अपडेट
एन्ड्रोइड १५ का केही हिडन फिचर
एन्ड्रोइडको लेटेस्ट अपरेटिङ सिस्टम एन्ड्रोइड १५ अहिले पिक्सेल र वानप्लसजस्ता थुप्रै स्मार्टफोनमा उपलब्ध भइसकेको छ । यस नयाँ अपरेटिङ सिस्टममा धेरै उत्कृष्ट फिचरहरू समावेश गरिएका छन् ।
सामान्य फिचरहरूको बारेमा अधिकांश प्रयोगकर्ताहरूलाई जानकारी हुन्छ, तर केही यस्ता फिचरहरू पनि छन् जसको बारेमा धेरैलाई थाहा हुँदैन् ।
यहाँ हामी एन्ड्रोइडका दुई लुकेका (हिडन) फिचरहरूको बारेमा बताउन गइरहेका छौं, जुन तपाईंका लागि निकै उपयोगी हुन सक्छन् ।
एप पेयरिङ
सामान्यतया, धेरैजसो एन्ड्रोइड डिभाइसहरूले मल्टिटास्किङका लागि स्प्लिट–स्क्रिन मोड अफर गर्छन् । एन्ड्रोइड १५ ले एप पेयरलाई सेभ गर्ने सुविधा थप्दै यस फिचरलाई अझ प्रभावकारी बनाएको छ ।
अब, तपाईं एकै ट्यापमा स्प्लिट–स्क्रिन मोडमा दुई एप्स चलाउन सक्नुहुन्छ । यो पढाइको क्रममा नोट लिने एप र युट्युबजस्ता एप्सलाई एकसाथ प्रयोग गर्नका लागि काम लाग्न सक्छ ।
थप रूपमा, पिक्सेल फोल्ड ९ प्रो वा पिक्सेल ट्याब्लेट जस्ता ठूला डिभाइसहरूमा, तपाईं टास्कबारमा एप पिन गरेर तिनीहरूमा छिटो पहुँच प्राप्त गर्न सक्नुहुन्छ ।
एप पेयरलाई सेभ गर्नका लागि
एप आइकनमा ट्याप गरेर र स्प्लिट–स्क्रिन चयन गरेर दुई एप्सलाई स्प्लिट–स्क्रिन मोडमा खोल्नुहोस् । त्यसपछि, रिसेन्ट एप्स मेनु खोल्नुहोस् र एप आइकनमा ट्याप गर्नुहोस् ।
'सेभ एप पेयर' चयन गर्नुहोस् । यसले तपाईंको होम स्क्रिनमा एउटा सर्टकट बनाउँछ, जसले एकै ट्यापमा दुबै एप्सलाई स्प्लिट–स्क्रिन मोडमा खोल्न सक्छ ।
वाईफाई नेटवर्कहरूमा डिभाइस नेमलाई लुकाउने
एन्ड्रोइड १५ मा धेरै नयाँ सुरक्षा फिचरहरू समावेश गरिएका छन्, जसमा एउटा यस्तो फिचर पनि छ, जसले वाईफाई नेटवर्कहरूमा तपाईंको डिभाइसको नाम लुकाउन मद्दत गर्दछ ।
यो त्यतिखेर उपयोगी हुन्छ जब तपाईं क्याफे, एयरपोर्ट, स्टेडियमजस्ता सार्वजनिक वाईफाईमा कनेक्ट हुनुहुन्छ । साथै, आफ्नो डिभाइसको म्याक एड्रेस लुकाएर, तपाईंले प्रयोगकर्ता प्रोफाइलिङ रोक्न र आफ्नो अनलाइन गतिविधिलाई गोप्य राख्न सक्नुहुन्छ ।
यी सेटिङ्स सक्रिय गर्नका लागि सेटिङ्समा जानुहोस् । त्यसपश्चात नेटर्वक एण्ड इन्टरनेट चयन गर्नुहोस्, त्यसपछि इन्टरनेटमा ट्याप गर्नुहोस् ।
तपाईं कनेक्ट भएको नेटवर्कको अगाडि गियर आइकनमा ट्याप गर्नुहोस् । यति गरेपछि प्राइभेसी चयन गर्नुहोस् । सचथै सेण्ड डिभाइस नेम टगललाई बन्द गर्नुहोस् ।
वैकल्पिक रूपमा, थप गोपनीयताका लागि युज रयाण्डाइज्ड म्याक मा स्विच गर्न सक्नुहुन्छ ।
अपडेट
सूचना प्रविधि र एआईको सदुपयोग गर्दै विकासमा अगाडि बढ्छौँ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै सूचना प्रव…
मोबाइल बजारमा असफल हुँदा माइक्रोसफ्टलाई ४०० अर्ब डलर घाटा
एन्ड्रोइडका को–फाउन्डर रिच माइनरले माइक्रोसफ्ट कम्पनीले स्मार्टफोनको बजारमा आफ्नो पहिचान बनाउन नसक्नुको कारण बिल गेट्सका गलत…
