कीवर्डहरू -

अपडेट

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ आयोजना हुँदै, ८० प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी सुविधा

नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले बहुप्रतिक्षित सेल दराज ११.११ को आयोजना गर्ने भएको छ । नेपालमा बर्षकै ठूलो सेलका रुपमा परिचित दराज ११.११ यस बर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको हो । 

बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्याश सेलमार्फत ८० प्रतिशतसम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा र ३ करोड रुपैयाँसम्मका भौचरहरुका साथै अविश्वसनिय छुट लगायत सुविधाहरु समेत उपलब्ध हुनेछन् ।

यस वर्षको दराज ११.११ सेलमार्फत हामीले हाम्रा ग्राहकहरुलाई अद्वितीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले बताइन् । “यस सेलले ग्राहकहरुका लागि अप्रत्याशित छुटहरु उपलब्ध गराउनुका साथै हजारौं स्थानीय विक्रेताहरुलाई आफ्ना पृथक उत्पादनहरु प्रदर्शित गर्ने मौका प्रदान गर्नेछ,’ उनले भनिन, ‘हाम्रो बृहत्त सञ्जाल मार्फत देशभरका उपभोक्ताहरु माझ तिनका पृथक उत्पादनहरु उपलब्ध गराउन तथा उपभोक्ताहरुलाई स्थानीय ब्राण्डहरुको उत्कृष्ट सामानहरू खोज्न सघाउने हाम्रो विश्वास छ ।’

यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सात ओटा डाइमन्ड ब्राण्ड पार्टनरहरु राखेको छ, जसमा सेटाफिल, रोहोतो मेन्थोलाटम, मसलब्लेज, जुभारा, बोट, एडिडास, र बाल्ट्रा समावेश छन् ।

प्लेटिनम पार्टनरहरुमा टेक्नो, परफेट्टी, ग्रीनलाइफ एक्स्पिरियन्स, एंकर्स, डा. शेत, र एवीबी रहेका छन्। साथै, गोल्ड ब्राण्ड पार्टनरहरुमा भ्यान्स, मुनस्टार, अस्तावुल्फ, ईप्लाजा, मामाअर्थ, पिलग्रिम, र जेब्रोनिक्स रहेका छन्।

यसैगरी, दराजले १० ओटा बैंक र २ ओटा वालेट पार्टनरहरुसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्ट मार्फत २५०० रूपैयाँसम्मको छुटहरु प्रदान गर्ने व्यवस्था पनि गरेको छ । 

यी बैंकका डेबिट कार्डहरुमार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरुले १५ प्रतिशत छुट, अधिकतम २ हजार रूपैयाँसम्म, प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले २० प्रतिशत छुट, अधिकतम २५०० रूपैयाँसम्म प्राप्त गर्न सक्ने ब्यवस्था गरिएको छ ।

ग्राहकहरु नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक, र महालक्ष्मी विकास बैंक मार्फत उपर्युल्लिखित छुट पाउन सक्नेछन् । त्यस्तै, आफ्नो ई–सेवा र आईएमई पे वालेट मार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरुले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन् ।

यी रोमाञ्चक अफरहरुका साथै, यस अभियान मार्फत दैनिक रुपमा रु. ११, रु. १११ र ११११ रुपैयाँका डिलहरु पनि सेलमा रहनेछन् । खरिदकर्ताहरुले रु. ६९९, रु. ९९९, रु. १९९९ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् ।

साथै, दराज ११.११ सेल अवधिभर कम्तिमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । थप पाँच जना ग्राहकहरुले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु पनि जित्न सक्नेछन् ।

दराज नेपालको ११.११ अभियान सम्बन्धी थप जानकारीको लागि daraz.com.np, दराज नेपालको फेसबुक पेज, वा दराज एपमा जान सकिने छ ।
 

अपडेट

ग्लोबल स्मार्ट प्लसका ग्राहकहरूले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । 

ब्लूटूथ ६.० : वायरलेस कनेक्टिभिटीमा नयाँ फिचर र सुधारसहितको गेम चेन्जर संस्करण

ब्लूटूथ स्पेशल इन्ट्रेस्ट ग्रुप (एसआईजी)ले हरेक वर्ष ब्लूटूथ स्पेसिफिकेसनको अपडेट रिलीज गर्छ । यसले हाम्रो स्मार्टफोन, इयरबड्स, स्मार्ट…

एनपीएनओजी-१०: नेटवर्किङ र सूचना प्रविधिमा विशेष कार्यशाला तथा सम्मेलन आयोजना गरिदैँ

