अटो
४० वटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान
साझा यातायातले विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले ३०० विद्युतीय बस खरीदको जिम्मेवारी पुनः साझालाई नै प्रदान गरेपछि साझाले खरीद प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले पहिलो चरणमा ४० वटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले २०७५ पुसमा ३०० विद्युतीय बस खरीद गर्ने निर्णय गरी २०७६ वैशाख १ गतेभित्र काठमाडौं उपत्यकामा सञ्चालन गरिसक्ने बताएको थियो ।
तर २०७६ साउन १ गते मात्र बस खरीदको जिम्मेवारी सरकारी स्वामित्वमा रहेको साझा यातायातलाई दिइएकोमा ३ महीना नबित्दै सरकारले बस खरिद गर्न नसकेको भन्दै साझाबाट रकम फिर्ता लिएको थियो ।
सरकारले आफै बस खरीद गर्ने भन्दै रकम फिर्ता लगेको डेढ वर्षसम्म पनि खरीद गर्न नसकेपछि माघ गत अन्तिम साता मन्त्रिपरिषद्को निर्णयमार्फत बस खरीदको जिम्मेवारी पुनः साझालाई नै दिने निर्णय गरेको थियो ।
उक्त समय बीचमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बसको न्यूनतम मापदण्ड बनाएर साझालाई दिएको थियो ।
‘हामीले पहिले पनि बसको बारेमा अध्ययन गरेका थियौं, त्यसअनुसार तयारीमै थियौं,’ साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले भने, ‘सरकारले पुनः जिम्मेवारी दिएपछि पहिलो चरणमा ४० ओटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेका हौं ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
अटो
थर्ड ह्विलले बेच्न थाल्यो इलेक्ट्रिक स्कुटर, २५ हजार सम्म छुटको सुविधा
काठमाडौं । थर्ड ह्विलले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर उपलब्ध गराउन थालेक…
‘बजाज डोमिनार २५०’ नेपालमा सार्वजनिक, कति होला मूल्य ?
बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज डोमिनार २…
नयाँ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा
टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । टेल्जी स्कुटर तथा जि…
लबिम मलमा हुने क्रिसमसमा सहकार्य गर्दै फोर्ड, टेष्ट ड्राइभका साथै उपहार जित्न सक्ने
जीओ अटोमोवाइल्स प्रालि (जीओ) फोर्ड गाडीको नेपालको लागि आधिकारिक विक्रेताले हालै फ…
फोर्ड इकोस्पोर्ट २०२१ संस्करणकको बुकिङ खुल्ला
जीओ अटोमोबाईल्स प्रालि (जीओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले न…
विद्युतीय सवारीसाधनको जाँच उपकरणबाट गरिने
नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिए…
नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निशान लिफ’ आउँदै, ४० मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुने
निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाध…
दीगोको स्वर्ण उत्सव अफर, हरेक खरिदमा चार तोलासम्म सुन र अरु थुप्रै उपहार
दीगोले दीगो ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दसैं अफर ‘दीगो स्वर्ण उत्सव’ सार्वजनिक गरक…
फोर्डको ईकोस्पोर्ट पावर च्यालेन्ज
जीओ अटोमोबाईल्स प्रालि (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याएको …
विद्युतीय सवारीसाधन र इन्धनबाट चल्ने सवारीसाधनबीचका मुख्य भिन्नताहरू
बाहिरबाट हेर्दा विद्युतीय सवारीसाधनहरू, इन्धन (पेट्रोलियम पदार्थक)बाट चल्ने सवारीसाधनजस्तै देखिन्छन् । यत्ति हो कि विद्…
निसानको धमाकेदार दशैं, तिहार तथा छठ अफर, २० लाख रुपैयाँ नगद छुटका साथै अन्य आकर्षक अफर
निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अ…
टि भि एसले नेपालमै प्रथम पटक लाईभ स्मार्ट लन्चमार्फत मोटरसाइकल सार्वजनिक गर्दै
अन्तराष्ट्रिय अटोमोबाइल कम्पनी टिभिएस् मोटरको २ र ३ चक्के सवारिको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि अगस्ट १७, २०२० अर्थात २०७७ भाद्र १ सोमब…
निसानका गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआई र ब्याज कम्पनीले व्यहोर्ने
निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले यस बन्दाबन्दीको अवस्थालाई मध्यनजर …
कियाको निरो बुकिङ गरेकालाई लकडाउन खुले लगत्तै डेलिभरी
नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेका ग्राहकले लकडाउन खुलेलगत्तै उक्त एसयुभी चलाउन पाउने भएका छन् ।
नेपालका लागि कियाको एकल अधिकृ…
टिभीएस एनटर्क – सधैं तपाईको साथमा
जगदम्बा मोटर्स प्रा.लि.,नेपालका लागि टिभीएस स्कुटरको अधिकृत वितरकले नेपालीहरुको महान चाड दशैंको अवसरमा वृद्धवृद्धा र बच्चा बोकेको महिलाहरुको मन्दिर भ्रमणला…