कीवर्डहरू -

फिनटेक

गूगल प्ले स्टोरबाट ईसेवा एप कसरी गायब भयो ? यस्तो छ कारण

विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउनको लागि नयाँ नीति जारी गरेको छ । उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरु हटाउने गर्दै आइरहेको छ ।

गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्ने हुन्छ । इसेवाको हकमा भने अकाउन्ट इसेवा प्राइभेट लिमिटेडको नामले भेरिफाइड रहेको थियो तर केही समय अगाडि कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेडमा परिवर्तन भएको हुनाले गुगल प्ले स्टोरमा नाम परिवर्तन हुने क्रममा रहेको थियो ।

इसेवाको स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि रहेको थियो । गत वैशाख २८, २०८१ देखि भने कम्पनी लिमिटेडमा रूपान्तरण भएकोले यही नाम परिवर्तनको मामिलाले इसेवाको बिजनेस भेरिफिकेसनमा कठिनाइ उत्पन्न भएको थियो ।

गुगलले बिजनेस तथा संस्था भेरिफाइ गर्न डुन्स (DUNS) नम्बर प्रयोग गर्छ, जुन डुन एन्ड ब्राडस्ट्रिट नामक अमेरिकन कम्पनीले उपलब्ध गराउँछ । नाम परिवर्तन प्रक्रिया भइरहँदा गुगलको सिस्टममा भएको र डुन्स नम्बरमा भएको विवरण भिन्न देखिएकोले गुगलले प्ले स्टोरमा अस्थाई समयको लागि अनुपलब्ध गराएको थियो । अहिले सो प्रक्रिया पूरा भइसकेकोले इसेवा पुनः प्ले स्टोरमा उपलब्ध भइसेकेको छ । 

कुनै पनि एपको विवरण परिवर्तन हुँदा गुगल अन्तर्गत पूरा गर्नुपर्ने प्रक्रियाहरू सम्पन्न गर्दा अस्थाई रुपमा आउन सक्ने यो एक सामान्य प्रक्रिया मात्र हो । यसै अन्तर्गत इसेवा पनि गुगल र DUNS को कार्य प्रक्रिया भइरहदा गुगल प्ले स्टोरमा अनुपलब्ध रहेको थियो भने यो कुनै सुरक्षा कमजोरी वा सुरक्षा सम्बन्धी समस्याले भएको हैन । 


 

फिनटेक

तेस्रो संस्करणको खल्तीको द बिगेस्ट पेमेन्ट जात्रा सम्पन्न, १० लाख भन्दा बढी सहभागी

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो स…

कोरियाबाट फोनमनी प्रयोग गरेर नेपाल पैसा पठाउँदा १ करोड कोरियन वन जित्ने मौेका

फोनमनीले ‘फोनमनी साथमा, १ करोड हातमा’ योजना सार्वजनिक गरेको छ । दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि ड…

एनआईसी एशिया बैंकमा खाता छ ? यसरी गर्नुहोस् प्यान नम्बर अपडेट

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।

एभरेष्ट बैंक लिमिटेडमा एसबी सोलुसन्सको क्रेडिट स्वचालन प्रणाली (क्रेडिट एक्स) लागु

एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागु गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागु गर्ने सम्झौताम…

फोनपे डाइरेक्टबाट पैसा तिर्दा आईफोन १५ जित्न सकिने

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपेले नयाँ अभियान ‘फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ’ को घोषणा ग…

माछापुच्छ्रे बैंकले ल्यायो नियोन क्रेडिट कार्ड, कारोबारमा विशेष छुट तथा क्यासब्याक अफर

माछापुच्छ्रे बैंक लिमिटेडले नियोन क्रेडिट कार्ड सुविधा सञ्चालनमा ल्याएको छ । नेपाली बैंकिङ उद्योगमा नै पहिलो पटक ग्राहकका लागि …

महालक्ष्मी विकास बैंकमा क्यूआर कोडबाटै कर्जा आवेदन दिन सकिने

महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्य अनुरुप क्युआर कोडमार्फत कर्जा आवे…

फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, अब अनलाइनबाटै सापटी भुक्तानी गर्न सकिने

फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच एपीआई आधारित होस्ट-टु-होस्ट (H2H) भुक्तानीको सुविधा प्रदान गर्न साझेदारी भए…

आई स्मार्ट एपमा आबद्ध २०० बढी सहकारीहरूबाट अब सजिलै नमस्ते पेमा पैसा लोड गर्न सकिने

आई स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफर्मसँग जोडिएका २०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत आफ्नो आवश्यकता अनुसार नमस्ते पे…

डिजिटल वालेटबाट कारोबार गर्न साउन १ देखि केवाईसी भेरिफाई अनिवार्य, नत्र अकाउन्ट नचल्ने

नेपालको भुक्तानी तथा वित्तीय प्रणालीमा नयाँ आयाम ल्याउने उद्देश्यले देशका चार अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनीहरू इसेवा, खल्ती,…

एनआईसी एशिया बैंकमा खाता छ ? यसरी गर्नुहोस् प्यान नम्बर अपडेट

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।

इसेवाबाट कसरी गर्ने मेरो सेयर र डिम्याट खाता नवीकरण ?

हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ । यदी तपाई घरमै बसेर मेरो सेयर र डिम्याट खाता नवीकरण गर्न चा…

भिसासँगको सहकार्यमा प्रभु बैंकले ल्यायो बिजनेस डेबिट कार्ड, के के छन् सुविधा ?

प्रभु बैंक लिमिटेडले भिजा इन्टरनेसनलसँगको सहकार्यमा पूर्ण नविनतम सुविधासहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा आइतबारदेखि सञ्चालन…

एनआईसी एशिया बैंकले सुरू गर्‍यो मास्टरकार्ड जारी सेवा

एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड जारी सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा …

डिजिटल वालेट प्रयोगकर्ताहरूले कारोबारका लागि अब अनिवार्य रूपमा केवाईसी भेरिफाई गर्नुपर्ने

आगामी साउन १ गतेदेखि डिजिटल वालेट प्रयोगकर्ताहरूले अनिवार्य रूपमा केवाईसी प्रमाणीत गर्नुपर्ने भएको छ ।