नेपाल नेटवर्क अपरेटर्स समूह (एनपीएनओजी) को दशौं संस्करण २५ नोभेम्बर देखि २९ नोभेम्बर २०२४ सम्म पोखरामा आयोजना हुँदैछ।  य…

नेपाल टेलिकमद्वारा बाढी तथा पहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोडभन्दा बढी सहयोग

नेपाल टेलिकमले मिति २०८१ भाद्र १० देखि १२ गते सम्म परेको अविरल वर्षाका कारणले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा…

बिजसर्भ आइटी स्वीफ्टको सीएसपी सर्टिफाइड एसेसरमा सूचीकृत, नेपालका लागि पहिलो सूचीकरण

नेपाली कम्पनी बिजसर्भ आइटीले अन्तर्राष्ट्रिय वित्तीय सञ्चार संस्था स्वीफ्टको ग्राहक सुरक्षा कार्यक्रम (सीएसपी) अन्तर्गत सर्टिफाइड एसेसरको…

इन्स्टाग्रामद्वारा क्रिएटरहरूका लागि डिएम फिल्टरिङ्ग फिचर सार्वजनिक, म्यासेज व्यवस्थित गर्न सजिलो हुने

इन्स्टाग्रामले नयाँ फिचर सार्वजनिक गरेको छ, जसले क्रिएटरहरूका लागि अन्य क्रिएटर र व्यवसायसँग कुराकानी गर्न सजिलो बनाउनेछ । यो फि…

ओपनएआईद्वारा सर्चजीपीटी सार्वजनिक : रियल टाइम जानकारी र नयाँ सुविधासहित च्याटजीपीटीमा सुधार

ओपनएआईले आफ्नो सर्च इन्जिन सर्चजीपीटीलाई लन्च गरेको  छ। सर्चजीपीटीको प्रोटोटाइप सार्वजनिक गरेपछि च्याटजीपीटी मोडेललाई यसरी …

अब लो-लाइटिंगमा पनि स्पष्ट भिडियो कल गर्न सकिने, धेरै उपयोगी छ ह्वाट्सएपको यो नयाँ फिचर

केही दिनअघि ह्वाट्सएपमा भिडियो कलिंगका लागि नयाँ फिचर थपिएको थियो । यसले लो–लाइट मोड प्रदान गर्नेछ, जसले ह्वाट्सएपमा रा…

के हो सोशल मिडिया मार्केटिङ ?

अहिले सामाजिक सञ्जालको प्रयोग धेरैजसो मानिसले गरिरहेका छन् । यो हाम्रो दैनिक जीवनको एक महत्वपूर्ण भाग भएको छ । हामी हाम्रो धेर…

वेब होस्टिङले कसरी काम गर्छ ?

आजको दिनमा आफ्नै वेबसाइट हुनु सामान्य जस्तै भइसकेको छ । तर वेबसाइट सक्रिय राखिरहन धेरै कुरा आवश्यक पर्छ ।

सुन्दर पिचाईको खुलासाः गूगलका २५ प्रतिशत नयाँ कोड एआईद्वारा लेखिँदै, इन्जिनियरहरूको भूमिकामा परिवर्तन

एआईलाई लिएर लामो समयदेखि भनिदैँ आएको छ कि यो आउने समयमा धेरै क्षेत्रहरूमा मानिसहरूको आवश्यकता अन्त्य गर्नेछ । धेरै विशेषज्ञहरू…

टेलिग्रामले ल्यायो नयाँ अपडेट: मिडिया एडिट, स्पीड नियन्त्रण र मोनेटाइजेशनका नयाँ फिचरहरू समावेश

टेलिग्रामले आफ्ना प्रयोगकर्ताहरूका लागि एकैसाथ धेरै अपडेटहरू ल्याएको छ, जसमा मेसेज पठाएपछि एडिट गर्ने क्रममा मिडिया थप्ने विकल्प…

सि.जि.हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत रु.पाँच लाख क्यासब्याकका बिजेता यादव

सि.जि.हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत एकजना भाग्यशाली बिजेताले नगद क्यास ब्याक रु. (५,००,०००) पाँच लाख पाएका छन् …

नेपाल लाइफद्वारा एक दिवसीय बिजनेश रिभ्यू मिटसम्पन्न

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे बिजनेश रिभ्यू मिट सम्पन्न भएको छ । काठमाडौंमा आयोज…

तिहारको अवसरमा सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रा…