कीवर्डहरू -

अपडेट

इतिहासकै सबैभन्दा ठूलो पासवर्ड लीक, करोडौं मानिसहरूको सुरक्षा जोखिममा

यस डिजिटल युगमा आफ्नै सुरक्षा र गोपनीयतालाई सुरक्षित राख्न ठूलो चुनौती बनेको छ । एउटा सानो गल्तीले पनि ह्याकरहरूलाई ठगी गर्न पर्याप्त आधार दिन सक्छ । यस्तो अवस्थामा, पासवर्डप्रति लापरवाही गर्ने र कमजोर पासवर्ड प्रयोग गर्ने व्यक्तिहरूले विशेष सतर्कता अपनाउन आवश्यक छ ।  

एक रिपोर्टमा दाबी गरिए अनुसार ब्रिच फोरममा करोडौं मानिसहरूको पासवर्ड अनलाइन लीक भएको छ । ओबामा केयर नामका फोरम प्रयोगकर्ताले रकयू २०२४ डट टिएक्स्टी नामक फाइल सेयर गरेका छन्, जसमा ९ अर्ब ९४ करोड ८५ लाख ७५ हजार ७३९ युनिक पासवर्डहरू रहेका छन् ।

यदि यो कुरा सत्य हो भने यो इतिहासकै सबैभन्दा ठूलो पासवर्ड लीक हुनेछ । यस फाइलमा पुराना र नयाँ पासवर्डहरू समावेश छन् । याद गरौँ, तीन वर्षअघि रकयू २०२१ पासवर्ड डेटाबेसले ८.४ बिलियन प्लेन टेक्स्ट पासवर्डहरू उजागर गरेको थियो । 

विशेषज्ञहरूले प्रयोगकर्ताहरूलाई यस प्रकारका पासवर्ड लीक धेरै जोखिमपूर्ण हुने भन्दै सचेत गराएका छन् । ह्याकरहरूले रकयू २०२४ को फाइदा उठाउँदै व्यक्तिगत जानकारीमा पहुँच पुर्‍याउन सक्ने छन् । ह्याकरहरूले सामाजिक सञ्जालदेखि अनलाइन बैंकिङसम्मको जानकारी चोर्न सक्ने सम्भावना छ । यसले विश्वभर डेटा उल्लंघन, वित्तीय ठगी र पहिचान चोरीका घटनाहरूको लहर सुरु गर्न सक्छ ।  

पासवर्डलाई सुरक्षित कसरी राख्ने ?

मजबुत र युनिक पासवर्ड प्रयोग गर्नुहोस्   

 सुरक्षा र गोपनीयता कायम राख्न प्रयोगकर्ताहरूले बलियो र युनिक पासवर्ड प्रयोग गर्नुपर्छ । पासवर्डमा सधैँ विशेष क्यारेक्टर र नम्बर समावेश गर्नुहोस् ।  
   
पृथक पासवर्ड प्रयोग गर्नुहोस्  

धेरै प्रयोगकर्ताहरू सबै ठाउँमा एउटै पासवर्ड राख्छन्, जुन सुरक्षा दृष्टिकोणले उचित छैन् । प्रत्येक खाता लागि अलग–अलग पासवर्ड प्रयोग गर्नुपर्छ ।   

मल्टि–फ्याक्टर अथेण्टिकेशन

एमएफएले पासवर्डबाहेक अन्य प्रकारका भेरिफिकेसन (जस्तै, टेक्स्ट मेसेज कोड वा बायोमेट्रिक स्क्यान) द्वारा सुरक्षालाई बलियो बनाउँछ ।  

पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस्

यी उपकरणहरूले बलियो पासवर्ड सुरक्षित रूपमा जनरेट र भण्डारण गर्न मद्दत गर्छन् । यसले धेरै पासवर्ड स्टोर गर्न सजिलो बनाउँछ, जसले गर्दा पासवर्ड याद गर्न आवश्यक पर्दैन ।

