अटो
विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएका छौँ : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताएका छन् ।
प्रतिनिधिसभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट हुने वित्तिकै ३० प्रतिशत भन्सार लगाउनु व्यावहारिक नभएकाले पाँच वर्गमा विभाजन गरी व्यावहारिक बनाइएको बताए ।
यसअघि विद्युतीय सवारी साधनलाई चार वर्गमा विभाजन गरी कर लगाइएको थियो। जसमा १०० किलोवाटसम्म १० प्रतिशत भन्सार महसुल, १०० देखि २०० किलोवाटसम्मका ३० प्रतिशत भन्सार महसुल र ३० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो।
साथै २०० किलोवाटदेखि ३०० किलोवाटसम्म ४५ प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क लाग्ने र ३०० किलोवाटभन्दा माथिका सवारी साधनमा ६० प्रतिशत भन्सार महसुल र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो ।
अब ५० किलोवाटसम्मका लागि १० प्रतिशत मात्र भन्सार महसुल लाग्नेछ । साथै ५० देखि १०० किलोवाटसम्म १५ प्रतिशत भन्सार महसुल र १० प्रतिशत अन्तःशुल्क लाग्ने र १०० किलोवाटदेखि २०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क लाग्ने छ।
साथै २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका विद्युतीय सवारी साधनमा लागि ४० प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । त्यसैगरी सोभन्दा बढी क्षमताको हकमा साविक बमोजिमकै दरमा लाग्ने व्यवस्था गरिएको अर्थमन्त्री डा महतको भनाइ छ।
पेट्रोलियम पदार्थमा आधारित सबै क्षमताका सवारी साधनमासमेत भन्सार दर एउटै रहेको उनको भनाइ छ। सवारीमा क्षमताको आधारमा अन्तःशुल्क दरमा मात्र सामान्य फरक रहेको उनले प्रष्ट पारे।
अटो
विद्युतीय ट्याक्सी एक्सप्रेस टीमा जीपीएस प्रविधि
काठमाडौँ उपत्यकाका सडकहरूमा प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी गुड्न थालेको पन…
ग्रन्थ ईभीले काठमाडौं उपत्यका बाहिर २ वटा डिलर दिदै, माग्यो आवेदन
ग्रन्थ इलेक्ट्रिकल भेहिकलले काठमाडौं उपत्यका बाहिर २ वटा डिलरशिप दिने भएको छ । ग्रन्…
नेपालमा इलेक्ट्रिक कारको आयात ह्वात्तै बढ्यो, सबैभन्दा धेरै भारतबाट
नेपालमा इलेक्ट्रिक कार (ईभी)को आयात दिनानुदिन बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९…
सुन्दर अटो इन्जिनियरिङले सार्वजनिक गर्यो विद्युतीय बाईक ‘गन्तव्य’, मूल्य साढे २ लाख
सुन्दर अटो इन्जिनियरिङले गन्तव्य विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको छ । सुन्दर अटो …
भैरहवा नाकाबाट विद्युतीय गाडीको आयात बढ्यो
भैरहवा भन्सार नाकाबाट नेपाल भित्रने विद्युतीय सवारीसाधनको आयात बढेको छ । पछिल्लो …
विद्युतीय रिक्सा चलाएर स्वरोजगार
वैशाख महिनाको टन्टलापुर घाममा विद्युतीय रिक्सा (अटोरिक्सा) चालक शोभाकान्त उपाध्याय …
नेपालमा टाटा नेक्सन म्याक्स विद्युतीय गाडी सार्वजनिक, कति छ मूल्य ?
टाटा मोटर्सका लागि सिप्रदी ट्रेडिङले नेपाली बजारमा नयाँ ईभी मोडल 'नेक्सन म्याक्स' भ…
आकर्षक डिजाइनसहित सार्वजनिक भयो ग्रन्थ ईभीको विद्युतीय स्कुटर, कति छ मूल्य ?
ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले नेपाली बजारमा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । …
अग्नि मोटोइन्कले ल्यायो नेपाली बजारमा येज्दी मोटरसाइकल, मूल्य कति ?
अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रालिले नेपालमा बहुप्रतिक्षित येज्दी मोट…
लुम्बिनी आउने धर्मावलम्बीका लागि लक्ष्मी केयर्सद्वारा विद्युतीय सवारी साधन प्रदान
लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले ल…
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्यो
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्…
टेस्लाले सन् २०२३ को तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्ने
टेस्लाले सन् २०२३ को तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्ने भएको छ । टेस्लाका प्…
नेपाली माटो सुहाउँदो ग्रन्थ विद्युतीय स्कुटर सार्वजनिक हुँदै, यस्ता छन् विशेषता
आउँदो वैशाख २३ गते ग्रन्थ ईभी स्कुटर सार्वजनिक हुने भएको छ । नेपाली डिजाइनमा चीनम…
चीनको सांघाइमा ठूलो ब्याट्री फ्याक्ट्री निर्माण गर्ने टेस्लाको घोषणा
अमेरिकी कार निर्माता कम्पनी टेस्ला इन्कर्पोरेसनले नयाँ मेगा फ्याक्ट्री निर्माण गर्ने घोषणा गरेको छ ।
…
सन् २०२४ मा सार्वजनिक हुँदै होन्डाको पहिलो विद्युतीय गाडी
सन् २०२४ मा होन्डाको पहिलो विद्युतीय गाडी सार्वजनिक हुने भएको छ । होन्डाको पहिलो व…