अपडेट
च्याटजीपीटी, कोपाईलट, जेमिनाई वा ग्रोक: कुन एआई मोडेल कुन काममा उत्कृष्ट?
एआई अब भविष्यको होइन, वर्तमानको आवश्यकता बनेको छ । यो सामान्य जीवनमा काम गर्ने तरिकाहरूलाई तीव्र रूपमा परिवर्तन गर्दैछ, अर्थात् मानव क्रियाकलापका प्रत्येक पक्षमा एआईको संलग्नता बढ्दै गएको छ । व्यावसायिक कामहरूमा अटोमेशनको शक्ति जोड्न यसले महत्त्वपूर्ण भूमिका खेलेको छ । मेसिनहरू आज थप सक्षम र सटीक भएका छन्, जसले गर्दा तथ्याङ्कको तुरुन्त विश्लेषण सम्भव भएको छ ।
भाषाको अन्तर हटाउँदै रचनात्मकतालाई नयाँ दिशा दिइएको छ । एआई मोडेलहरू जस्तै च्याटजीपीटी, जेमिनाई, डिपसीक, मेटा, ग्रोक आदि वेबसाइट र एपहरू हाम्रो जीवनको अभिन्न हिस्सा बनेका छन्, जसले उद्योगहरूमा रूपान्तरण ल्याइरहेका छन्, उत्पादकता बढाइरहेका छन् र रचनात्मकतालाई प्रोत्साहन दिइरहेका छन् ।
मेसिन लर्निङ , नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ र कम्प्युटिङको परिवर्तनशील स्वरूपले विभिन्न कार्यहरूमा सहजता र सटीकता बढाएको छ ।
हाल च्याटजीपीटी , कोपाईलट, जेमिनाई , ग्रोकको प्रयोग सबैभन्दा धेरै हुने गरेको छ । अब सिन्थेसिया, ग्रामर्ली , मिडजर्नी , रनवे जस्ता एआई टूलहरूको पनि प्रयोग हुन थालेको छ ।
यद्यपि, जेमिनाई, डिपसीक र ग्रोकको दक्षतामा विभिन्नता पाइन्छ । डिपसीक बहुभाषिक र लागत–अनुकूल भएकाले प्रयोगमा आएको छ ।
यी कार्यहरूमा लिन सकिन्छ एआईको सहायता
ग्रोक : विभिन्न प्रकारका प्रश्नहरूको तुरुन्त उत्तर पाउन
च्याटजीपीटी–४ टर्बो भर्जन : कुनै पनि भाषा बुझ्न र प्राविधिक प्रश्नहरूको उत्तर पाउन
जेमिनी १.५ अल्ट्रा : टेक्स्ट, इमेज, अडियो जस्ता मल्टीमोडल प्रोसेसिङका लागि
डिपसीक : कोडिङ र एशियाली भाषाहरूको ज्ञानका लागि
ग्रोक र जेमिनी : अनुसन्धान जस्ता निःशुल्क सेवाहरूका लागि
च्याटजीपीटी : बहुउपयोगी मोडेल
च्याटजीपीटी : एक अद्भुत एप्लिकेसन
ओपनएआईद्वारा विकसित च्याटजीपीटी एक अद्वितीय एप्लिकेसन हो ।
यसका प्रारम्भिक संस्करणहरूमा च्याटजीपीटी–३, ३.५ , ४ र च्याटजीपीटी टर्बो आइसकेका छन् ।
विशेष उपयोगको संस्करण डाटा विश्लेषण, गणना र कोडिङमा उपयोगी छ ।
डाले तस्बिर बनाउन प्रयोग हुन्छ, व्हिस्पर अडियोलाई टेक्स्टमा रूपान्तरण गर्छ ।
च्याटजीपीटी इंटीग्रेटेड भर्जन माइक्रोसफ्टको वर्ड र एक्सेल मा प्रयोग हुन्छ ।
एपीआई आधारित मोडेल सफ्टवेयर डेभलपर्सका लागि उपयोगी छन् ।
अन्य कम्पनीहरूः
गुगलको जेमिनाई (– पहिले बार्ड)
एन्थ्रोपिकको क्लाउड
मेटाको लामा
माइक्रोसफ्ट कोपाईलट
बिङ च्याट नामले चिनिने यो मोडेल वर्ड , एक्सेल, पावरप्वाइन्ट , आउटलुक , टिम्समा उपलब्ध छ । डाटा विश्लेषण, ग्राफ बनाउने, रिपोर्टिङ, स्लाइड प्रस्तुति, कोडिङ र डिबगिङ आदि काममा उपयोगी ।
गिटहब कोपाईलट – विशेष रूपमा कोडिङका लागि ।
भाषाहरूः पाइथन, जाभास्क्रिप्ट , सी++ आदि ।
क्लाउड : संवादात्मक मोडेल
एन्थ्रोपिकद्वारा विकसित क्लाउड एक संवादात्मक एआई हो । १००,००० टोकनसम्मका लामो टेक्स्टहरू प्रोसेस गर्न सक्ने क्षमता ।
अनुसन्धान, रिपोर्टिङ, इमेल चेन, डक्युमेन्ट प्रोसेसिङ, कोडिङ र विश्लेषणमा उपयोगी । क्लाउड ३ लाई च्याटजीपीटीभन्दा पनि उत्कृष्ट मानिएको छ ।
अपडेट
युट्युबमा २० अर्ब भिडियो अपलोड! दुई दशकको यात्रामा विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्म बन्न सफल