अमेरिकामा टिकटक प्रतिबन्धको सम्भावना, प्रयोगकर्ताहरूको रोजाइ बन्दै रेडनोट एप
अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने सम्भावना बढ्दै जाँदा प्रयोगकर्ताहरूले नयाँ एपतर्फ मोडिन थालेका छन्, जसको नाम रेडनोट हो । यो …
स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी
केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रालिले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेक…
नेपाली लाइफस्टाइल ब्राण्ड भाइब्सका इयरबड्स बजारमा, कति छ मूल्य ?
नेपाली लाइफस्टाइल ब्राण्ड भाइब्सका प्रडक्ट बजारमा उपलब्ध भएका छन् । कम्पनीले भाइब्स बासबड्स ३११ र भाइब्स बासबड्स ५११ इयरबड्स सा…
चन्द्रागिरी नगरपालिकाले सञ्चालनमा ल्यायो बहुप्राविधिक शिक्षालय
चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ।
तारकेश्वरमा इमरजेन्सी रेस्पोन्स कन्सोल जडान, कताहो एपबाटै अब विपद्को जानकारी दिन सकिने
तारकेश्वर नगरपालिका तथा नगरपालिका विपत व्यवस्थापन शाखाको पहलमा नेपालमै पहिलो पटक प्रविधिमा आधारित ‘अत्याधुनिक इमरजेन्सी…
यूएसबी पोर्टबाट आईफोन ह्याक गर्न सकिने एक रिपोर्टको खुलसा
एप्पलका डिभाइसहरू आफ्नो बलियो सुरक्षा प्रणालीका कारण प्रख्यात छन् । एप्पलका डिभाइसलाई ह्याक गर्नु निकै कठिन मानिन्छ ।
युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरू
सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् नवलपरासीको स्थानीय तहका एक जनप्रतिनिधिले । न…
टिकटक खरिद गर्ने एलन मस्कको तयारी, अमेरिकी प्रतिबन्धबाट बचाउन सक्ने सम्भावना
एलन मस्कले पुनः अर्को सामाजिक सञ्जाल प्लेटफर्म खरिद गर्न तयारी गरिरहेका छन् । टेस्ला र स्पेसएक्सजस्ता कम्पनीका मालिक एलन मस्कले ट्विट…
सूचना सुरक्षा व्यवस्थापनका लागि नबिल बैंकलाई आईएसओ प्रमाणपत्र
नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ…
फोनपेको पाँचौं साधारणसभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत नगद लाभांस वितरण
फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । पुस २९ गते एलिस कन्फरेन्स, पुल्चोकमा साधारणसभा सम्पन्न…
इसेवाको १२औँ वार्षिक साधारण सभा सम्पन्न
नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको रूपमा स्थापित इसेवाले १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
अन्तरिक्षमा काठको स्याटेलाइट पठाउने पहिलो देश जापान, इको–फ्रेन्डली प्रविधिमा नयाँ युगको सुरुवात
जापान काठबाट बनेको स्याटेलाइट अन्तरिक्षमा पठाउने पहिलो देश बनेको छ । अन्तरिक्षमा पठाइएको स्याटेलाइट पूर्ण रूपमा काठबाट तयार गर…
नेपाल क्लियरिङ्ग हाउसको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न, १९ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले तेह्रौ वार्षिक साधारण सभा पुस २८ गते काठमाडौंमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदनस…