अपडेट
रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन ६१ नेपालमा उपलब्ध
रियलमीले नेपालमा रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ । रियलमी सी ६७ फाभजीमा ५० मेगापिक्सेलको ३ एक्स इन सेन्सर जुम क्यामरा, मिडिया टेक डाईमेन्सिटी ६१०० र १२८ जीबीसम्मको स्टोरेज क्यापासिटी उपलब्ध रहेको छ ।
क्वालिटी र इफिसियन्सीको खोजी गर्ने प्रयोगकर्ताहरूले यस स्मार्टफोनमा उत्कृष्ट प्रदर्शन र कार्यक्षमता प्राप्त गर्न सक्नेछन्। त्यसै गरी प्रविधी प्रेमी तथा ट्रेन्डसेटर प्रयोगकर्ताहरूलाई लक्षित गर्दै रियलमी नार्जो एन ६१ ल्याएको कम्पनीले जनाएको छ ।
आर्मर प्रोटेक्सन, उच्च पर्फर्मेन्स, टप टियर क्यामरा र धेरै समयसम्म टिक्ने ब्याट्री सहित आएको रियलमी नार्जो एन ६१ ले नेपाली प्रयोगकर्ताहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।
उत्कृष्ट फोटोग्राफी
रियलमी सि ६७ फाइभजीमा यस सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र एडभान्सड् इमेजिङ सफ्टवेयर समावेश रहेको ५० मेगापिक्सेलको क्यामरा रहेको छ भने नार्जो एन ६१ को ३२ एमपिको सुपर क्लियर क्यामराले डिटेल्ड र सटिक रङहरू सहित शार्प र जीवन्त शटहरू खिच्न सक्छ।
रियलमी सि ६७ ५जी क्यामराका अन्य विशेषता भनेको ३ एक्स जुम सेन्सर हो जसल विभिन्न कोणबाट डिटेल्स सहितको तस्बिरहरू खिच्न मद्दत गर्दछ। साथै ४ इन वान पिक्सेल बिनिङ प्रविधि र एडभान्स्ड सेन्सर हार्डवेर भएकोले नार्जो एन ६१ बाट खिचिएका हरेक तस्विरहरु उत्कृष्ट हुने कम्पनीले जानकारी दिएको छ। यी दुवै फोनमा भएको नाइट मोडले प्रयोगकर्ताहरूलाई कम उज्यालोमा पनि डिटेल्स सहितको र स्पष्ट फोटोहरु खिच्न सजिलो बनाइदिन्छ ।
पर्फर्मेन्स
रियलमी सि ६७ ५जी मा मीडियाटेक डाईमेन्सिटी ६१०० उपलब्ध रहेको छ जसले २ गिगाहर्जसम्मको सिपियु क्लक स्पीडमा उत्कृष्ट प्रदर्शन र सहज प्रयोग अनुभव प्रदान गर्दछ। त्यस्तै गरी नार्जो एन ६१ मा पावरफुल अक्टा कोर चिपसेट उपलब्ध रहेको छ।
रियलमी सि ६७ ५जी स्मार्टफोनमा ६ जिबी डाइनामिक र्याम सम्मको स्टोरेज उपलब्ध छ जसले धेरै एप्सहरु एकै साथ चलाउन सहयोग पुर्याउँछ भने नार्जो एन ६१ मा चै ४८ महिनाको फ्लुएन्सी अस्योरेन्स सहित आउने र प्रयोगकर्ताहरुले कुनै पनि ल्याग बिना ४ वर्ष सम्म चलाउन सक्नेछन र ४+६४ जीबी भेरियन्टमा नार्जो एन ६१ उपलब्ध रहेको छ।
डिजाइनमा नयाँ बेन्चमार्क
रियलमी ६७ ५जी को डिजाइनले सुन्दरता र प्रयोगलाई एकसाथमा ल्याएको छ। त्यस्तै नार्जो एन ६१ मा बिल्ड टफ भए पनि स्लीक, स्लिम र हल्का डिजाइन देख्न पाइन्छ। रियलमी सि ६७ ५जी मा ७.५९ एमएमको स्लिम बडीले गर्दा ठुलो ब्याट्री भएको भएपनि बोक्न सहज छ। त्यस्तै रियलमी नार्जो एन ६१ जम्मा ७.४ एमएम रहेको छ भने नार्जो एन ६१ को तौल पनि १७ ग्राम मात्र रहेको छ जसले गर्दा यो फोन हरेक दिन प्रयोग गर्न निकै सहज छ।
रियलमी सि ६७ ५जी मा ६.७२ इन्चको डिस्प्लेले उत्कृष्ट भिजुअल प्रदान गर्दछ र नार्जो एन ६१ मा ९० हर्जको आइ कम्फर्ट डिस्प्ले भएको हुनाले लामो समयसम्म फोन चलाउँदा पनि असहज हुँदैन।
रियलमी सि ६७ ५जी स्मार्टफोनमा डुअल स्टेरियो स्पिकर्सले १००% भोलुम बढाउँछ भने यसमा रहेको मिनी क्याप्सुल २.० ले आकर्षक नोटिफिकेसन कन्ट्रोल पनि प्रदान गर्छ तथा नार्जो एन ६१ मा भएको रेन वाटर स्मार्ट टच फिचरले गर्दा भिजेको हातले पनि फोन आरामसँग चलाउन सकिन्छ।
ब्याट्री र चार्जिङ
रियलमी सि ६७ ५जी मा ५००० एमएचको शक्तिशाली ब्याट्रीको साथमा ३३ वाटको सुपरभोक चार्जिङ उपलब्ध रहेको छ साथै रियलमी नार्जो एन ६१ मा सिङल चार्जमा नै ३० घण्टा सम्म भ्वाइस कल गर्न मिल्छ। त्यसैले यो दुबै स्मार्टफोन लामो समयसम्म प्रयोग गर्न सकिन्छ भने यो छिटै चार्ज गर्न पनि सकिन्छ ।
अन्य आकर्षणहरू
