर्ने उद्देश्यसहित ब्लकचेन ट्रेनिसिप प्रोग्राम सुरू गरेको छ । युवाहरूलाई …

अनलाइन अन्तरङ्ग सम्बन्धबाट जन्मिने हिंसाको जोखिममा किशोरकिशोरी र युवाहरु

अनलाइनमा बालबालिका र युवालाई सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले ‘रोमान्सदेखि जोखिमसम्म : किशोर किशोरी र युवा व्…

क्यान महांसघको पहिलो महिला अध्यक्ष बन्दै सुनैना घिमिरे पाण्डे

कम्प्युटर एशोशिएसन नेपाल (क्यान महासंघ) को अध्यक्षमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन हुने भएकी छन् ।