कीवर्डहरू -

अपडेट

एशिया प्यासिफिक आईसीटी अलायन्सको बैठक पहिलो पटक नेपालमा बस्दै, १६ देशका टेक लिडर आउने

वैशाख ८ गते अर्थात अप्रिल २० मा नेपालमै पहिलो पटक एशिया प्यासिफिक आईसीटी अलायन्स (एपीआईसीटीए) बैठक बस्ने भएको छ ।

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (न्यास आईटी) को पहलमा यस वर्ष नेपालमै पहिलो पटक अलायन्सको कार्यकारी समितिको बैठक हुने भएको हो । 

यस बैठकमा एशिया प्यासिफिक क्षेत्रका देशहरू अष्ट्रेलिया, बगंलादेश, ब्रुनाई, चीन, चिनियाँ ताइपेई, हङकङ, इन्डोनेसिया, जापान, मकाउ, मेलिसया, म्यानमार, पाकिस्तान, सिंगापुर, थाइल्याण्ड, भियतनाम लगायतका प्रविधि नेतृत्व (टेक लिडर) हरूको सहभागीता रहने छ ।

न्यास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नेपालमा हुन लागेको एशिया प्यासिफिक आईसीटी अलायन्सको बैठकले प्रविधि उद्योगको नवप्रवर्तन, उद्यमशीलता र सहकार्यलाई बढावा दिने बताए ।

‘एशिया प्यासिफिक आईसीटी अलायन्सको बैठक पहिलो पटक नेपालमा बस्दै छ,’ उनले भने, ‘यसले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन र प्रविधिको हब बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’

यस अवसरमा न्यास आईटीले ‘नेभिगेटिङ ग्रोथः स्टार्टअप इकोसिस्टम र एशिया प्यासिफिक विस्तारका लागि रणनीति’ विषयमा प्यानल छलफल समेतको आयोजना गर्नेछ । 

कार्यक्रममा अष्ट्रेलियाको द मास्टरमाइन्ड ग्रुपका सीईओ तथा प्रबन्ध निर्देशक फुलभियो इन्सेरा, चाइनिज ताइपेईको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयकाका प्रा सीके फर्न, श्रीलंकाबाट परामर्शदाता र डिजिटल टेक्नोलोजी ट्रान्सफर्मेसन प्रोफेशनल रुवान अमरसेकरा, मलेसियाको आइरन हर्स एशियाका संस्थापक स्टेन सिंह लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, र शिक्षाविद्हरूको उपस्थिति रहने छ । 

एशिया प्यासिफिक आईसीटी अलायन्स, एशिया प्यासिफिक क्षेत्रमा प्रविधि, नवप्रवर्तन र सहकार्यलाई प्रवर्द्धन गर्न स्थापना भएको संस्था हो । केही समय अगाडि मात्रै न्यास आईटी पनि एशिया प्यासिफिक आईसीटी अलायन्सको सदस्य बनेको थियो । न्यास आईटी नेपालको सफ्टवेयर र आईटी उद्योगलाई प्रवर्द्धन गर्न स्थापना भएको गैर नाफा मुलक संस्था हो । 

 

अपडेट

नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादन र रिफिलिङ स्टेशनको सफल परीक्षण

काठमाडौं विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षणमा सफलता प्राप्त गरेको छ । आईतबार काठमाडौं विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पा…

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आग्रह गरेकी …

लिंक्डइनमा पनि शर्ट भिडियो हाल्न सकिने सुविधा आउँदै

छोटो भिडियोको बजार दिनानुदिन बढिरहेको छ । रोजगार खोज्न सघाउने प्लेटफर्म लिंक्डइन शर्ट भिडियो बजारमा प्रवेश गर्ने भएक…

पर्सामा अब वडा कार्यालयले नागरिकता सम्बन्धित विवरण प्रविष्ट गर्न सक्ने

जिल्ला प्रशासन कार्यालय पर्साले केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली आजदेखि कार्यान्वयनमा ल्याएको छ। सङ्घीय सरकारको नीतिअनुसा…

भाइबरमा पनि अब एआईसँग च्याट गर्न र जानकारी लिन सकिने, इन्फ्लेक्शनसँग सहकार्य

लोकप्रिय म्यासेजिङ प्लेटफर्म राकुटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ।

एमडीएमएस खरिदमा भ्रष्टाचार, २ जना पूर्व अध्यक्षसहित १९ जना विरूद्ध मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदातलमा …

ट्वीटरमा धेरै फलोअरहरू भएमा निःशुल्क प्रिमियम सेवा प्रयोग गर्न पाइने

ट्वीटरमा धेरै सब्सक्राइबर भएमा प्रिमियम फिचर प्राप्त गर्न सकिने भएको छ । प्रिमियम सेवा अन्तर्गत प्रयोगकर्ताहरूले पोस्ट सम्पादन गर्ने, …

रुट परमिटको पटके भुक्तानी अब अनलाइनबाटै

बागमती प्रदेशले अस्थायी बाटो इजाजत पत्र (रुट परमिट) को पटके भुक्तानी अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको छ ।

कुमारी बैंकको मोबाइल एपबाटै अब निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा पाइने

अब कुमारी बैंकमा मुद्दति निक्षेप र रिकरिङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म…

अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न सर्वोच्चको आग्रह

सर्वोच्च अदालतले अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न आउन अनरोध गरेको छ । सर्वोच्चले १५ दिन भि…

अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि विभागको निर्देशन, सञ्चालन गरेमा कारबाही

औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट…

एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स जुन १० बाट सुरु हुँदै

एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) को प्रतीक्षा समाप्त भएको छ । डब्लुडब्लुडीसी जुन १० देखि १४ सम्म आयोजना हुँदैछ…

हराएको फोन खोज्न सघाउने गूगल म्याप्सको फिचर

आजभोलि गन्तव्यमा पुग्न गूगल म्याप्सले हामीलाई धेरै सहज बनाएको छ । एक ठाउँबाट अर्को ठाउँमासम्म जान मद्दत गर्ने महत्त्वपूर्ण सार…

नेपाल संवतमा मिति रूपान्तरण गर्न सकिने ‘तिथिमिति डट कम’

राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र आईटी कम्पनी स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवत्‌को…

सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक

चौधरी ग्रुपअन्तर्गतको कम्पनी ईओएल प्रालिले नयाँ सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक गरेको छ । ब्रान्ड…