अटो
थर्ड ह्विलले बेच्न थाल्यो इलेक्ट्रिक स्कुटर, २५ हजार सम्म छुटको सुविधा
काठमाडौं । थर्ड ह्विलले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर उपलब्ध गराउन थालेको छ । कम्पनीले शुक्रबारदेखि अनलाइनमार्फत् ती स्कुटर बिक्रीको सेवा सुरू गरेको हो ।
थर्ड ह्विल विगत २ वर्ष देखि नै अनलाइन माध्यमबाट दुई पाङ्ग्रे सवारीको सर्भिसिङ गर्ने, पार्टपुर्जा बिक्री गर्ने, बाइक तथा स्कुटरहरुको एक्सेसरिजहरुको बिक्री लगायतका सेवा दिदै आएको थियो ।
थर्ड ह्विलले व्यवसाय विस्तारको नयाँ अध्यायका रूपमा इलेक्ट्रिक स्कुटरहरु अनलाइन प्लेटफर्म मार्फत् विक्री वितरण गर्ने कामको थालनी गरेको छ ।
कम्पनीले भारतको प्योर कम्पनीका ई–प्लुटो र इट्रान्स नियो नामका दुई स्कुटर बिक्रीमा राखेको छ । भारतीय ब्रान्डका यी स्कुटर किन्न चाहनेले अनलाइनमा अर्डर गरेपछि ‘टेस्ट ड्राइभ’ गर्न घर अथवा अफिसमा नै उपलब्ध हुनेछन् ।
ई प्लुटो ७ जी को मूल्य २ लाख ४९ हजार कायम गरिएको छ । क्रोम फिनिस्ड बडी रहेको ई प्लुटोमा २.५ किलोवाट आवरको पोर्टेबल ब्याट्री प्याक दिइएको छ जसले फुल चार्जमा ९० देखि १ सय २० किलोमिटर दौडन सक्ने क्षमता राख्छ ।
तीन स्पिड मोड दिइएको स्कुटर ६० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ । स्कुटरमा एलईडी ड्यासबोर्ड दिइएको छ भने ३० एनएमको टर्क उत्पादन गर्न सक्छ ।
स्कुटरमा प्रयोग भएको ब्याट्रीमा ३ वर्ष वा ४० हजार किलोमीटरको वारेन्टी कम्पनीले नै दिएको छ भने थर्ड ह्विलले आफ्ना ग्राहकका हकमा एक बर्ष इमर्जेन्सी मेन्टिनेन्सको सुविधा थप गरेको छ ।
नियो इट्रान्समा भने क्रोम फिनिसबाहेक सबै विषेशता छन् । स्कुटरको मूल्य २ लाख २९ हजार रूपैयाँ तोकिएको छ ।
थर्ड ह्विलले बेच्न लागेका यी स्कुटरहरु माछापुच्छ्रे बैंक, नबिल बैंक र एनआईसी एसिया बैंकबाट शुन्य ब्याजदरमा किन्न सकिन्छ ।
स्कुटर किन्दा १० हजार रूपैयाँ बराबरको एसोसेरिज निःशूल्क तथा १५ हजार क्यास ब्याक पनि दिइने बताइएको छ । कम्पनीले स्कुटरमा एक वर्षको निःशूल्क सर्भिसिङको सुविधा दिइएको छ ।
अटो
फोर्ड इकोस्पोर्ट २०२१ संस्करणकको बुकिङ खुल्ला
जीओ अटोमोबाईल्स प्रालि (जीओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले न…
विद्युतीय सवारीसाधनको जाँच उपकरणबाट गरिने
नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिए…
नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निशान लिफ’ आउँदै, ४० मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुने
निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाध…
दीगोको स्वर्ण उत्सव अफर, हरेक खरिदमा चार तोलासम्म सुन र अरु थुप्रै उपहार
दीगोले दीगो ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दसैं अफर ‘दीगो स्वर्ण उत्सव’ सार्वजनिक गरक…
फोर्डको ईकोस्पोर्ट पावर च्यालेन्ज
जीओ अटोमोबाईल्स प्रालि (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याएको …
विद्युतीय सवारीसाधन र इन्धनबाट चल्ने सवारीसाधनबीचका मुख्य भिन्नताहरू
बाहिरबाट हेर्दा विद्युतीय सवारीसाधनहरू, इन्धन (पेट्रोलियम पदार्थक)बाट चल्ने सवारीसाधनजस्तै देखिन्छन् । यत्ति हो कि विद्…
निसानको धमाकेदार दशैं, तिहार तथा छठ अफर, २० लाख रुपैयाँ नगद छुटका साथै अन्य आकर्षक अफर
निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अ…
टि भि एसले नेपालमै प्रथम पटक लाईभ स्मार्ट लन्चमार्फत मोटरसाइकल सार्वजनिक गर्दै
अन्तराष्ट्रिय अटोमोबाइल कम्पनी टिभिएस् मोटरको २ र ३ चक्के सवारिको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि अगस्ट १७, २०२० अर्थात २०७७ भाद्र १ सोमब…
निसानका गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआई र ब्याज कम्पनीले व्यहोर्ने
निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले यस बन्दाबन्दीको अवस्थालाई मध्यनजर …
कियाको निरो बुकिङ गरेकालाई लकडाउन खुले लगत्तै डेलिभरी
नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेका ग्राहकले लकडाउन खुलेलगत्तै उक्त एसयुभी चलाउन पाउने भएका छन् ।
नेपालका लागि कियाको एकल अधिकृ…
टिभीएस एनटर्क – सधैं तपाईको साथमा
जगदम्बा मोटर्स प्रा.लि.,नेपालका लागि टिभीएस स्कुटरको अधिकृत वितरकले नेपालीहरुको महान चाड दशैंको अवसरमा वृद्धवृद्धा र बच्चा बोकेको महिलाहरुको मन्दिर भ्रमणला…
पल्सर एनएस २०० अब एबीएसमा
काठमाडौं, ३ कात्तिक – हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०…
टीभीएसकाे भाइबरसँग सहकार्य, चाडपर्व अफरमा स्कूटर उपहार
काठमाडौं । नेपालका लागि टीभीएस दुई पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले डाउनलोड एन्ड विन नामक चाडपर्व योजना ल्याएको छ ।…
सुजुकी एसप्रेसोको प्रि बुकिङ खुला
सुजुकीको प्यासेन्जर कार एसप्रेसोको नेपालमा प्रि बुकिङ खुला भएको छ। नेपालका लागि आधिकारी बिक्रेता सिजी मोटोकर्पले उक्त कारको प्रि बुकिङ खुला गरेको जानकारी …
अटो एभ प्रालिले दशौं वार्षिकोत्सव मनायो
सुजुकी गाडीको काठमाडौंका लागि पहिलो आधिकारिक सर्भिस सेन्टरको रुपमा स्थापित अटो एभ प्रालिले शनिबार दशौं वार्षिकोत्स…