अटो
बीवाईडीका काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टर शुभारम्भ
बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहक आधार वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।
कम्पनीले सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो गाइडलाइन अनुसार थप परिस्कृत गरेर सञ्चालनमा ल्याइएको छ । ४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेइकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने ८ सर्भिस बे रहेका छन् ।
त्यसैगरी बेजोड सर्भिस अनुभव प्रदान गर्नका लागि स्पेयर पार्ट्स वेयर हाउस रहेको छ । डेन्ट पेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्ज समेत रहेको छ ।
गौरीघाट सर्भिस सेन्टरमा सुपेरियर सर्भिस प्रदान गर्न प्रतिबद्ध ५० कर्मचारी रहेका छन् । उक्त सर्भिस सेन्टरको उद्घाटन सविन तन्डुकारले गरेका थिए, जो फर्स्ट जेन बीवाईडी ई६ को पहिलो ग्राहक हुन् ।
यसैगरी ललितपुरका लागि बीवाईडीको आधिकारिक वितरक रहेको इको ड्राइभ अटोमोबाइल्सले कुपण्डोलमा नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ८ हजार ५५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो सर्भिस सेन्टरमा ६ सर्भिस बे रहेका छन् । यी मध्ये २ वटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने ४ वटा स्पेसलाइज्ड ईभी टुल्सद्वारा सुसज्जित छन् ।
अटो
गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपालमा, मूल्य ५७ लाख
अर्क्स ग्रुपले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान सार्वजनिक गरेको छ । …
नासकारले सार्वजनिक गर्यो आफ्नो पहिलो विद्युतीय रेस कारको प्रोटोटाइप
नासकारले आफ्नो पहिलो विद्युतीय रेस कारको प्रोटोटाइप सार्वजनिक गरेको छ । सिकागो स्ट्रिट रेसमा नासकारले आफ्नो पहिलो विद्युतीय रेस कारको प्रोटोटाइप सार्वजनिक ग…
नेपालगञ्जमा ओमोडाको नयाँ शोरूम
नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपालगञ्जको करकन्दोमा नयाँ आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ …
टियागो ईभी मनसुन मेला, पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने
नेपालका लागी टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको…
हुन्डाईको विद्युतीय गाडी कोना शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले शून्य प्रतिशत ब्याजदरमा विद्युतीय गाडी कोना खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।
प्रीमियम इलेक्ट्रिक एसयूभी एलईभी ०१ नेपालमा आउँदै, यस्ता छन् फिचर
विश्वको प्रतिष्ठित डिजाइन हाउस शांघाई लन्च अटोमोटिभको पहिलो प्रीमियम एसयूभी एलईभी ०१ को आधिकारिक बिक्रेतामा वेबोर ग्रुप अंतर्गत…
यात्री र सिप्रदीबीच जोइन्ट भेञ्चर स्थापना गर्ने सम्झौता, किफायती दुई पांग्रे ईभी बनाइने
यात्री र सिप्रदीबीच यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्द्धन गर्न जोइन्ट भेञ्चर कम्पनी स्थापना गर्ने सम्झौता भएको छ ।
२२ सिट क्षमताको विद्युतीय बस नेपालमा आउँदै, एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने
शशिला मोटर्स प्रालिले भ्यान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ ।
सोकोन ईसी ३६ ईभी भ्यान नेपालमा, मूल्य साढे ४५ लाख
नेपालमा सोकोन ईसी ३६ विद्युतीय (ईभी) भ्यान सार्वजनिक भएको छ । एमएडब्लू वृद्धीले नेपाली बजारमा सोकोन ईसी ३६ ईभी भ्यान सार्वजनिक…
बहुप्रतिक्षित चिनियाँ प्रिमियम इलेक्ट्रिक कार ब्राण्ड जिकर नेपाल आउँदै
शारडा ग्रुपले बहुप्रतिक्षित चिनियाँ प्रिमियम इलेक्ट्रिक कार ब्राण्ड जिकर शारडा ग्रुपले ल्याउने भएको छ । जिकर ब्राण्डको नेपालको आधिक…
ओमोडा ईभी खरिद गर्नेलाई नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने
नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि र नबिल बैंक लिमिटेडबीच सम्झौता भएको छ ।
ईभी ब्याट्री स्वदेशमै बनाउन कोशी प्रदेशले प्रोत्साहन गर्ने, ७ करोड बजेट विनियोजन
कोशी प्रदेशले ईभीमा प्रयोग हुने ब्याट्री स्वदेशमा नै उत्पादन गर्न प्रदेशभित्रका उद्योगहरुलाई प्रोत्साहन गर्ने भएको छ ।
…चिनियाँ विद्युतीय सवारीसाधनमाथि थप ३८ प्रतिशतसम्म कर लगाउने तयारीमा युरोपियन युनियन
युरोपियन युनियनले चिनियाँ विद्युतीय सवारीसाधनमा ३८ प्रतिशतसम्म अतिरिक्त कर लगाउने भएको छ । स्थानीय उत्पादकलाई सुरक्षित गर्न युन…
बालकुमारीमा डोफे ईभीको शोरुम सञ्चालनमा
त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा डोफे इलेक्ट्रिक भेहिकल्सको लागि शोरुम संचालनमा ल्याएको छ ।
ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी
ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । …