शिक्षा
२५ लाख धरौटी' विरुद्ध राष्ट्रिय शैक्षिक परामर्श संघ, नियमावली सच्याउन सरकारसँग माग
काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको "शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३" प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले नियमावलीका केही प्रावधानहरू अव्यावहारिक रहेको भन्दै तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानले प्रत्येक नागरिकलाई शिक्षा प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै शैक्षिक परामर्श सेवा विद्यार्थी तथा अभिभावकलाई सही सूचना, मार्गदर्शन र परामर्श प्रदान गर्ने ज्ञानमा आधारित सेवा क्षेत्र भएको जनाएको छ । अत्यधिक आर्थिक तथा प्रशासनिक मापदण्डले यस क्षेत्रलाई सीमित गर्दा शिक्षा क्षेत्रमा पहुँच संकुचित हुने संघको भनाइ छ ।

एनइसीएका अनुसार प्रस्तावित नियमावलीमा उल्लेख गरिएको रु. २५ लाख धरौटी, शाखा विस्तारका लागि थप धरौटी तथा अन्य आर्थिक प्रावधानहरूले देशभर सञ्चालनमा रहेका साना तथा मझौला शैक्षिक परामर्श संस्थालाई प्रत्यक्ष असर पार्नेछ । यसले व्यवसाय विस्थापित हुनुका साथै हजारौं रोजगारीसमेत संकटमा पर्ने संघले चेतावनी दिएको छ ।
संघले विद्यार्थीको सम्पूर्ण अध्ययन अवधिभर परामर्श संस्थालाई एकपक्षीय रूपमा जिम्मेवार बनाउने व्यवस्था व्यवहारिक नभएको जनाएको छ । यस्ता प्रावधानले विशेष गरी आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सेवा दिन परामर्श संस्थाहरू हिच्किचाउने अवस्था सिर्जना हुने र यसको प्रत्यक्ष असर गरिब तथा मध्यमवर्गीय परिवारमा पर्ने उल्लेख गरिएको छ ।

एनइसीएले प्रतिस्पर्धात्मक वातावरणका कारण हाल धेरै विद्यार्थीले न्यून शुल्क वा निःशुल्क परामर्श सेवा प्राप्त गरिरहेको बताउँदै नयाँ नियमावलीले प्रतिस्पर्धा घटाउने, सेवा महँगो बनाउने र विदेश अध्ययनको अवसर सीमित पार्ने दाबी गरेको छ । संघका अनुसार यस क्षेत्रमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एक लाखभन्दा बढी नेपाली रोजगारीमा आबद्ध छन् ।
संघले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने सरकारको उद्देश्य सकारात्मक भएपनि नियमावली बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल हुनुपर्नेमा जोड दिएको छ । विद्यार्थी, अभिभावक, शैक्षिक संस्था तथा व्यवसायीको हितलाई ध्यानमा राख्दै व्यवहारिक र सन्तुलित नियमावली ल्याउनुपर्ने संघको माग छ ।

NECA का प्रमुख मागहरू
- रु. २५ लाख धरौटी तथा अन्य अत्यधिक आर्थिक प्रावधान पुनर्विचार गर्न ।
- विद्यार्थीको सम्पूर्ण अध्ययन अवधिभर परामर्श संस्थालाई जिम्मेवार बनाउने व्यवस्था संशोधन गर्न ।
- कार्यालय तथा पूर्वाधारसम्बन्धी मापदण्ड चरणबद्ध र व्यवहारिक बनाउन ।
- साना तथा मझौला व्यवसायीलाई विस्थापित गर्ने प्रावधान हटाउन ।
- नियमावली अन्तिम रूप दिनुअघि सबै सरोकारवालासँग व्यापक छलफल गर्न ।
- विद्यार्थी, अभिभावक, रोजगार र शैक्षिक परामर्श क्षेत्रको संरक्षण हुने गरी नियमावली संशोधन गर्न ।
NECA ले पारदर्शी, उत्तरदायी, विद्यार्थीमैत्री तथा गुणस्तरीय शैक्षिक परामर्श प्रणाली निर्माणका लागि सरकारसँग सहकार्य गर्न आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ ।
शिक्षा
विदेशी सम्बन्धनका कलेज र शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाइ, नयाँ नियमावली लागू
काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेज तथा शैक्षिक परामर्श (कन्सल्टेन्सी) सं…
नेपालमै अमेरिकन डिग्री : एमआईटी कलेजको ‘स्टडी इन नेपाल, ग्राजुएट फ्रम यूएसए’ अभियान
काठमाडौं । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढिरहेको छ । कक्षा १२ पूरा गरेपछि उच्…
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत…
एआई लिट्रेसी तालिम मोडुलको पाइलट शुभारम्भ, मन्त्री पोखरेल र एडीबी अध्यक्षद्वारा अवलोकन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा डिजिटल रूपान्तरणलाई थप सुदृढ बनाउने उद्देश्यसहित शिक्षकहरूका लागि तयार गरिएको &lsqu…
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिने कार्यप्रगति सार्वजनिक, यी हुन् प्रमुख उपलब्धि
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले वर्तमान सरकार गठनपछि पहिलो १०० दिनमा सम्पन्न भएका प्रमुख कामहरूको वि…
७ विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त, त्रिविमा प्रा. डा. भोला थापा
काठमाडौं । सरकारले सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ । विश्वविद्यालयका कुलपति समेत रहेक…
एआई युगका ‘लिडर’ उत्पादन गर्ने दाबी : किन आकर्षणको केन्द्र बन्दैछ सनवे कलेज ?
काठमाडौं । केही वर्षअघिसम्म कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence–AI) आम मानिसका लागि विज्ञान क…
नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीद्वारा नेपाल इको प्यानल उद्योगको शैक्षिक अवलोकन
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (NEC), चाँगुनारायण, भक्तपुरमा अध्ययनरत सिभिल इन्जिनियरिङ स्नातक (Bachelor i…
त्रिवि सेवा आयोगको नेतृत्वमा किशोर थापा, पद तथा गोपनीयताको लिए शपथ
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिवि सेवा आयोगका …
शिक्षा मन्त्रालयका १०० दिन : समयमै नतिजा, प्रविधिमैत्री सेवा र विश्वविद्यालय सुधारको अभियान
काठमाडौं । वर्तमान सरकार गठनपछि ढिलासुस्ती, परीक्षा व्यवस्थापन, विश्वविद्यालयको राजनीतिक प्रभाव र सेवा प्रवाहको…
उच्च शिक्षा सुधारमा सरकारको कदम : विश्वविद्यालयमा लागू भयो राष्ट्रिय शैक्षिक पात्रो
काठमाडौं । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोग…
परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित
काठमाडौं । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीन वटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएक…
एनसीआईटी : आईटी शिक्षा, अनुसन्धान र स्टार्टअप संस्कृतिको केन्द्र बन्दै
काठमाडौं । नेपालमा सूचना प्रविधि शिक्षाको इतिहास हेर्दा केही संस्थाहरूले मात्र समयसँगै आफ्नो पहिचानलाई बलियो…
त्रिवि अन्तर्गत बीआईटी कार्यक्रममा भर्ना खुल्यो, प्रवेश परीक्षा साउन ३० गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) विज्ञान तथा प्रविधि अध्ययन संस्थानले चारवर्षे स्नातक तह Bachelor in I…