अटो
विद्युतीय बस सञ्चालन गर्दै ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ ।
‘ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ’, महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भने, ‘स्थानीय तहले विद्युतीय बस सञ्चालन गर्नेमा ललितपुर महानगरपालिका पहिलो स्थानीय सरकार हुनेछ ।’
प्रारम्भिक चरणमा चारवटा विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । आवश्यकताका आधारमा अरू छवटा विद्युतीय सवारीसाधन थप्ने महर्जनले जानकारी दिए । करिब एक महिनापछि महानगरपालिकाले विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ ।
उनका अनुसार अहिले ललितपुर क्षेत्रमा आउने अधिकांश पर्यटकको बसाइ आधा वा एक दिन मात्र हुने गरेको छ । विद्युतीय सवारीसाधन सञ्चालन गरी पर्यटकलाई निःशुल्क सेवा प्रदान गरिएपछि महानगरपालिकाले कम्तीमा पर्यटकलाई तीन दिनको प्याकेज बनाउने योजना बनाएको छ ।
त्यसपछि उक्त प्याकेजअन्तर्गत ललितपुरको पुल्चोक, पाटन दरबार क्षेत्र, लगनखेल, जावलाखेललगायतका क्षेत्रमा पर्यटकलाई विद्युतीय सवारीसाधनबाट निःशुल्क भ्रमण गराउने योजना महानगरपालिकाले बनाएको छ ।
पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणबाट पाटन दरबार क्षेत्र, लगनखेल, कुपन्डोल सानेपा, धोबीघाट जावलाखेललगायतका रुटमा महानगरपालिकाले विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ । उक्त सवारीसाधन खरिद गर्न करिब तीन करोड रुपियाँ लागत लाग्ने अनुमान महानगरपालिकाले गरेको छ ।
साझाले महानगरको लोगो राखेर चलाउने, महानगरले तोकेका व्यक्तिसँग शुल्क नलिने, साझाले बस सञ्चालन गर्दा बसको भाडाबाट नियमित रूपमा बस सञ्चालनको खर्च अपुग भए महानगरले थप बजेट प्रदान गर्नेछ ।
सेवा एक पटक सञ्चालन भएपछि त्यो दीर्घकालीन रूपमा सञ्चालन गर्न महानगरपालिकाले यस्तो नीति बनाएको महर्जनले बताए ।
स्मार्ट सडक बत्ती
ललितपुर महानगरपालिकाले पहिलो चरणमा महानगरपालिकाको कतिपय क्षेत्रमा राखेको स्मार्ट सडक बत्तीको प्रभावकारिता भएपछि स्मार्ट सडक बत्ती विभिन्न स्थानमा विस्तार गर्न लागेको छ ।
महानगरपालिकाले पहिलो चरणमा बागमती पुलबाट पुल्चोक, जावलाखेल हुँदै सातदोबाटो, कोपुन्डोलबाट पाटनढोका, अशोकहल, नागबहाल हुँदै मङ्गलबजार, पाटन दरबार क्षेत्रमा स्मार्ट सडक बत्ती राखेको थियो ।
त्यस्तै पुल्चोकबाट गाःबहाल, मङ्गलबजार, ग्वार्को र जावलाखेलबाट एकान्तकुनासम्म गरी ६६९ वटा स्मार्ट सडक बत्ती जडान भइसकेको छ ।
स्मार्ट सडक बत्ती प्रभावकारी भएपछि महानगरपालिकाले दोस्रो चरणमा हरिसिद्धी, धापाखेल, सुनाकोठी, सैंबु भैँसीपाटी बुङ्मतीलगायतका क्षेत्रमा सडक बत्ती जडान गर्न लागेको नगरप्रमुख महर्जनले जानकारी दिए । उनले भने, ‘सो क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएपछि रात्रिकालीन रूपमा समेत सहज रूपमा आवतजावत गर्न सकिनेछ ।’
तेस्रो चरणमा ललितपुर महानगरपालिकाको क्षेत्र पर्ने चक्रपथमा स्मार्ट सडक बत्ती राख्ने तयारी छ । चक्रपथको मनोहरा नदीका बालकुमारीदेखि बल्खुसम्मको दायाँबायाँको सर्भिस ट्र्याकमा गरी १५.८ किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने योजना बनाइएको छ ।
