अटो
ओमोडा ई फाइभ इभी नेपालमा सार्वजनिक, मूल्य ५९ लाख
ओमोडा ई फाइभ इभी नेपालमा सार्वजनिक भएको छ । एसपीजी अटोमोबाइल्सले उच्च प्राविधिक सुविधाहरू, सुरक्षा, र आधुनिक डिजाइनसहितको ओमोडा ई फाइभ इभी नेपालमा ल्याएको हो ।
ओमोडा ई फाइभमा १८० एमएम ग्राउन्ड क्लियरेन्स सुविधा रहेको छ । ६१ किलोवाट आवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर तथा ३४० न्युटनमिटर टर्कको साथ यसले ५१० किलोमिटर (एनईडीसी) र ४३० किलोमिटर (डब्लुएलटिपी) को दायरा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यो एक्टेरियर (बाहिरी) डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक आधुनिक डिजाइन दर्शनमा आधारित रहेको छ । यसको एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड-मेट्रिक्स-टेललाइट, टी-आकारको डेटाइम रनिङ हेडलाइटले उक्त डिजाइन छ ।
गाडीमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरूसहितको सुविधा छन् ।
साथै यसमा १७ एडीएएस सुविधाहरू पनि उपलब्ध छन्, जसमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट, डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग रहेका छन् ।
ओमोडा ई फाइभ इभी २८ मिनेटमा ३० प्रतिशत बाट ८० प्रतिशत चार्ज हुने ‘अल्टिमेट फास्ट चार्जिङ’ सुविधा पनि रहेको छ । यसको मूल्य ५९ लाख ४९ हजार रूपैयाँ तोकिएको छ । उत्तरढोकामा शोरुम राखेर गाडीको बुकिङ्ग लिन सुरु गरेको कम्पनीले सीतापाइलामा आफ्नै प्राविधिक सर्भिस सेन्टर राखेको छ । केही महिनाभित्रै देशभर १२ देखि १५ वटा शोरूम विस्तार गरिने कम्पनीको भनाइ छ ।
अटो
२ महिनादेखि बिग्रेको मुग्लिनको चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेव…
टाटा मोटर्स फन कार्निभलमा पुराना गाडीसँग नेक्सन र टियागो इभी साट्न सकिने
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रम शुक्रबारदेखि सुरु गरेको छ । …
टाटा मोटर्सको फन कार्निभल, जुनसुकै ब्राण्डका पुराना गाडीसँग नेक्सन र टियागो इभी साट्न सकिने
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ …
हुन्डाईको नयाँ वर्ष योजना, विद्युतीय गाडी किन्दा ५० हजारसम्मको गो-ग्रीन बोनस
हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल ले नयाँ वर्षलाई मध्यनजर गर्दै 'हुन्डाई न्यू एयर डिलाइट २०२४'…
हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान नेपालमा आउँदै
नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ । बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्द…
ग्रेटवाल मोटर्सको विन्टर अफर, विद्युतीय गाडी खरिद गर्दा ३ लाखसम्मको फाइदा
नेपालमा ग्रेटवाल मोटर्स जीडब्लूएम सवारी साधनहरूको आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले लक्जरी, सेभिङ साथै अन्य फाइदाहरूसहित …
बिवाइडी डल्फिन कारले पायो युरोपको प्रतिष्ठित अवार्ड
विद्युतीय सवारी ब्राण्ड बिवाईडीको डल्फिन कारले युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई कार अफ युरोप-२०२४’ अवार्ड जितेको…
सेरेसको थ्री एस सुविधासहितको शोरूम पोखराको नागढुंगामा
पोखराको नागढुंगामा सेरेसले आफ्नो तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ । कम्पनीले पोखरामा थ्री …
पेट्रोलियम सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्दै ई–बाहन
पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढ्न थालेको छ । सरकारी निकायदेखि निजी क्षेत्रले समेत विद्युतीय सवारीसाधन अर्थात ईभीलाई…
केयूले ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ?
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्…
टाटा मोटर्सको म्याक्सचेञ्ज मेला हुँदै, जुनसुकै ब्राण्डका पुराना गाडीसँग नेक्सन म्याक्स साट्न सकिने
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले म्याक्सचेञ्ज मेला गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुरा…
तीन ठाउँमा सिजी मोटर्सको नयाँ शोरूम
ग्राहकहरुमाझ लोकप्रिय इभी नेटा भी, ११ सिटर सिजि केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सिज…
अब विद्युतीय साइकलमा पनि कर लाग्ने
अब विद्युतीय साइकलमा पनि कर लाग्ने भएको छ । भन्सार विभागले सबै भन्सार कार्यालयलाई पत्र पठाउँदै विद्युतीय स्कुटर सरह वर्गीकरण गरी…
नेपाल भित्रियो भारतको लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्राण्ड अथर
भारतीय बजारमा निकै लोकप्रिय इलेक्ट्रिक स्कुटर अथर नेपाल भित्रिएको छ । वैद्य इनर्जीले अथरलाई नेपाल भित्र्याएको हो ।
थसिखेलमा सेरेसको अत्याधुनिक शोरुम
विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने उद्देश्यका साथ ललितपुरको थसिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शो…