दुनियाँको सबैभन्दा ठूलो भिडियो शेयरिङ्ग प्लेटफर्म युट्युबका दीवाना तपाईंलाई हरेक ठाउँमा भेटिन्छन् । यो प्लेटफर्म मनोरञ्जनदेखि लिए…
च्वाइस सुविधा ल्याउँदै दराज, किनमेल प्रक्रियालाई अझ सहज बनाउने
नेपालकै अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्शनका रुपमा ‘च्वाइस’ सार्वजनिक गर्ने…
डिजिटल कर्णाली कन्क्लेभ २०२५ सम्पन्न, प्रदेशको डिजिटल मार्गचित्र कोर्न सघाउने विश्वास
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार र आइस…
नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ सार्वजनिक
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ सार्वजनिक गरेको छ ।
ह्वाट्सएपमा गरिएको च्याट अब एक्सपोर्ट गर्न नसकिने
ह्वाट्सएपले नयाँ फिचर ‘एड्भान्स च्याट प्राइभेसी’ फिचर ल्याएको छ । यो फिचरको काम भनेको प्रयोगकर्ताहरूलाई कुराकानीको स…
सगरमाथा संवादका लागि सामाजिक सञ्जाल दूतको आह्वान, आवेदन दिने आज अन्तिम दिन
सरकारले सगरमाथा संवाद २०२५ का लागि सामाजिक सञ्जाल…
नेपालपे कार्डको लागि प्राइम कमर्सियल बैंक र एनसीएचएलबीच सम्झौता
प्राइम कमर्सियल बैंक र एनसीएचएलबीच एनपीएस – एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लाग…
टेलर स्विफ्टलाई पछि पार्दै स्केल एआईकी संस्थापक ३० वर्षीया लूसी गुओ बनिन डलर अर्बपति
लूसी गुओ नाम गरेकी अमेरिकाकी ३० वर्षीया युवती हालै सबैभन्दा कम उमेरमा सेल्फ–मेड महिला डलर अर्बपति बन्न सफल भएकी छन् । उ…
इन्स्टाग्रामको 'एडिट्स' एप एन्ड्रोइडमा उपलब्ध, मोबाइलमा सजिलै भिडियो एडिट गर्न सकिने
एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि इन्स्टाग्रामले आफ्नो नयाँ भिडियो एडिटिङ एप 'एडिट्स' सार्वजनिक गरेको छ । अब यसबाट तपा…
आईसीटीमा लैंगिक समानता प्रवर्द्धन गर्न ललितपुरमा डब्लुआईआईटीको प्रभातफेरी कार्यक्रम
सूचना प्रविधिमा महिला (डब्लुआईआईटी) को आयोजनामा अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवस २०२५ को अवसरमा प्रभातफेरि कार्यक्रम सम्प…
क्रोम ब्राउजर किन्न ओपन एआई इच्छुक
अनलाइन सर्चको क्षेत्रमा गूगलको एकाधिकार रहेको भन्ने गत वर्षको अदालतको फैसलाबाट कम्पनी गम्भीर निगरानीमा परेको छ । यद्यपि यो अवस्थ…
कर्णाली प्रदेशमा टेलिकमको टावर विस्तार गर्न स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएका छौ: अधिकारी
नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकारी डिल्लीराम अधिकारी कर्णाली प्रदेशमा टावर विस्तार गर्न स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएको बताएका छन् ।
…पोखरा महानगरका नगरप्रहरीलाई वाकिटकी
पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको छ । महानगरका अनुसार हाललाई जीएसएम बाट चल्ने १० वटा पिओसी वाकिटकी…
थाइल्याण्डको प्रहरी टिममा रोबोट प्रहरी पनि समावेश, खेलौना बन्दुक र वास्तविक बन्दुक छुट्याउन सक्ने
थाइल्याण्डको रोयल प्रहरीले आफ्नो टोलीमा एक रोबोट प्रहरीलाई समावेश गरेको छ । यस रोबोट प्रहरीको नाम एआई पुलिस साईबोर्ग १.० राखिए…
२०२५ देखि युरोपमा स्मार्टफोनमा अनिवार्य ‘ईपीआरईएल स्टिकर’
युरोपियन युनियन (ईयू) का उपभोक्ताहरूका लागि एउटा राम्रो खबर आएको छ । अबदेखि ईयूमा बिक्री हुने स्मार्टफोन, ट्याब्लेट र अन्य इलेक्…