उक्त कार्यका लागि करिब १८ करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता भइसकेको छ । जसमा ६० प्रतिशत महानगरपालिका र ४० प्रतिशत विद्युत् प्राधिकरणले बेहोर्ने गरी त्रिपक्षीय सम्झौता भएको महर्जनले बताए । गोरखापत्रबाट
अटो
क्यामेरा र ट्रंक बिग्रिएको भन्दै टेस्लाले फिर्ता मगायो ५ लाख गाडी
टेस्लाले करिब ५ लाख गाडीहरुलाई क्यामेरा र ट्रकं बिग्रिएको भनेर कम्पनीमा फिर्ता मगाए…
विद्यार्थीले बनाए विद्युतीय कार
निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चार पाङ्ग्रे विद्युतीय…
टीभीएसले सार्वजनिक गर्याे स्पोर्टी मोटरसाइकल ‘रेडर’
टीभीएस मोटर्सको स्पोर्टी मोटरसाइकल ‘रेडर १२५’ सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकल…
नेपालमै पहिलो पटक सञ्चालन आयो विद्युतीय एम्बुलेन्स, एक पटकको चार्जमा ३१० किलोमिटर गुड्ने
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले विद्युतीय एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किष्…
अब चीनमा टेस्लाले मोडेल वाईमा एएमडी राईजेन चिप प्रयोग गर्ने
टेस्ला मोडेल वाईले चीनमा एएमडी राईजेन चिपको अपग्रेड प्राप्त गरेको छ । यसले गर्दा च…
रोल्स रोयसको विद्युतीय हवाइजहाज प्रति घण्टा ३८७ माइलको गतिमा उड्यो
रोल्स रोयसको विद्युतीय हवाईजहाज ३८७.४ माइल प्रति घण्टाको गतिमा उडेर रेकर्ड कायम गरेको कम्पनीले दावी गरेको छ । ‘स्पि…
मुस्ताङको जोमसोममा बजाज डोमिनार २५० राइड
बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले…
अमेरिकी प्रविधिको बोबक्याट बी ७६० ब्याक्हो लोडर नेपालमा
इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले नेपालमा उपयुक्त हुने बोबक्याट बी …
२ वर्षमा ६ लाख विद्युतीय गाडी उत्पादन गर्ने योजनामा फोर्ड
फोर्डले सन् २०२३ को अन्त्यसम्ममा ६ लाख विद्युतीय गाडी उत्पादन गर्ने योजना राखेको छ । …
टेस्लाको एप सर्भर केही घण्टाका लागि बन्द भएपछि सेवाग्राहीहरु गाडी बाहिरै लक हुन बाध्य
टेस्लाको एप सर्भर हिजो अर्थात २१ नोभेम्बरमा केही घण्टाका लागि बन्द भएपछि केही सेवाग्…
सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्दै एप्पल
एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो …
अर्थमन्त्री र अर्थ सचिवले गरे नेपालमै बनेको विद्युतीय बाइक यात्रीको टेष्ट राइड
मंगलबार अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु मरासिनीले नेपालमै बनेको विद्युतीय म…
टेस्लाको सुपारचार्जर स्टेशनमा स्टारलिकंको स्याटेलाईट इन्टरनेट उपलब्ध हुने
टेस्लाले सुपारचार्जर स्टेशनहरुमा स्टारलिकंको स्याटेलाईट इन्टरनेट राख्ने भएको छ । अब …
ड्राइभिङ लाइसेन्सका लागि तीन हप्तामा चार लाखले दिए आवेदन
लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार ल…
चिप अभावका कारण समस्यामा टेस्ला, यूएसबी पोर्ट बिना नै विद्युतीय गाडी विक्री गर्दै
चिप अभावका कारण टेस्लाले यूएसबी पोर्ट बिनानै विद्युतीय गाडी विक्री गरिरहेको जनाइए…