अपडेट
माई पे वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड एससीटी र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल (माई पे वालेट) बिच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता पश्चात माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।
क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।
स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको कार्यलयमा आयोजित कार्यक्रममा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र माइपे वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका थिए ।
स्मार्ट क्युआरमार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालै फर्स्यौट हुने भएकाले यस सेवाको सुरुवात पश्चात माईपे वालेटका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।
अपडेट
क्यान महासंघका निर्वतमान अध्यक्ष नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष नवराज कुँवर एसियन-ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (AS…
पठाओ, इन्ड्राइभलाई टक्कर दिन आफ्नै राइड शेयरिङ प्लेटफर्म ल्याउँदै दुर्गा प्रसाई, कमिसन नलिने
व्यवसायी दुर्गा प्रसाईले आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी गरेका छन् ।
नेपाल टेलिकमका कर्पोरेट ग्राहकले अब मल्टिपल टिभी जडान गर्न सक्ने
नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टिभी जडान गर्ने व्यवस्था गरेको छ ।
वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ आयोजना हुँदै, ८० प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी सुविधा
नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले बहुप्रतिक्षित सेल दराज ११.११ को आयोजना गर्ने भएको छ । नेपालमा बर्षकै ठूलो सेलका …
आइसिटी अवार्ड २०२४ का सेमि-फाइनलिष्टहरूका लागि शुक्रबार मेन्टरिङ सेसन हुँदै
आइसिटी अवार्ड २०२४ का सेमि-फाइनलिष्टहरूका लागि शुक्रबार मेन्टरिङ सेसन सञ्चालन हुने भएको छ ।
चीनमा आईफोन १४ प्रो म्याक्स चार्ज गर्ने क्रममा भयो विस्फोट, एप्पलले अनुसन्धान गर्दै
चीनमा एक जना महिलाले आईफोन चार्ज गरिरहेकै बेला फोन विस्फोट भएको छ, जसले गर्दा प्रयोगकर्तालाई चोटपटक लागेको छ । यस घटनाले एप्प…
नेपालमा पहिलो पटक टिकटक आधिकारिक रूपमा दर्ता, साइबर सुरक्षा र पर्यटन प्रवर्द्धनमा सघाउने प्रतिबद्धता
नेपालमा पहिलो पटक सामाजिक सञ्जाल टिकटक आधिकारिक रूपमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको जानकारीअनुसार …
ग्लोबल स्मार्ट प्लसका ग्राहकहरूले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक पाउने
ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ ।
…ब्लूटूथ ६.० : वायरलेस कनेक्टिभिटीमा नयाँ फिचर र सुधारसहितको गेम चेन्जर संस्करण
ब्लूटूथ स्पेशल इन्ट्रेस्ट ग्रुप (एसआईजी)ले हरेक वर्ष ब्लूटूथ स्पेसिफिकेसनको अपडेट रिलीज गर्छ । यसले हाम्रो स्मार्टफोन, इयरबड्स, स्मार्ट…
एनपीएनओजी-१०: नेटवर्किङ र सूचना प्रविधिमा विशेष कार्यशाला तथा सम्मेलन आयोजना गरिदैँ
नेपाल नेटवर्क अपरेटर्स समूह (एनपीएनओजी) को दशौं संस्करण २५ नोभेम्बर देखि २९ नोभेम्बर २०२४ सम्म पोखरामा आयोजना हुँदैछ। य…
नेपाल टेलिकमद्वारा बाढी तथा पहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोडभन्दा बढी सहयोग
नेपाल टेलिकमले मिति २०८१ भाद्र १० देखि १२ गते सम्म परेको अविरल वर्षाका कारणले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा…
बिजसर्भ आइटी स्वीफ्टको सीएसपी सर्टिफाइड एसेसरमा सूचीकृत, नेपालका लागि पहिलो सूचीकरण
नेपाली कम्पनी बिजसर्भ आइटीले अन्तर्राष्ट्रिय वित्तीय सञ्चार संस्था स्वीफ्टको ग्राहक सुरक्षा कार्यक्रम (सीएसपी) अन्तर्गत सर्टिफाइड एसेसरको…
इन्स्टाग्रामद्वारा क्रिएटरहरूका लागि डिएम फिल्टरिङ्ग फिचर सार्वजनिक, म्यासेज व्यवस्थित गर्न सजिलो हुने
इन्स्टाग्रामले नयाँ फिचर सार्वजनिक गरेको छ, जसले क्रिएटरहरूका लागि अन्य क्रिएटर र व्यवसायसँग कुराकानी गर्न सजिलो बनाउनेछ । यो फि…
ओपनएआईद्वारा सर्चजीपीटी सार्वजनिक : रियल टाइम जानकारी र नयाँ सुविधासहित च्याटजीपीटीमा सुधार
ओपनएआईले आफ्नो सर्च इन्जिन सर्चजीपीटीलाई लन्च गरेको छ। सर्चजीपीटीको प्रोटोटाइप सार्वजनिक गरेपछि च्याटजीपीटी मोडेललाई यसरी …
अब लो-लाइटिंगमा पनि स्पष्ट भिडियो कल गर्न सकिने, धेरै उपयोगी छ ह्वाट्सएपको यो नयाँ फिचर
केही दिनअघि ह्वाट्सएपमा भिडियो कलिंगका लागि नयाँ फिचर थपिएको थियो । यसले लो–लाइट मोड प्रदान गर्नेछ, जसले ह्वाट्सएपमा रा…