 

अपडेट

इन्स्टाग्राममा लाइभ लोकेशन फिचर सार्वजनिक

मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप इन्स्टाग्रामले नयाँ फिचर सार्वजनिक गरेको छ । यस नयाँ अपडेटपछि तपाईँ आफ्ना साथीहरूसँग…

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा एनसेल फाउन्डेसनको सहकार्य

विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए, र युनिसेफ नेपालले बालविवा…

एनपीएलको टिकट बिक्री सुरू, खल्तीबाट बुकिङ गर्न सकिने

नेपाल प्रिमियर लिग (एनपीएल) को अनलाइन टिकट बुकिङ सुरू भएको छ । सिद्धार्थ बैंक एनपीएलको टिकेटिङ पार्टनर खल्तीले अनलाइन ट…

दाङको विकट क्षेत्र मलैमा टेलिकमको टावर बन्दै, फोन गर्न डाँडोमा जानुपर्ने बाध्यता अन्त्य हुने

दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ। त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्…

ओपनएआईले च्याटजीपीटीलाई समावेश गरेर नयाँ वेब ब्राउजर बनाउँदै, गुगल क्रोमलाई चुनौती दिने संकेत

च्याटजीपीटी निर्माण गरेर आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को क्षेत्रमा क्रान्ति ल्याइसकेपछि, ओपनएआई अब एउटा ठूलो योजना…

ग्लोबल आईएमईको मोबाइल बैंकिङबाट समाज डेन्टलमा भुक्तानी गर्दा विशेष छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । 

इसेवामा रेमिट्यान्स पठाउने एकजनालाई काठमाडौंमा घर, विजेता मंसिर १२ गते घोषणा हुँदै

मेरो डिजिटल देश अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते हुने भएको छ । यो घोषणा कान्तिपुर …

सर्भरमा मालवेयर छिरेपछि राहदानी वितरण सेवा पाँच दिनदेखि अवरूद्ध

राहदानी विभागको सर्भरमा समस्या आउँदा पाँच दिनदेखि राहदानी वितरण सेवा अवरूद्ध भएको छ । 

यस वर्ष निकै चर्चामा रहेका केही स्मार्टफोन

सन् २०२४ को अन्त्य हुन अब डेढ महिनाभन्दा कम समय बाँकी छ । यस वर्ष सबै ब्रान्डहरूले आफ्ना फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गरेका छन् ।<…

टिकटकसँग चाइल्डसेफनेटको सहकार्य, बालबालिका र युवाको डिजिटल सुरक्षामा काम गर्ने

बालबालिका र युवाहरुको डिजिटल सुरक्षाको लागि चाइल्डसेफनेटले टिकटकसंग सहकार्य शुरु गरेको छ । सहकार्यको पहिलो चरणमा बागमती, गण्…

ह्वाट्सएपले ल्यायो भ्वाइस सन्देशलाई टेक्स्टमा रूपान्तरण गर्ने नयाँ सुविधा

ह्वाट्सएपले बिहीबार एउटा नयाँ सुविधा जारी गरेको छ, जसले भ्वाइस सन्देश सेयर गर्न झन् सजिलो बनाउनेछ ।  कम्पनीले ह्वाट्सएपको ए…

सैनामैनाको मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ सेवा केन्द्र

डिशहोमले सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरेको छ । मुर्गिया क्षेत्रमा स्थापना गरिएको डिशहोमको नयाँ…

१६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धित गर्ने विधेयक अष्ट्रेलियामा पेश

अष्ट्रेलियाको सरकारले बिहीबार संसदमा नयाँ विधेयक पेश गरेको छ । यस विधेयकको उद्देश्य १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूका लाग…

एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा बाँ…

नमस्ते पेबाट नेपाल टेलिकम र एनसेलको रिचार्ज गर्दा १५० रूपैयाँसम्म क्यासब्याक पाइने

नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरू गरेको छ । यो अफर ४…