कीवर्डहरू -

अपडेट

प्रधानमन्त्री ओलीद्वारा कोशी लगानी सम्मेलन २०८२ उद्घाटन, “नेपालमा ढुक्क भएर लगानी गर्न सकिन्छ”

कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको पहिलो कोशी प्रदेश लगानी सम्मेलन २०८२ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विराटनगरस्थित विरेन्द्र सभागृहमा गरेका छन् । सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि अत्यन्त अनुकूल र सुरक्षित वातावरण रहेको दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपालमा यातायात, ऊर्जा, सुरक्षा र प्रशासनिक पक्षमा ठोस सुधार भइसकेको उल्लेख गर्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। "नेपालमा श्रमिक, रोजगारदाता र सरकारबीच सहमति र समझदारी छ। आईएलओको सिद्धान्त अनुसार श्रम अधिकारहरू सुनिश्चित छन्," प्रधानमन्त्रीले भने, “अब छिट्टै हामी नदीमार्गबाट पनि सामानको आवागमन सुरु गर्छौं, जसले कोशी प्रदेशलाई अन्तर्राष्ट्रिय व्यापारको प्रवेशद्वार बनाउनेछ।”

प्रधानमन्त्रीले कोशी प्रदेशलाई ‘लगानीको नयाँ सम्भावना बोकेको क्षेत्र’ भन्दै यस क्षेत्रमा पूर्वाधार, कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि र जडीबुटी प्रशोधनमा लगानीको अपार अवसर रहेको बताए। उनले कोशी प्रदेशमा एशियालीस्तरको पूर्व–पश्चिम ६ लेन राजमार्ग निर्माणाधीन अवस्थामा रहेको र विमानस्थलको स्तरोन्नति भइरहेको पनि जानकारी दिए।

प्रधानमन्त्री ओलीले उद्योगी तथा व्यवसायीहरूलाई कानुन बमोजिम कमाएको मुनाफा स्वदेश वा विदेशमा लैजान सकिने व्यवस्था रहेको भन्दै ढुक्क भएर लगानी गर्न आह्वान गरे। उनले डबल ट्याक्सेसन (दुईपटक कर) को समस्या समाधान भइसकेको र यस विषयमा सरकार आवश्यक सम्झौता गर्न तयार रहेको बताए।

सम्मेलनलाई रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनको माध्यमका रूपमा हेर्दै प्रधानमन्त्रीले आगामी वर्षलाई ‘उद्यमशीलता दशक’ घोषणा गर्न सकिने संकेतसमेत गरेका छन्। “सरकारी जागिर सबैका लागि सम्भव छैन। त्यसैले सोच, तालिम र सहयोगमार्फत हामी युवा उद्यमशीलतालाई बढावा दिन्छौं,” उनले बताए।

सम्मेलनमा चीन, रुस, अमेरिका, भारत, दक्षिण कोरिया लगायतका देशका लगानीकर्ता, गैरआवासीय नेपाली र स्वदेशका प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सहभागिता रहेको छ।

कोशी प्रदेश लगानी सम्मेलनमा कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, उद्योग, आइटीलगायतका क्षेत्रका ७१ वटा परियोजनाहरू सोकेसिङ गरिएको छ। तीमध्ये दुई दर्जनभन्दा बढी परियोजनामा प्रारम्भिक सम्झौता (एमओयू) हुने कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वागत गर्दै प्रदेश सरकारले लगानीका लागि आवश्यक कानुनी सुधार गरिसकेको र प्रदेश सरकार लगानीकर्ताको वारेस बन्ने प्रतिबद्धता जनाएको बताए।

कोशी प्रदेशको समृद्धिको आधारका रूपमा जलस्रोत, कृषि, पर्यटन र पूर्वाधार विकासलाई चिनाउँदै आयोजना गरिएको यो सम्मेलन प्रदेशमै पहिलो पटक भएको ऐतिहासिक पहल हो।

अपडेट

एनआईएमबि स्टक मार्केट्सले सञ्चालनमा ल्यायो नयाँ टीएमएस

एनआईएमबि स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) २०८२ वैशाख १४ गतेदेखि औपचारिक रुपमा संचालनमा ल्य…