रियलमी सि ६७ ५जी वाटर, डस्ट, र स्प्ल्यास रेजिस्टेन्ट छ। यस स्मार्टफोनमा एनएफसी र फास्ट साइड फिङगरप्रिन्ट पनि उपलब्ध छ। त्यसैगरी यसमा ३ वटा कार्ड स्लटका साथै उपलब्ध रहेको छ जसमा २ वटा सिम कार्ड र २ टिबीसम्मको माइक्रोएसडी कार्ड सपोर्ट गर्दछ।
मूल्य तथा उपलब्धता
डार्क पर्पल रंगमा उपलब्ध रियलमी सि ६७ फाइभजीको मूल्य २१ हजार ९९९ रूपैयाँ (६+१२८ जीबी) रहेको छ भने भोयाज ब्लुमा उपलब्ध नार्जो एन ६१ को मूल्य १३ हजार ४९९ रुपैयाँ (४+६४ जीबी) रहेको छ ।
अपडेट
आईडिया स्टुडियोको फाउन्डर्स क्लबले सञ्चालनमा ल्यायो ई-कमर्स प्लेटफर्म ‘आईमार्ट’
आईडिया स्टुडियो नेपालको फाउन्डर्स क्लबले ई-कमर्स प्लेटफर्म आईमार्ट सञ्चाल…
नेपाल टेलिकमको दशैं अफर, भ्वाइस, डाटा तथा एफटीटीएच सेवामा सहुलियत
नेपाल टेलिकमले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अ…
लामो दूरीका १ हजार रात्री बसहरूमा निःशुल्क जीपीएस सिस्टम जडान गर्दै जियोमेट
टेलिमेटिक्स टेकले दशैंको अवसरमा लामो दूरीका रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । &lsq…
नमस्ते पेमा क्यासब्याकको लहरः उडान टिकटमा १०० रूपैयाँ, अन्य सेवामा पनि आकर्षक क्यासब्याक
आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पेले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । …
भैरव टेकका सीईओ विजय लिम्बु ‘मस्ट इन्नोभेटिभ साइबर सेक्युरिटी सीईओ’ अवार्डबाट सम्मानित
नेपालको अग्रणी साइबर सेक्युरिटी कम्पनी भैरव टेक्नोलोजीका संस्थापक विजय लिम्बु सेनिहाङले ‘मस्ट इन्नोभेटिभ साइबर सेक्युरिटी …
स्मार्टच्वाइस टेक्नोलोजिजको सीईओमा मनोज घिमिरे नियुक्त
स्मार्टच्वाईस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत घिमिरेले बिहीब…
दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला, घरमै बसेर बससेवाबाटै टिकट बुक गर्न सकिने
असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । झरीको कुनै प्रवाह नगरी बिहानैदेखि बसको टिकट काट्न बसपार्कमा लाइ…
जेनेरेटिव एआईलाई प्रयोग गरेर म्यालवेयर संक्रमित कोड बनाइँदै
आर्टिफिशियल इंटेलिजेन्स (एआई) बिस्तारै मानिसहरूको लागि समस्या बन्न थालेको छ । सबैभन्दा ठूलो समस्या जेनेरेटिव एआईसँग भइरहेको छ …
इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई स्कुटर प्रदान
ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरुलाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ । …
फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, कोषका सदस्यहरूलाई डिजिटल भुक्तानीको सुविधा
फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच, एपीआई आधारित होस्ट-टु-होस्ट भुक्तानीको सुविधा प्रदान गर्न साझेदारी भएको छ …
आइएमई पेबाट मात्र १ रूपैयाँमा हवाई टिकट
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आउदै गरेको नेपालीहरुको महा चाडपर्व- दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र १ रूप…
दराज दशैं धमाका क्याम्पेन: खरिदमा ७० प्रतिशतसम्म छुट, फ्री डेलिभरी र प्रिपेमेन्टमा आकर्षक छुट
देशकै अग्रणी अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दैे बहुप्रतिक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ ।…
फोनमा यी दुई एन्ड्रोइड एप छन् भने तुरुन्तै गर्नुहोस् डिलिट
यदि तपाई एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरू हुनुहुन्छ भने तपाईँलाई सतर्क रहन जरुरी छ । गूगल प्ले स्टोरमा रहेका धेरै एपहरू नेक्रो …
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आसपासमा ड्रोन उडाउन रोक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, वेलुन न…
स्काईवर्थ सोरूमबाट सामान खरिद गर्दा अधिकारीले पाए माइक्रोवेभ उपहार
केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा लि ले यस चाडपर्वको अवसरलाई…