कीवर्डहरू -

ओपनएआईको नयाँ मोडेल GPT-5.5 सार्वजनिक, एआई झन् छिटो र स्मार्ट

ओपनएआईको नयाँ मोडेल GPT-5.5 सार्वजनिक, एआई झन् छिटो र स्मार्ट

काठमाडौं । ओपन एआईले आफ्नो नयाँ एआई मोडेल GPT-5.5 सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो अहिलेसम्मकै सबैभन्दा उन्नत र सहज प्रयोग गर्न मिल्ने मोडेल हो ।

यो मोडेल पहिलेभन्दा छिटो र बढी प्रभावकारी रहेको बताइएको छ, जसले कोडिङ, अनुसन्धान र गणित जस्तो क्षेत्रमा राम्रो प्रदर्शन गर्छ । साथै यसले गुगलको Gemini 3.1 pro र एन्थ्रपिकको Claude Opus 4.7  जस्ता प्रतिस्पर्धी मोडेलहरुभन्दा पनि राम्रो नतिजा दिने दाबी गरिएको छ ।

Open AI  का सह- संस्थापक Greg Brockman का अनुसार नयाँ मोडेल GPT-5.5 कम्पनीको भविष्यको “सुपर एप” अवधारणातर्फको एक महत्वपूर्ण कदम हो । यस अवधारणाअनुसार ChatGPT, Codex र एआई आधारित वेब ब्राउजर जस्ता 
प्लेटफर्म एकीकृत गर्ने लक्ष्य राखिएको छ ।

हाल GPT-5.5  क्रमश: भुक्तानी गर्ने ChatGpt प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइँदैछ, जसमा plus, pro, Business र Enterprise योजनाका प्रयोगकर्ताहरू समावेश छन् ।