कीवर्डहरू -

अपडेट

अंग्रेजी, नेपाली र तामाङ भाषाको मेसिन ट्रान्सलेसन प्रणाली विकास गर्दै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ विश्वविद्यालयले अंग्रेजी, नेपाली र तामाङ भाषाको मेसिन ट्रान्सलेसन प्रणाली विकास गर्ने भएको छ । 

गुगलको प्रतिष्ठित एकेडेमीक रिसर्च अवार्ड (एआरए) को वित्तीय सहयोगमा अंग्रेजी, नेपाली र तामाङ भाषाको मेसिन ट्रान्सलेसन प्रणाली विकास गर्ने परियोजना सुरू गरिएको हो । 

काठमाडौँ विश्वविद्यालय, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागअन्तर्गत रहेको सूचना र भाषा प्रशोधन अनुसन्धान प्रयोगशालाले सुरू गरेको यस परियोजना बारे सरोकारवाहरूसँग छलफल समेत गरिएको छ । 

परियोजनाका प्रमुख अनुसन्धानकर्ता प्रा. डा. बालकृष्ण बलले मेसिन अनुवाद प्रणालीले भाषाका अवरोधका कारण उत्पन्न जानकारी पहुँचको अभावलाई हटाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । 

‘यसले अंग्रेजी भाषामा इन्टरनेटमा उपलब्ध ठूलो ज्ञानको स्रोतलाई नेपाली र तामाङ भाषाका प्रयोगकर्ताहरूलाई फाइदा पुर्‍याउनेछ,‘ उनले भने, ‘साथै, यस्तो प्रणालीले नेपालको संघीय संरचनाको सन्दर्भमा विभिन्न भाषालाई आधिकारिक कार्य भाषा घोषणा गरिनुका साथै भाषा समुदायहरूबीचको संवाद र सामाजिक सद्भावलाई प्रोत्साहन गर्न सहयोग गर्नेछ ।’

यस्तै त्रिभुवन विश्वविद्यालयका सह-प्रमुख अनुसन्धानकर्ता प्रा. डा. बलराम प्रसाईंले भने यस परियोजनाको एक विशेषता भनेको परियोजनाको सबै चरणहरू (प्रारम्भ, डिजाइन, विकास, परीक्षण र कार्यान्वयन) मा समुदाय र सरोकारवालाहरूको सहभागिता गराउनु रहेको बताए । 

बैठकमा शिक्षा, अनुसन्धान, भाषाविज्ञान, सफ्टवेयर लोकलाइजेसन, कृत्रिम बुद्धिमत्ता, भाषा अभियन्ता, पत्रकार, लेखक, सम्पादक, समाजशास्त्री, मानवशास्त्री, तथा सरकारी स्तरबाट सरोकारवालाहरू सहभागी भएका थिए । 
 

अपडेट

पानीमा डुबाउँदा पनि किन बिग्रँदैन मोबाइल? के छ यसको पछाडिको विज्ञान ?

आजभन्दा केही वर्ष अगाडिको कुरा गर्ने हो भने, मोबाइलको सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त्यसलाई पानीबाट जोगाउनु थि…

क्युआर कोडमार्फत बढ्दो ठगी, ‘क्विशिङ स्क्याम’ प्रचलनमा

भुक्तानी गर्न होस्, जानकारी लिन होस् वा कुनै टिप्पणी गर्न होस्, क्युआर कोडले सजिलै सम्भव बनाएको छ । यो चारकुने तस्वीर स्क्यान गरेर …

क्विक कमर्स: डेलिभरीको नयाँ युग, प्रविधि र शहरी जीवनशैलीले हुँदैछ लोकप्रिय

सुविधा र छिटो आपूर्तिका कारण क्विक कमर्सको माग बढ्दैछ । १० देखि ३० मिनेटभित्र खरिदारी पूरा गर्न सकिने यो नयाँ तरिका शहरी ग्राह…

इन्स्टाग्रामले घोषणा गर्‍यो नयाँ भिडियो एडिटिङ एप ‘एडिट्स’, क्यापकटलाई टक्कर दिने

इन्स्टाग्रामले क्यापकट जस्तै भिडियो एडिटिङ एप एडिट्सको घोषणा गरेको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले एडिट्स नामक भिडियो एडिटि…

बन्द भएको १२ घण्टा पनि नबित्दै अमेरिकामा टिकटक पुनः सञ्चालन, कसरी भयो सम्भव ?

अमेरिकामा टिकटक पुनः सञ्चालनमा आएको छ । राष्ट्रपति ट्रम्पको मिहिनेतका कारण टिकटक पुन फिर्ता आएको कम्पनीले जनाएको छ । टिकट…

राष्ट्रिय परिचयपत्र विरुद्धको रिट सर्वाेच्चद्वारा खारेज, अनिवार्य गर्ने बाटो खुल्यो

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्याया…

आइएमई पेको उडान मेला: आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले  आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ  उडान …

एप्पलले हटायो टिकटक, क्यापकट, मार्भल स्न्यापसहित बाइटडान्सका ११ एप

एप्पलले टिकटकसहित बाइटडान्सले विकास गरेका ११ वटा एपहरू पनि हटाएको छ । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र यसका सहायक कम्पनीहर…

अनलाइन रिभ्यू र रेटिङका लागि नकिनेको सामान डेलिभरी, डेटा चोरी हुने समेत खतरा

हामी सबैलाई अनलाइन सपिङ मन पर्छ । यो सजिलो र समय बचत गर्ने विकल्प हो । साथै, प्रायः यसले तपाईंलाई उत्कृष्ट डिल्स र डिस्काउन्ट पा…

इन्स्टाग्राममा अब ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने

अब इन्स्टाग्राममा ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने भएको छ । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेसँगै यसअघि रहेको ९० से…

अमेरिकामा टिकटक बन्द, प्ले स्टोर र एप स्टोरबाट पनि एप हटाइयो

शनिबार साँझदेखि अमेरिकाभर टिकटक एप चल्ने छाडेको छ । टिकटक बन्द भएपछि अहिले एप खोल्दा प्रतिबन्ध भएको जानकारी राखिएको छ । …

दुईवटा ड्रोन दुर्घटना भएपछि अमेजनले टेक्सस र एरिजोनामा रोक्यो ड्रोन डेलिभरी सेवा

अमेजनका ड्रोनहरूले निकट भविष्यमा कुनै पनि डेलिभरी नगर्ने सम्भावना देखिएको छ । ब्लूमबर्गका अनुसार, कम्पनीले टेक्सस र एरिजोनामा स…

राष्ट्रिय परिचयपत्रमा समावेश गरिएको डेटा दुरूपयोग हुन दिदैनौं: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका विवरण दुरूपयोग हुन नदिने बताएका छन् । 

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसङ मोबाइल उपलब्ध गराएको छ ।

सन् २०२५: एआई, फाइभजी, एआर/भीआर र स्याटेलाइट इन्टरनेटले प्रविधिको नयाँ युग ल्याउँदै

सन् २०२५ मा हामीले थुप्रै नयाँ प्रविधिहरूको झलक पाउने छौं । यी प्रविधिहरू पूर्ण रूपमा नयाँ नहुन सक्छन्, तर तिनको एकीकरण नयाँ ह…