कीवर्डहरू -

अपडेट

डिजिटल कर्णाली कन्क्लेभ सुरू, डिजिटल कर्णाली बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सुरू भएको छ । २ दिनसम्म चल्ने डिजिटल कर्णाली कन्क्लेभ २०२५ कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगरको शुभ होटलमा सुरू भएको हो । 

कन्क्लेभमा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्य, सरकारी उच्च अधिकारी, जनप्रतिनिधि, विज्ञ, सरोकारवालाहरू लगायत ५०० बढीको सहभागीता रहेको छ । 

‘इम्पावारिङ द फ्युचर: इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३ किनोट प्रस्तुतिसँगै ७ लाइटिनिङ प्रस्तुती र ७ थिममा १० प्यानल संवाद हुँदैछन् । कन्क्लेभमा ५० बढी विज्ञहरु राष्ट्रिय र अन्तरास्ट्रिय स्तरबाट वक्ताको रुपमा सहभागी भएका छन् । 

२ दिनसम्म सञ्चालन हुने कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत छलफल हुनेछ । कन्क्लेभमा प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कँडेलले पर्याप्त बिजुली, इन्टरनेट तथा पूर्वाधारको अभावमा चाहेर पनि डिजिटल प्रविधिको क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए ।

‘हामीले स्वीकार्नै पर्छ कर्णालीको लागि डिजिटलीकरणको यात्रा अवश्य सहज छैन । पर्याप्त बिजुली, इन्टरनेट तथा पूर्वाधारको अभावमा हामीले चाहेर  पनि यस क्षेत्रमा अपेक्षित उपलब्धीहरु हासिल गर्न सकेका छैनौँ,’ उनले भने, ‘तर हाम्रो जस्तो भौगोलिक बनावट भएको प्रदेशमा डिजिटल प्रविधिको महत्त्व अन्यत्र भन्दा बढी छ  ।’ 

null

डिजिटल कर्णाली कन्क्लेभले क्षेत्रगत रूपमा डिजिटलाइजेशनका विषयमा हुने विज्ञहरुसहितको बहस, छलफल तथा प्रस्तुतिले प्रदेश सरकारलाई सूचना प्रविधिको क्षेत्रमा आगामी मार्ग कोर्न मद्दत गर्ने उनको भनाइ छ । 

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाही कर्णालीमा गुणस्तरीय इन्टरनेट र विद्युत सेवा नहुँदा समस्या भोग्नु परिरहेको बताए । 

त्यसैगरी कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवन बहादुर शाहीले डिजिटल प्रविधिले डिजिटल कर्णाली कन्क्लेभले डिजिटल कर्णाली बनाउन झक्झकाइ रहेको बताउँदै डिजिटलाइजको क्षेत्रमा कर्णालीलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए । 

यसैगरी प्रतिनिधि सभा सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली जस्तो विकट ठाउँमा सूचना प्रविधिको महत्त्व धेरै भएको बताए । 

‘सुरूवाती समयमा कर्णाली प्रदेशलाई डिजिटल बनाउने बताउँदा हासाँको रूपमा लिइएको थियो,’ उनले सुरूवाती दिन सम्झिए, ‘त्यसपछि हामीले डिजिटल पूर्वाधारलाई प्राथमिकता दिएर कामहरू अगाडि बढाएका थियौं । अहिले विस्तारै गती लिँदैछन् ।’ 

null

यस्तै कार्यक्रममा स्वागत मन्तव्य दिदै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्पराज शाहीले प्रविधिले मितव्यिता, पारदर्शीता र जवाफदेहीता ल्याउने भन्दै कामहरूलाई समयमै प्रभावकारी ढंगबाट पूरा गर्ने एकमात्र हतियार भनेको डिजिटल प्रविधि भएको बताए । 

त्यसैगरी आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले डिजिटल कर्णाली कन्क्लेभ एउटा अभियान भएको जानकारी दिदै प्रदेश सरकारले डिजिटल पूर्वाधार, नीति निर्माण र डिजिटल गभर्नेन्समा काम गरेमा बाँकी काम निजी क्षेत्रले गर्न सक्ने बताए । 

कार्यक्रममा कर्णालीको लागि विकास गरिएका डिजिटल सोलुसन र आइडियाहरुको शोकस र प्रस्तुति समेत गरिएको छ ।  
२ दिने डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, फिनटेक, डिजिटल नेतृत्व र नीति, जनशक्ति, कृषि, पर्यटन, डिजिटल हेल्थ, स्टार्टअप, उद्यमशीलता लगायतका विषयमा वृहत बहस र छलफल हुने छ । 

साथै कन्क्लेभको अन्तिम दिन बुधबार कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत डिजिटल कर्णालीका लागि प्रतिबद्धतापत्र समेत जारी हुनेछ । 
 

अपडेट

रियलमी सी ७५ स्मार्टफोन किन्दा एनसेलको अनलिमिटेड डेटा र ५० मिनेट टक टाइम निःशुल्क

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर 'न्यु यियर, न्यु मी विद एनसेल एण्ड रियलमी' नामक विशेष…

सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलको भुक्तानी प्रणालीमा आवद्ध

सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल म…

एआईसँग ‘प्लिज’ र ‘थ्याङ्क यु’ भन्दा हुन्छ करोडौ खर्च

तपाईले एआई च्याटबटसँग कुरा गर्दा पक्कै पनि 'थ्याङ्क यु', 'प्लिज' जस्ता शब्दहरू प्रयोग गर्नुहुन्छ । तर के तपाई…

चामलको दानाभन्दा सानो हार्ड ड्राइभ: चीनको आविष्कारले एआई र कम्प्युटिङमा ल्याउनेछ क्रान्ति

प्रविधिको दुनियाँमा फेरि एकपटक चीनले सबैलाई चकित पारेको छ । यसपटक न त नयाँ स्मार्टफोन आएको छ, न रकेट वा एआई बट, तर कुरा एक…

विद्यार्थीलाई २ टिबी स्टोरेजसहित जेमिनाई एड्भान्सको सुविधा निःशुल्क दिदै गूगल, के के चाहिन्छ ?

गूगलले गूगल वान एआई प्रिमियम योजना विद्यार्थीहरूका लागि निःशुल्क उपलब्ध गराउने भएको छ । यो योजना विशेष गरी कलेज पढ्ने विद्यार्थ…

मानिस र रोबोटबीच हाफ-म्याराथन प्रतियोगिता, जित्यो कसले ?

बेइजिङलेमा आयोजना भएको हाफ-म्याराथनमा मानिस र रोबोटले सँगै प्रतिस्पर्धा गरेका छन् ।  म्याराथनमा दुई खुट्टामा हिँड्न सक्ने र…

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबिच सहकार्य

नेपालको अग्रणी सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रालि र अत्याधुनिक एपीआई प्रविधिको नेतृत्व गर्ने वन पोइन्ट फाइनान्सियल सर्भ…

इन्टरनेट नभएपनि अब ह्वाट्सएपमा म्यासेज ट्रान्सलेसन हुने

ह्वाट्सएपले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूका लागि एपको पछिल्लो बेटा भर्जनमा नयाँ म्यासेज ट्रान्सलेसन फिचरको परीक्षण सुरू गरेको छ…

एप्पलको नयाँ आइओएस १८.४.१ अपडेट: ह्याकिङ आक्रमणबाट जोगिन तुरुन्तै इन्स्टल गर्न सुझाव

एप्पलले आफ्ना करोडौं प्रयोगकर्ताको गोपनीयता थप सुरक्षित बनाउन ठूलो सुरक्षा अपडेट आइओएस १८.४.१ जारी गरेको छ, जसमा सबै आइफोन प्र…

एक्सएआईको ग्रोक स्टुडियो सार्वजनिक: क्यान्भास जस्तै सुविधा, पूर्ण निःशुल्क

के तपाईं पनि डकुमेन्ट र एपहरूका लागि कोड जेनेरेट गर्न विभिन्न एआई टूलहरूको प्रयोग गर्दै हुनुहुन्छ? यदि यस्तो हो भने एलन मस्कको …

इन्ड्राइभ: यात्रुलाई भाडा र चालक रोज्ने सुविधा

विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभ नेपालमा लोकप्रिय हुँदै गएको छ । यसले नेपालमा आफ्नो विशेष मोडेलमार्फत गति…

बीवाईडीले जित्यो २०२५ को वर्ल्ड अर्बन कार अफ द इयर अवार्ड

बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वर्ल्ड अर्बन कार अफ द इयरको उपाधि जित्न सफल भएको छ।<…

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेशनल आइसिटी अवार्ड) को आवेदनका लागि खुला गरेको…

अब एआईले तस्वीर हेरेर सोच्न र जवाफ दिन सक्छ: ओपनएआईको नयाँ मोडेल सार्वजनिक

ओपनएआईले बुधबार आफ्ना दुई नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरू – ओथ्री र ओफोर–मिनी सार्वजनिक गरेको छ ।

इन्स्टाग्राम ब्लेण्ड: साथीहरूसँग सेयर गर्न मिल्ने कस्टमाइज्ड रील फिड फिचर सार्वजनिक

इन्स्टाग्रामले प्रयोगकर्ताहरूका लागि नयाँ सामाजिक फिचर “ब्लेण्ड“ सार्वजनिक गरेको छ ।
यो फिचरले रील फिडलाई व्य…