कीवर्डहरू -

अटो

एमएडब्लु वृद्धि चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यू इनर्जी नीति अवार्ड’ बाट सम्मानित

नेपालका लागि चांगान तथा दिपलका फ्यूचरिस्टिक इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रा. लि. चांगानको प्रतिष्ठित सांग्रिला न्यु इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ।

विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पुऱ्याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगान एमएडब्लु वृद्धिले यो अवार्डले सम्मानित गरेको कम्पनीले जनाएको छ।

एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फरेन्स’ मा यो अवार्ड हस्तान्तरण गरिएको हो।

हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालीन गतिशीलतामा एमएडब्लु वृद्धिको प्रतिबद्धता र नेपालमा इभीको सफल प्रबर्द्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ।

‘यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई प्रतिनिधित्व गर्छ,’ अवार्ड ग्रहण गरेपछि एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘हामी सफल र सुधित भविष्यका लागि नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहनेछौं।’

दीर्घकालीन भविष्यको नेतृत्व गर्ने चांगानको विश्वव्यापी नीतिलाई अवलम्बन गर्दै एमएडब्लु वृद्धिले फ्यूचरिस्टिक र ग्राहकमैत्री उत्पादनहरुमार्फत नेपालको इभी क्रान्तिलाई अघि बढाइरहेको कम्पनीको दावी छ। चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ।

कम्पनीका अनुसार ८ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ६ सय ५० भन्दा बढी विक्री भइसकेका छन्। विशेषता यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्टोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको बताइएको छ।

अटो

मुस्ताङको ८ हजार ९९९ फिट उचाइमा भिजी मोटर्सको फास्ट चार्जिङ स्टेशन

भिजी मोटर्सले ८ हजार ९९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसन सुरु गरेको छ । भिजी मोटर्स प्रालि नेपाल…

बीवाईडी एम ६ को बुकिङ खुला, कति छ मूल्य ?

बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बीवाईडी एम६ को बुकिङ खुला गरेको छ । नेपाल…

पोखरामा एक्सपेङ ईभी सार्वजनिक

नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ पोखरामा सार्वजनिक गरेको छ । यससँगै सीजी म…

वीरगन्जमा सार्वजनिक भयो नामी ईभी

नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस प्रदेशको वीरगन्जमा नामी ईभी  सार्वजनिक गरेको छ ।

नामी ईभीको मूल्य २५ हजारदेखि १ लाखसम्म बढ्यो

नामी ईभीको मूल्य वृद्धि भएको छ । नामी ईभीको मूल्य २५ हजारदेखि १ लाख रूपैयाँसम्म मूल्य बढेको हो । 

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा ईभी दिइने

ओमोडा एन्ड जेइकु १५ मंसिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को सहप्रायोजक बनेको छ । एनपीएलको पहिलो संस्करणमा ओमोडा …

ललितपुरको बागडोलमा सीजी मोटर्सको नयाँ अत्याधुनिक सर्भिस सेन्टर

नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा …

नयाँ भेरिएन्टको टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, कति छ मूल्य ?

नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरि…

कस्तो छ प्रिमियम इलेक्ट्रिक गाडी जिकर एक्स ?

जीकर एक्स, प्रिमियम कम्प्याक्ट एसयुभी हो, जुन आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । सबै ड्राइभ…

एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर अल-इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स हस्तान्तरण

नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर इलेक्ट्र…

बीवाईडी एट्टो ३ को मिडिया टेस्ट ड्राइभ सम्पन्न

बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्कले हालै लन्च गरेको ‘बीवाईडी एट्टो–३, २०२४’ भर्सनका…

नवलपरासीको दलदलेमा तेस्रो दिगो ई-स्टप, ईभी चार्जिङ र रेष्टुरेन्टको सुविधा

दिगो ग्रुपले आफ्नो तेस्रो ई-स्टप सञ्चालनमा ल्याएको छ । आइतबार नवलपरासीको दलदलेस्थित ई-स्टपमा सडक यात्रुका लागि रेस्टुरेन्टको सुविध…

डीसी फास्ट चार्जिङ स्टेसन नेटवर्क विस्तारका लागि शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता

नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदममा शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले डीसी फास्ट चार्जिङ स्टेस…

फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी

फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली…

बुटवलमा दिपल ईभी सार्वजनिक

लुम्बिनी प्रदेशको बुटवलमा पनि दिपल ईभी सार्वजनिक भएको छ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आइतबार लु…