अपडेट
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहीन
लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो। कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन्। जसले राज्यको सम्पत्तिमा असर पारेको छ।
यही वैशाख १३ गते लु१झ ६९६ नं को विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ। विसं २०८० चैत २३ गते सोही भ्यानलाई अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको देखेर स्थानीयले प्रहरीलाई बुझाएका थिए। चालकसहित भ्यानमा सवार दुई जना कोषका पदाधिकारी वा कर्मचारी कोही थिएनन्।
कोषको सूचना शाखाका कर्मचारी राजन बस्नेतले उक्त सवारी अनधिकृत रूपमा चलाउँदा २०८० साल साउन १९ गते दुर्घटना भएको थियो भने भ्यान मर्मतका लागि रु २८ लाख खर्च लाग्ने प्राविधिकले जनाएका छन्।
बस्नेतले चलाएको उक्त सवारीको ठक्करबाट लुम्बिनी सांस्कृतिक नगरपालिका–७ पक्डीहवाका ४० वर्षीय रविन्द्र यादव घाइते भएका थिए। साथै लु३१प १८६ नं को मोटरसाइकलमा ठूलो क्षति भएको उनको भनाइ छ। उनका अनुसार यहाँ लु१झ ६९४ नंको भ्यान पछाडितर्फ ठोक्किएको छ।
“ढोकामा ह्यान्डल गायब छ भने एउटा पाङ्ग्रा खोलिएको छ। लु१झ ६९५ नं भ्यानको चारवटै पाङ्ग्रा पञ्चर भएको छ। पाँचमध्ये चार बसको एसी बिग्रिएको छ। लु १झ ३८४ नम्बरको बसमा अगाडिको सिसा फुटेको छ”, उनले भने।
एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिनइनर्जी योजनाबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारी कोषका नाममा विसं २०७९ जेठ १२ गते नामसारी भई आएका हुन्। विभिन्न दुर्घटनामा क्षतिग्रस्त भएका सवारीसाधन तीनैमध्येबाट हुन्।
लुम्बिनीमा ल्याइएका १४ भ्यान र पाँच वटा विद्युतीय बस वातानुकूलित, अपाङ्गता मैत्री र स्वचालित ढोका भएका छन्। प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ।
एकपटक पूरा चार्ज गरेपछि चार सय किमी गुड्नसक्ने उक्त बस-भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा पनि छ।
अदालतले सेतोलाई हरियो नं प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न एक महिनाको समय सीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए। उनले भने, “उक्त समय सीमा नाघिसक्यो, अवस्था जस्ताको त्यस्तै छ।”
“कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्यअनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौँ। अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ”, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, “अब हरियो प्लेट बनाएर उद्देश्यअनुसारको प्रयोगमा ल्याइनेछ।” रासस
अपडेट
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश गरेको छ ।
यस उपलब्धिको अवसरमा कम्पनीले आफ्ना ग्राहकका लागि व…
टीएसएमसीले सार्वजनिक गर्यो १.४ न्यानोमिटर चीप प्रविधि
ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले आफ्नो नयाँ १.४ न्यानोमिटर (एनएम) चीप (प्रोसेसर) प्रविधि सार्वजनिक गरेको …
माइक्रोसफ्टको रिकल र सुधारिएको विन्डोज सर्च फिचर कोपाइलट एआई पीसीमा विस्तार
माइक्रोसफ्टले आफ्नो विवादास्पद रिकल फिचर घोषणा गरेको करिब एक वर्ष पछि अन्ततः कोपाइलट प्लस एआई पीसीहरूमा यसको सुरुवात गरेको छ ।…
वर्ल्डलिंकको ब्राण्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी
नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेट खेलाडीहर…
एक आपसमा समन्वय नहुँदा बिग्रेका ट्राफिक लाइट बनाउन सकस
एक आपसमा समन्वय नहुँदा बिग्रेका ट्राफिक लाइट बनाउन सकस देखिएको छ ।
काठमाडौं उपत्…
शिक्वल फाउन्डेसन र यूएन वुमनको सहकार्यमा आयोजित आइडियाथन २०२५ सम्पन्न
शिक्वल फाउन्डेसन र यूएन वुमन नेपालको सहकार्यमा आयोजित आइडियाथन २०२५ सम्पन्न भएको छ । यो कार्यक्रम नेपालकै सबैभन्दा ठूलो महिलामा…
सात दिने अल्टिमेटम दिएर सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी कदमप्रति ११ संस्थाको चिन्ता
११ वटा नागरिक संस्थाहरूको साझा समूह डिजिटल फ्रिडम कोलिसनले सात दिने अल्टिमेटम दिएर सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउ…
दैलेखको पर्यटकीय क्षेत्र गुराँसमा नेपाल टेलिकमको फोरजी सेवा
कर्णाली प्रदेशको सुर्खेत जिल्लाको गुराँस गाउँपालिका ४ मा नेपाल टेलिकमले फोरजी सेवा यही वैशाख ८ गतेबाट सञ्चालनमा ल्याएको छ।
फोरजी सेवा सञ्चालनमा…
च्याटजीपीटी, कोपाईलट, जेमिनाई वा ग्रोक: कुन एआई मोडेल कुन काममा उत्कृष्ट?
एआई अब भविष्यको होइन, वर्तमानको आवश्यकता बनेको छ । यो सामान्य जीवनमा काम गर्ने तरिकाहरूलाई तीव्र रूपमा परिवर्तन गर्दैछ, अर्थात् म…
नेपाल मोबाइल वितरक संघका नवनिर्वाचित पदाधिकारीहरूलाई एमपिआइएद्वारा बधाई तथा स्वागत
मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीह…
एससीटी युपिआई कार्डमार्फत भुक्तानी गर्दा मक्र्योर काठमाडौँ होटलमा विशेष छुट
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र यहि जनवरी देखि काठमाडौँको सुकेधारा हाइट्समा देश…
अमेरिकी ट्यारिफका बीच पनि चीनको रोबोटिक क्षेत्र विश्व बजारमा अगाडि
अमेरिकी ट्यारिफका कारण अहिले विश्वभर चिन्ता छ । धेरै देशहरू र त्यहाँ काम गर्ने कम्पनीहरूले अब आफ्नो नाफा–नोक्सानको मूल्यां…
युट्युबमा २० अर्ब भिडियो अपलोड! दुई दशकको यात्रामा विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्म बन्न सफल
दुनियाँको सबैभन्दा ठूलो भिडियो शेयरिङ्ग प्लेटफर्म युट्युबका दीवाना तपाईंलाई हरेक ठाउँमा भेटिन्छन् । यो प्लेटफर्म मनोरञ्जनदेखि लिए…
च्वाइस सुविधा ल्याउँदै दराज, किनमेल प्रक्रियालाई अझ सहज बनाउने
नेपालकै अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्शनका रुपमा ‘च्वाइस’ सार्वजनिक गर्ने…
डिजिटल कर्णाली कन्क्लेभ २०२५ सम्पन्न, प्रदेशको डिजिटल मार्गचित्र कोर्न सघाउने विश्वास
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार र आइस…