कीवर्डहरू -

फिनटेक

ग्लोबल आईएमई बैंकको कार्डको पैसा अब मोबाइल बैंकिङबाट क्युआर भुक्तानीमा प्रयोग गर्न सकिने

ग्लोबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टू पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्यूआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवाको संयुक्तरुपमा शुभारम्भ गरेका हुन् । 

उक्त प्रविधिमार्फत ग्लोबल आइएमई बैंकका भिजा कार्ड बाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्यूआर क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्नेछन् । 

भिजा स्क्यान टू पे एउटा कार्ड–देखि–व्यापारी भुक्तानी सेवा हो । यसबाट कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ ।  

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले बैंकले जारी गरेको यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुङ्गा सावित हुने बताए । 

उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार नयाँनयाँ प्रविधिको विकास गरेकोमा बैंक लगायत संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । 

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैंक नयाँनयाँ प्रविधिको विकास र विस्तारमा सधै अग्रणि रहेको बताउँदै नयाँ प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि उत्तिकै जरुरी भएको र सबै सरोकारवाला मिलेर यसको प्रवद्र्धन गर्न जरुरी रहेको बताए । 

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनका प्रमुख कार्यकारी अधिकृत सुब्बाले प्रविधिको विकास र विस्तारमा सबै सरोकारवालाहरुबिच ठूलो सहकार्यको आवश्यकता रहेको बताए । 

स्विफ्ट टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले डिजिटल प्रविधिको विकास अहिलेको चर्चाको विषय रहेको बताएका थिए । 

भिजाका नेपाल, बंगलादेश तथा भुटानका लागि कन्ट्री म्यानेजर सौम्य बासुले नयाँ नयाँ प्रविधिको अनुसरण गर्न नेपाल अगाडि रहेको बताए ।

ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नयाँनयाँ डिजिटल प्रविधिको विकासभन्दा यसलाई अनुसरण गर्न ठूलो समस्या रहेको बताउँदै डिजिटल प्रविधिको प्रयोग बढाउन आवश्यक पूर्वाधार विकासमा सहयोग गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । 

फिनटेक

क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँ कारोबार

क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँ डिजिटल भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० कात्त…

घट्यो डिजिटल वालेटबाट हुने कारोबार

कात्तिक महिनामा डिजिटल वालेटबाट २० अर्ब २४ करोड ६० लाख रूपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक …

फोनपेबाट बाहिरिए विश्वास ढकाल, नयाँ अध्यक्षमा पूर्व बैंकर जोशी नियुक्त

फोनपेको अध्यक्षमा पूर्व बैंकर सशिन जोशी नियुक्त भएका छन् । फोनपेको अध्यक्ष पदबाट विश्वास ढकालले राजीनामा दिएसँगै स्वतन्त्र सञ्चालक …

इसेवाको बैंक अकाउन्ट लिंकबाट भुक्तानी गर्दा धादिङका थापाले पाए ३५० सीसीको मोटरसाइकल

इसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा बम्पर उपहारमा धादिङका निरज थापा मगरले ३५० सी सी को मोटरसाइकल जित्न सफल भएका छ…

द भ्वाइस अफ  नेपाल - सिजन फाइभको भोटिङ पार्टनरमा ‘खल्ती’

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले "द भ्वाइस नेपालसँग भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ । यस स…

राष्ट्रिय बीमा नीति २०८० जारी, प्रविधिमैत्री बीमाको विकास गर्ने लक्ष्य

सरकारले राष्ट्रिय बीमा नीति २०८० जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकले राष्ट्रिय बीमा नीति स्वीकृत गरेको हो । 

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्ने सुविधा

बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले कियोस्क मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सक…

माछापुच्छ्रे बैंकले सुरू गर्‍यो पिओएस मेसिनमा इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधि

माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक पिओएस मेसिनमा इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको सुरूवात गरेको छ । अब माछापुच्छ्रे ब…

नमस्ते पेलाई ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ अवार्ड

डिजिटल वालेट नमस्ते पेलाई आइबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३ को चौथो संस्करणमा ‘मोस्ट इनोभेटिभ डिजिटल…

बढ्दै मोबाइल बैंकिङ कारोबार, एक वर्षमै थपिए ३१ लाख बढी नयाँ प्रयोगकर्ता

एक वर्षमै ३१ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । गत वर्षको तुलनामा यस वर्ष ३१ लाख बढी नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपि…

ईसेवा मनि ट्रान्स्फर मार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु

विश्वका दुईसय भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी…

एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक अफर

एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ …

फोनपेको उपलब्धि: एकैदिन १० अर्ब रूपैयाँ भन्दा बढी कारोबारको सेटलमेन्ट

फोनपेले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उल्…

नेपालपे क्यूआरबाट मासिक १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

 नेपालपे क्यूआर सार्वजनिक भएको ६ महिना यता पहिलो पटक असोज महिनामा नेपालपे क्यूआरको प्रति महिना कारोबार १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । 

फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार

फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार भएको छ । मंगलबार फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार भएको हो । 

अक्टोबर १७ मा फोनपेले नयाँ…