कीवर्डहरू -

अटो

नेपालमा कोना विद्युतीय गाडी सार्वजनिक, कति छ मूल्य ?

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जिएल विद्युतीय गाडी सार्वजनिक गरेको छ । कोना इभीको इन्ट्री भेरियन्टको मूल्य जीएल ५९ लाख ९६ हजार र जीएल एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

विद्युतीय गाडीहरुको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो सर्वाधिक सफल इलेक्ट्रीक मोडल कोनाको जी एल भर्सन  ल्याएको हो । नेपालमा निकै सफल कोना इलेक्ट्रीक एउटा सफल क्रसओभर ईभी हो ।

नयाँ इलेक्ट्रीक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएको छ । नयाँ कोनामा ड्राइभिङ रेन्ज पनि बढेको छ । नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी यसमा भएको मुख्य परिमार्जन हो ।

हुन्डाई कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । व्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कमगरी कोनाको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ ।

हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।

हुन्डाई कोनामा रहेको ८ इन्चको टचस्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्च स्तरीय बनाउने दाबी कम्पनीको छ । नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता कलर अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अटो

टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा, कति छ मूल्य ?

टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज बहुप्रतिक्षित प्रिमियम इल…

पारामाउन्ट मोटर्सको एमजी कमेट ईभी र एमजी ४ ईभी नेपाली बजारमा उपलब्ध

एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली…

उच्च प्रविधि युक्त जेसिस्टको राया-जीइलेक्ट्रिक स्कुटर नेपाली बजारमा

काठमाडौं आम उपभोक्ताहरुमा विद्युतीय सवारी साधन प्रति आकर्षण बढिरहेको बेला इन्डोनेस…

टेस्लाको चिनियाँ फ्याक्ट्रीमा २० लाख युनिट कार उत्पादन, हरेक ४० सेकेन्डमा बन्छ एउटा कार

ठूला इलेक्ट्रिक भेहिकल (इभी) कम्पनी मध्येको टेस्लाको चाइना फ्याक्ट्रीले चार वर्षमा २० …

रेनोका गाडी किन्न सानिमा बैंकबाट सहुलियत ऋण पाइने

नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंक बिच …

टिभिएसले नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्दै, यस्ता छन् सुविधा

टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही भदौ २६ गतेदेखि हुन गई…

मिनीका दुई विद्युतीय कार सार्वजनिक

विद्युतीय सवारी साधन निर्माता कम्पनी मिनीले २०२५ कूपर ई र कूपर एसई कम्प्याक्ट इलेक्ट्…

विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा

नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीका लागि देशभर ५१ वटा चार्जिङ स्टेसन सञ्चालन…

जीडब्लुएमको विद्युतीय गाडी ओरा ०३ को डेलिभरी सुरु, यस्ता छन् सुविधा

भीजी ईम्पेक्सले नेपालमा जीडब्लुएमको इलेक्ट्रिक-क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको…

५८ लाख पर्ने विद्युतीय मोटरसाइकल

शुक्रबारदेखि काठमाडौंको भृकुटिमण्डपमा ईभी एक्सपोमा सुरू भएको छ । ईभी एक्सपोमा ५८ …

२३ लाखमै विद्युतीय गाडी हेनरी मिनकार पाइने

विद्युतीय गाडी हेनरी मिनकार २३ लाखमै पाइने भएको छ । शुक्रबारदेखि भृकुटिमण्डपमा स…

शुक्रबारदेखि अन्तर्राष्ट्रिय ईभी प्रदर्शनी, १०० भन्दा बढी कम्पनीको सहभागीता रहने 

नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस तथा…

साउन महिनामा इलेक्ट्रीक कार आयातमा कमी 

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनामा इलेक्ट्रीक कार (इभी) आयातमा कमी  आएको …

तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्दै टेस्ला

टेस्लाले सन् २०२३ को तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्ने भएको छ । टेस्लाका प्…

सांग्रिला मोटर्सले शुरु ग¥यो सिट्रोन इ–सि थ्रीको हस्तान्तरण

काठमाडौँ, भाद्र १– नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.…