कीवर्डहरू -

अटो

नेपालमा आयो टाटा एनआरजी, मूल्य २९ लाख ५५ हजार

काठमाडौं – टाटा मोटर्सको ह्याचब्याक कार एनआरजी आज नेपाली बजारमा लन्च भएको छ । एक कार्यक्रमका बीच टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सो कार सार्वजनिक गरेको हो ।

सार्वजनिक समारोहमा टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड सुजन रोय, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबावु श्रेष्ठलगायतका अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिति थियो ।

सो अवसरमा सुजन रोयले नयाँ गाडीको वारेमा आवश्यक जानकारी प्रदान गर्दै नेपालकै सबैभन्दा योङगेस्ट सीयूभीको रुपमा टाटा एनआरजीलाई नेपाली बजारमा उपलब्ध गराएको बताए ।

त्यसैगरी श्रेष्ठले बेजोड डिजाइन र प्रविधि रहेको टाटा एनआरजीले नेपाली बजारमा एउटा विशेष स्थान हासिल गर्ने बताए ।

\"\"

सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट (पीभीबीयू) हेड सावन्तजङ्ग सिजापतिले सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा नेपाली बजारमा सो गाडीले राम्रो बजार लिने विश्वास ब्यक्त गरे ।

एनआरजी अंग्रेजी शब्द इनर्जीका बीचका तीन वटा स्पेलिङ मिलाएर यो शब्द बनेको हो । त्यसैले खासमा यसलाई टाटा इनर्जी पनि भनिन्छ ।

नेपाली बजारमा एनआरजीको पेट्रोल भेरिएन्ट उपलब्ध हुनेछ । यसमा रहेको ११९९ सीसीको ३ सिलिन्डर पेट्रोल इन्जिनले ८५ पीएस पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड म्यानुअल गियरबक्स छ ।

यसको टेलगेट तथा दुबै साइडमा मस्कुलर क्लाइडिङ तथा अगाडि र पछाडि बम्परमा सिल्भर कलरको रग स्किड प्लेट राखिएको छ । कालोे रङको छत छ भने यसमा रुफ रेलको पनि प्रयोग गरिएको छ । १४ इन्चको फोर स्पोक ड्युअल टोन एलोई ह्विल भएको सो कारको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । यसमा ३५ लिटरको इन्धन ट्यांकी छ ।

यसको क्याविनमा पूरै ब्ल्याक कलरको प्रयोग गरिएको छ र कतै मात्र अरेन्ज कलरको लाइनिङ छ । यसमा ५ इन्चको थ्रीडी नेभिगेसनसहितको टच–स्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । टाटाले आफ्नो कारमा प्रयोग गर्दै आएको हर्मनको सो इन्फोटेनमेन्ट सिस्टममा आठवटा स्पिकर छन् । पछिल्लो भागमा स्टोरेजका लागि २४२ लिटरको बुट स्पेस छ ।

यसमा स्ट्यान्डर्ड सेफ्टी फिचरको रुपमा ड्युअल फ्रन्ट एयरब्याग, रिभर्स पार्किङ असिस्ट, स्मार्ट रियर वाइपर, ड्राइभर सिट रिमाइन्डर, ईबीडीसहितको एबीएस र कर्नर स्ट्याबिलीटी कन्ट्रोल, आर्मोड बडी तथा क्याविन र फलोमी हेडल्याप आदि उपलब्ध छन् ।

विभिन्न तीन कलर अप्सनमा उपलब्ध हुने टाटा एनआरजीको इन्ट्रोडक्टरी मूल्य २९ लाख ५५ हजार रुपैयाँ हुने बताइएको छ ।

अटो

सुजुकीको स्टाइलिस स्कुटर बर्गम्यान स्ट्रिट १२५

सुजुकीको हालसम्मकै सर्बाधिक स्टाइलिस स्कुटर बर्गम्यान स्ट्रिट १२५ नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भएको छ । आजबाट सुजुकीका सबै सोरुममार्फत सो बाइक बुकिङ गर्…

आजदेखि रेनो एक्सचेन्ज क्याम्प सुरु

मंसिर २० गतेदेखि पुष ६ गतेसम्म देशैभर 'रेनो एक्सचेन्ज क्याप' सुरु भएको छ । 'पुरानो छोडौँ ! नयाँ गुडऔँ' भन्ने ट्यागलाइनका साथ अटोमोब…

एयर बस ए२२० – ले नेपालमा प्रथम ल्याण्डिङ् गर्यो 

एयर बस फेमलीको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट, द ए२२०–ले बिश्व भ्रमणको दौरान नेपालमा पहिलो पटक भ्रमण गरेको छ । सानो एकल–आएल मार्केटमा उत्कृ…

टि भि एस “३ मिलियनअपाचे अन रोड“

टिभिएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल ब्रान्ड अपाचेले हालै आफ्नो मोटरसाइकलको विश्वभर ३० लाख िबक्री र सक्रियताको चरम यात्रा पार गरेको छ ।

यसैको …

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१८ सम्पन्न

काठमाडौं – स्ट्रिट बाइक च्याम्पियनसिप ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१८’ मा २०० सीसीतर्फ प्रशान्त जङ्ग कार्की र १५० सीसी तर्फ विवेश श्रेष्ठल…

अन्तरिक्षमा वियर लैजाने तयारी 


एक मिडिया रिपोर्टको अनुसार अव छिट्टै नै वीयरलाई अन्तरिक्षमा लैजाने तयारी भएको छ । 


यसका लागि एक व…

सुबुनाको टेक्नो लाइफस्टाइल 

केहि समयअघि देश चुनावमय भइरहेको बेला यस्ता एक उमेद्वारको बारेमा हामीले टेक्नो लाइफस्टाइल प्रस्तुत गरेका थियौ, जो सम्भवत प्रतिनिधि सभाको लागि …