अपडेट
चीनलाई ब्ल्याकवेल चिप बेच्न दिने ट्रम्पको संकेत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई आफ्नो अर्को पुस्ताको एडभान्स्ड जीपीयू चिपको स्केल-डाउन भर्जन बेच्न अनुमति दिन सक्ने बताएका छन्।
सोमबार दिएको एक बयान अनुसार ट्रम्पले चीनलाई बेच्न चाहेको चिप ब्ल्याकवेल हो, जुन एनभिडियाले हालै लन्च गरेको थियो ।
ट्रम्पले चिपको स्केल-डाउन, अर्थात् कमजोर भर्सन बेच्ने कुरा भनेका छन्, तर ती पुराना चिपहरूभन्दा ३० गुणा छिटो हुनेछन् । रोयटर्सको रिपोर्टअनुसार चीनलाई सप्लाई गरिने चिपहरू ३० देखि ५० प्रतिशत कम क्षमताका हुनेछन्। यसको मतलब ती चिपहरू चीनलाई आपूर्ति गर्नु अघि तिनीहरूको क्षमता कम गरिनेछ।
ट्रम्प कसरी राजी भए भन्ने कुरा विस्तृतमा बुझौं। राष्ट्रपति ट्रम्पको प्रत्येक 'हो' पछाडि केही शर्त लुकेको हुन्छ। प्रायः चीनलाई चिप आपूर्ति गर्न उनीले चिप निर्माता एनविडिया र एएमडीबाट तिनीहरूको सेलको १५ प्रतिशत हिस्सा लिने बताएका छन्।
यो मागले विशेषज्ञहरूलाई अचम्मित पारेको छ किनभने अमेरिकामा कुनै पनि कम्पनीको विदेशी बिक्रीको अंश सीधै सरकारलाई दिनुपर्ने माग पहिले कहिल्यै गरिएको थिएन। अमेरिकामा यस्तै कुनै कानुनी प्रावधान पनि छैन। यद्यपि ट्रम्पको दाबी छ कि यसबाट अमेरिकालाई नै फाइदा हुनेछ। घोषणा गर्दा उनले त यो डिल स्वीकृत गर्न उनलाई २० प्रतिशत हिस्सा पनि चाहिने भनेका थिए।
विशेषज्ञहरूको भनाइ छ कि अमेरिका र चीनबीच प्रविधिको द्वन्द्व निकै तीव्र भएको छ। यदि चीनलाई कमजोर भर्जनका चिपहरू नै उपलब्ध भए पनि, उनीहरूले तिनीहरूलाई ठूलो मात्रामा प्रयोग गरेर एआई सुपरकम्प्युटर बनाउन सक्छन्।
यसले चीनलाई एआई क्षेत्रमा अमेरिकालाई पछाडि पार्ने सम्भावना बढाइदिन सक्ने छ । कतिपय रिपोर्टहरू अनुसार एनभिडिया पहिले नै चीनलाई आपूर्ति गर्नका लागि एउटा नयाँ, सस्तो र कम पावर भएको ब्ल्याकवेल चिप तयार गर्दै थियो। नयाँ चिप अमेरिकी भर्जनभन्दा निकै कमजोर हुनेछ। विशेषज्ञहरूको मत छ कि त्यो पनि चीनको एआई क्षमता बढाउनको लागि पर्याप्त हुन सक्छ।
ट्रम्प प्रशासनले अप्रिलमा एनभिडियाको एच२० चिपको चीनमा बिक्रीमा प्रतिबन्ध लगाएको थियो, तर पछि जुलाईमा त्यो प्रतिबन्ध हटाएर पुनः एक्सपोर्ट गर्न अनुमति दिइएको थियो । तथापि ट्रम्पको दाबी छ - एच२० अब “बेकार” छ किनभने चीनसँग पहिलेबाटै त्यसको प्रविधि उपलब्धै छ। यी चिपहरूबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा कुनै खतरा नआउने विश्वास गरिएको छ ।
अपडेट
प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५ सम्पन्न
काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा आयोजित ‘प्रेसिडेन्सियल इन्नोभिस्टा-२०२५’ टेक तथा बिजनेस कार्…
गलत उमेर लेख्ने खाताहरूमा कडाइ: युट्युबले एआईदूारा ‘अन्डर–१८’ प्रयोगकर्ता पत्ता लगाउने
युट्युब अब ती बालबालिका र किशोरहरूमा नियन्त्रण कडा गर्न जाने क्रममा छ जो साइन-अप गर्दा आफ्नो उमेर गलत भरेका हुन्छन्। कम्पनीले १३ …
डिशहोम र लेक साइड रिट्रिटबीच विशेष छुटका लागि साझेदारी
डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा सञ्चालित) सँग नयाँ सा…
मेगा मनसुन सर्भिस क्याम्प सुरु, स्पेयर पार्ट्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशतसम्म छुट
फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प औपचारिक रूपमा सुरु गरेको छ।
…डिजिटल नेपाल कन्क्लेभ २०२५ को डिजिटल एजुकेसन पार्टनरमा निमा एजुकेसन फाउन्डेसन
डिजिटल शिक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था निमा एजुकेसन फाउन्डेसनले डिजिटल नेपाल कन्क्लेभ २०२५ सँग सहकार्य गरेको छ । यससँगै डिजिटल नेपाल कन्क्लेभ २०२५ म…
च्याटजीपीटी ५ : कोडिङ, लेखन र तथ्य-जाँच क्षमतामा सुधार
ओपनएआईले आफ्नो अत्याधुनिक कृत्रिम बुद्धिमत्ता मोडेल च्याटजीपीटी-५ को सार्वजनिक गरेको छ । ओपनएआईका अनुसार, यो मोडेल अघिल्ला संस्क…
द सोल्टी होटल्स एण्ड रिसोर्टमा एससीटी युनियन पे कार्डका ग्राहकहरूलाई छुट
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र नेपालकै प्रथम ५ ता…
दराजको डिल्स हेरेको हेर्यै अभियान, ६० प्रतिशतसम्म छुटसँगै निःशुल्क होम डेलिभरी
नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित सेल, डिल्स हेरेको हेर्यै घोषणा गरेको छ । साउन २३ गतेदेख…
टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि सुरु गर्यो ‘सर्च गाइड’
टिकटकले आज नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ, जसको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्र…
मेगा मनसुन सर्भिस क्याम्प सुरू हुँदै, फोटोन सवारीहरू हुने निःशुल्क चेकजाँच
फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्न लागेको छ। एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुन…
मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ मोबाइल एप सार्वजनिक
मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ अस्पताल मोबाइल एप सार्वजनिक गरेको छ। …
विन्डोज १० प्रयोगकर्ताका लागि माइक्रोसफ्टको एक्स्टेन्डेड सिक्योरिटी अपडेट सुरक्षा प्याच एक वर्ष थप
यदि तपाईं विन्डोज १० प्रयोगकर्ता हुनुहुन्छ भने यो खबर तपाईंका लागि अत्यन्त आवश्यक छ। माइक्रोसफ्टले १४ अक्टोबर २०२५ पछि विन्डोज १० …
भिसाले नेपालमा खोल्यो कार्यालय, थापा नेपाल प्रमुखमा नियुक्त
विश्वकै अग्रणी डिजिटल पेमेन्ट कम्पनी भिसा इंकले नेपालमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ। काठमाडौंमा स्थापित उक्त कार्यालयमार्फत …
मानसिक स्वास्थ्य र प्रयोगकर्ता सन्तुलनका लागि ओपनएआईले च्याटजीपीटीमा थप्यो ब्रेक रिमाइन्डर फिचर
गेमिङ वा सोसल मिडिया एप जस्तै अब मानिसहरूलाई च्याटजीपीटीको लत लाग्न थालेको छ। ओपनएआईका अनुसार, मानिसहरू च्याटजीपीटीमा घण्टौं…
सामसङको नयाँ मल्टी-बाइ अफर: ग्यालेक्सी वाच र बड्समा ३२ प्रतिशतसम्म छुट
सामसङ नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै नयाँ ग्यालेक्सी स्मार्टफोन खरिदमा विशेष ‘मल्टी-बाइ अफर’ सार्वजनिक गरेको…