कीवर्डहरू -

अपडेट

इसेवाको दशैं-तिहार चाडपर्वको अफर, जुनसुकै कारोबार गर्दा नामी कार जित्न सकिने

नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दशैं तिहार र छठ पर्व लक्षित गरेर ‘इसेवा महा-उत्सव: इसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ । 

यस अफर अन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरू मध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् । कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकता अनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ ।

यसका साथै, १०० रूपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आईफोन १६ पनि जित्न सक्नेछन् । मात्र १०० रूपैयाँमा यो खेल खेल्न सकिने छ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन् ।

त्यसैगरी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ । दैनिक अफर अन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रुपमा अफर आउने छ । 

उक्त सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन्। साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलबार इसेवाका विभिन्न सेवाहरु: मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्नुहुनेछ । यी अफरहरूबारे थप जानकारीहरु इसेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरू मार्फत प्राप्त गर्न सकिनेछ ।

अपडेट

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन

वीरगञ्ज । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन भएको छ । रजत बजाजको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा …

गूगलको जेमिनाई च्याटबट अब सबै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध हुने

गूगलले आफ्नो जेमिनाई एआई–पावर्ड असिस्टेन्टलाई सबै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध गराउँदैछ । कम्पनीले गत महिनामा…

वुमन आईकन आइसिटी अवार्डमा आवेदन दिने आज अन्तिम दिन, यस्तो छ तरिका

वुमन आईकन आइसिटी अवार्ड २०२४ को लागि भदौ ३१ गते सोमबारसम्म आवेदन दिन सकिने भएको छ ।

भन्सार छलेर ल्याइएका ७ लाख बराबरका स्मार्टफोन बरामद

नेपाल प्रहरीले ६ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलेर ल्याइएका स्मार्टफोनहरु नियन्त्रणमा लिएको छ।

नयाँ फिचर्सका लागि मात्रै प्रयोगकर्ताहरूले आफ्नो आईफोनलाई अपग्रेड गर्छन् ? यस्तो भन्छ अध्ययन

स्मार्टफोन निर्माताहरूले हरेक वर्ष नयाँ नयाँ स्मार्टफोन सार्वजनिक गरिरहेका हुन्छन् । केही दिन अगाडि मात्रै एप्पलले पनि आईफोन १६ सा…

विज्ञान तथा प्रविधिको उपयोगमा जोड दिन सरोकारवालाहरूको आग्रह

१२ औँ विज्ञान दिवसको पूर्व सन्ध्यामा नागार्जुन चौतारी (नाचौ) ले विज्ञान तथा प्रविधि एक छलफल कार्यक्रम सम्पन्न गरेको छ । 

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग

सर्वोच्च अदालतको कारबाही लाइभ (प्रत्यक्ष प्रशारण) गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थीहरु अनिलकुमार साह र व…

आइटी प्रोफेसनलहरूले प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्डमा सोमबारसम्म आवेदन दिन सक्ने

प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४ को आवेदन भदौ ३१ गते सोमबारसम्म आवेदन दिन सकिने भएको छ ।

के स्मार्टफोनबाट ब्रेन क्यान्सर हुन्छ ? यस्तो भन्छ डब्लुएचओको पछिल्लो प्रतिवेदन

मोबाइल फोनको बारेमा तपाईंले धेरै किसिमका कुराहरू सुन्नु भएको होला । धेरैले दाबी गर्छन् कि यसको प्रयोगले ब्रेन क्यान्सर हुन सक्छ…

३०औं वर्षमा प्रवेश गर्‍यो वर्ल्डलिंक

नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स ३० औं वर्षमा प्रवेश गरेको छ । 

सोमबारबाट काठमाडौंमा ‘दिपल एक्सचेन्ज कार्निभल’ हुँदै, पूरानो गाडी दिपलका ईभीसँग साट्न सकिने

नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले ३१ गतेदेखि ३ असोजसम्म गैरीधारास्थित सिल्भरओकमा…

आन्टरप्रेनर आइसिटी अवार्डमा सोमबारसम्म आवेदन दिन सकिने, आईटी उद्यमीले यसरी दिन सक्छन् आवेदन

आन्टरप्रेनर आइसिटी अवार्ड २०२४ मा भदौ ३१ गते सोमबारसम्म आवेदन दिन सकिने भएको छ । 

स्मार्टदाइ एप सार्वजनिक, इलेक्ट्रिसियनदेखि क्लिनरसम्म घरमै बोलाउन सकिने

विभिन्न घरायसी तथा कर्पोरेट सेवाहरू प्रदान गर्नका लागि स्मार्टदाइ एप सार्वजनिक भएको छ । इलेक्ट्रिसियनदेखि क्लिनिङसम्मको सेवा प्रदान…

डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२४ मा सोमबारसम्म आवेदन दिन सकिने, यस्तो छ तरिका

डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२४ का लागि सोमबारसम्म आवेदन दिन सकिने …

क्लासिक टेकको इन्टरनेट रिफर गर्नेलाई ४ महिना र रिफर लिनेलाई २ महिना बोनस

देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तरगत ‘तिमिलाई पनि मलाइ पनि अफर’ सार्वजनिक गरेक…