कीवर्डहरू -

अपडेट

टिकटक खरिद गर्ने एलन मस्कको तयारी, अमेरिकी प्रतिबन्धबाट बचाउन सक्ने सम्भावना

एलन मस्कले पुनः अर्को सामाजिक सञ्जाल प्लेटफर्म खरिद गर्न तयारी गरिरहेका छन् । टेस्ला र स्पेसएक्सजस्ता कम्पनीका मालिक एलन मस्कले ट्विटर (हाल एक्स) खरिद गरेपछि अब अर्को नयाँ सामाजिक सञ्जाल प्लेटफर्म टिकटक खरिद गर्न तयारी गरिरहेका हुन् ।

सन् २०२२ मा मस्कले ट्विटर खरिद गर्न ४४ बिलियन अमेरिकी डलर खर्च गरेका थिए भने यो कारोबार नगदमा भएको थियो । ट्विटर खरिद गरेपछि यसको नाम पनि एक्समा परिवर्तन गरिएको थियो ।

पछिल्लो रिपोर्टअनुसार एलन मस्कले चिनियाँ शर्ट भिडियो प्लेटफर्म टिकटक खरिद गर्ने योजना बनाइरहेका छन् । अमेरिकामा चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउने तयारी भइरहेका खबरहरूको बीच मस्कले उक्त सर्ट भिडियो प्लेटफर्म खरिद गर्न चासो देखाएका छन् ।

यो चर्चा अमेरिकी सर्वोच्च अदालतमा सुनुवाइको क्रममा उठेको हो । सर्वाेच्च अदालतले टिकटक र यसको मूल कम्पनी बाइटडान्सलाई विभिन्न मुद्दाहरूमा नामांकित गरेको छ ।

अमेरिकी सरकारले टिकटकलाई सुरक्षा दृष्टिकोणले प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । अधिकारीहरू चिनियाँ सरकारसँग यस एपको सम्बन्ध र अमेरिकी सुरक्षामा पर्ने प्रभावबारे चिन्तित छन् । सुरक्षा कारणले भारतलगायत विभिन्न देशहरूमा पनि टिकटक प्रतिबन्धित छ ।

टिकटकका अमेरिकामा १७ करोड सक्रिय प्रयोगकर्ताहरू रहेका छन् । नयाँ नियमअनुसार १९ जनवरीदेखि टिकटक अमेरिकामा प्रतिबन्धित हुन सक्ने सम्भावना छ । तर, यदि एलन मस्कले टिकटक खरिद गरे भने यसलाई पूर्ण रूपमा प्रतिबन्धित हुनबाट बचाउन मद्दत पुग्न सक्छ ।

टिकटक विश्वभरका युवाहरू, विशेष गरी २० वर्षको उमेर समूहका मानिसहरू माझ निकै लोकप्रिय छ । राष्ट्रपति जो बाइडेनको प्रशासनले प्रस्ताव गरेका नयाँ नियमअनुसार २० जनवरीदेखि अमेरिकी प्रयोगकर्ताहरूले टिकटक प्रयोग गर्न नसक्ने सम्भावना छ । हालसम्म टिकटकले मस्कको यो खरिदबारे कुनै जानकारी सार्वजनिक गरेको छैन् ।

सन् २०२२ मा एलन मस्कले ट्विटरलाई ४४ बिलियन अमेरिकी डलरमा खरिद गरेका थिए । खरिदपछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्विटरमा फर्किएका थिए । मस्कले खरिदपछि ट्विटरमा धेरै परिवर्तनहरू पनि गरेका छन् ।


 

अपडेट

अन्तरिक्षमा काठको स्याटेलाइट पठाउने पहिलो देश जापान, इको–फ्रेन्डली प्रविधिमा नयाँ युगको सुरुवात

जापान काठबाट बनेको स्याटेलाइट अन्तरिक्षमा पठाउने पहिलो देश बनेको छ । अन्तरिक्षमा पठाइएको स्याटेलाइट पूर्ण रूपमा काठबाट तयार गर…

नेपाल क्लियरिङ्ग हाउसको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न, १९ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले तेह्रौ वार्षिक साधारण सभा पुस २८ गते काठमाडौंमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदनस…

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौँको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ…

एनसेलको सधैं अनमा अब फ्री अनलिमिटेड नाइट डेटा

एनसेलले आफ्ना सधैं अन प्याकहरु लिने ग्राहकहरुलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त…

प्रविधि र इनोभेसनको संयोजन सीईएस २०२५, के के घोषणा भए नयाँ प्रविधि ?

कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सिईएस) २०२५ मा धेरै नयाँ प्रविधि र इनोभेसनहरूको घोषणा गरिएको छ । जनवरी ७ देखि ११ सम्म लस भेगसमा&n…

आईटी कम्पनीलाई विदेशमा विस्तार गर्ने कानुनी सुधार ल्याउनु स्वागतयोग्य: क्यान महासंघ

सरकारले नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेश मार्फत कानुन संशोधन …

टेलिकमको १७औं वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा पुस २८ गते सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौम…

भवन नक्शा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन

भवन नक्शा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन काठमाडौँ महानगरपालिकाले सहरी व्यवस्थापन व…

डिजिटल वालेट मोरूबाटै अब होटल, रिसोर्ट र होलिडे प्याकेज बुक गर्न सकिने

मोरू डिजिटल वालेटले हालै होटल तथा होलिडे बुकिङ सेवा सुरु गरेको छ । अब मोरू एपमार्फत प्रयोगकर्ताले सजिलै देशभरका होटल, रिसो…

गुगलको २०२५ रणनीति: जेमिनाई २.०, विलो चिप र एआई प्रभुत्वका लागि सुन्दर पिचाइको योजना

गूगलका सिईओ सुन्दर पिचाईले सन् २०२५ मा कम्पनीको मुख्य उद्देश्य उल्लेख गर्दै एक ईमेल पठाएका छन् ।गुगलका सीईओ सुन्दर पिचाइले आफ्नो ट…

हनी एक्सटेन्सनमा ठगीको आरोप, युट्युबरहरूले खोले कुपन स्क्यामको वास्तविकता

प्रविधि क्षेत्रमा एउटा नयाँ स्क्याम बाहिर आएको छ । हामी कुरा गर्दैछौं द हनी स्क्यामको, जुन अहिले धेरै चर्चा भइरहेको छ ।

<…

क्लासिक टेकको १२ मा १२ अफर, वार्षिक इन्टरनेट जोड्दा थप एक वर्ष निःशुल्क

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ  । अब ग्राहकहरुले ७५ एमबिप…

नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा गोष्टी सम्पन्न, साइबर कानुन र साइबर सुरक्षामा बहस

 नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्रावि…

स्पोटिफाई, क्याण्डी क्रस र टिन्डरजस्ता एपबाट लाखौं प्रयोगकर्ताको डेटा चोरी

चर्चित एपहरू जस्तै स्पटीफाई, क्याण्डी क्रस, टिन्डर र भिन्टेडका लाखौं प्रयोगकर्ताहरूको संवेदनशील लोकेशन डेटा एक अनजान ह्याकरद्वारा च…

प्यारोडी अकाउन्टका लागि एक्सले थाल्यो प्रोफाइल लेबल

एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्सले प्यारोडी अकाउन्टका लागि प्रोफाइल लेबल लागू गर्न सुरू गरेको छ ।