इन्टरनेट सेवा दिन अमेजनले अन्तरिक्षमा प्रक्षेपण गर्‍यो २७ स्याटेलाइट, स्टारलिंकलाई टक्कर

अमेजनको काइपर प्रोजेक्ट अन्तर्गत पहिलो २७ वटा स्याटेलाइटहरू अन्तरिक्षमा प्रक्षेपण भएका छन्  । स्टारलिंकको जस्तै स्याटेलाइटबाट इ…

ड्रोनको प्रयोग गरेर व्यावसायिक कृषि खेती

दोधारा चाँदनीको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पु…

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहीन

लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो। कानुनी जटिलता र अनधिकृत प्…

इन्स्टाग्राम र युट्युबमा भिडियो अपलोड गर्नु अघि थाहा पाउनु पर्ने कुरा, नत्र अकाउन्ट बन्द हुन सक्छ

आजको समयमा सामाजिक सञ्जाल प्लेटफर्महरूको प्रयोग अत्यधिक बढेको छ । अधिकांश मानिसहरू इन्स्टाग्राम र युट्युब जस्ता प्लेटफर्महरूमा घण्टौ…

युलेन्स स्कुलको वेबसाइट ह्याक

युलेन्स स्कुलको वेबसाइट ह्याक भएको छ । वेबसाइट ह्याक गरेर डेन्टोटोको प्रचार गरिएको छ । 

इनड्राइभको ‘द बेटर ड्राइभ: इनिसिएटिभ – मनी, माइन्ड, म्यानर’ कार्यक्रम सम्पन्न

इनड्राइभले चालक साझेदारहरूको शशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मबजुत बनाउन ‘द बेटर ड्राइभः इनिसिएटिभ– मनी, माइन्ड, म्यानर’ विषयमा आ…

डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै

नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश गरेको छ । 

यस उपलब्धिको अवसरमा कम्पनीले आफ्ना ग्राहकका लागि व…

टीएसएमसीले सार्वजनिक गर्‍यो १.४ न्यानोमिटर चीप प्रविधि

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले आफ्नो नयाँ १.४ न्यानोमिटर (एनएम) चीप (प्रोसेसर) प्रविधि सार्वजनिक गरेको …

माइक्रोसफ्टको रिकल र सुधारिएको विन्डोज सर्च फिचर कोपाइलट एआई पीसीमा विस्तार

माइक्रोसफ्टले आफ्नो विवादास्पद रिकल फिचर घोषणा गरेको करिब एक वर्ष पछि अन्ततः कोपाइलट प्लस एआई पीसीहरूमा यसको सुरुवात गरेको छ ।…

वर्ल्डलिंकको ब्राण्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेट खेलाडीहर…

एक आपसमा समन्वय नहुँदा बिग्रेका ट्राफिक लाइट बनाउन सकस

एक आपसमा समन्वय नहुँदा बिग्रेका ट्राफिक लाइट बनाउन सकस देखिएको छ । 

काठमाडौं उपत्…

शिक्वल फाउन्डेसन र यूएन वुमनको सहकार्यमा आयोजित आइडियाथन २०२५ सम्पन्न

शिक्वल फाउन्डेसन र यूएन वुमन नेपालको सहकार्यमा आयोजित आइडियाथन २०२५ सम्पन्न भएको छ । यो कार्यक्रम नेपालकै सबैभन्दा ठूलो महिलामा…

सात दिने अल्टिमेटम दिएर सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी कदमप्रति ११ संस्थाको चिन्ता

११ वटा नागरिक संस्थाहरूको साझा समूह डिजिटल फ्रिडम कोलिसनले सात दिने अल्टिमेटम दिएर सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउ…

दैलेखको पर्यटकीय क्षेत्र गुराँसमा नेपाल टेलिकमको फोरजी सेवा

कर्णाली प्रदेशको सुर्खेत जिल्लाको गुराँस गाउँपालिका ४ मा नेपाल टेलिकमले फोरजी सेवा यही वैशाख ८ गतेबाट सञ्चालनमा ल्याएको छ।

फोरजी सेवा सञ्चालनमा…