फिनटेक
सिटिजन्स बैंंकको मोबाइल बैंकिङ एपबाटै अब खाता खोल्नेदेखि कार्ड ब्लक गर्नेसम्म सुविधा
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको मोबाइल बैंकिङ्ग अनुभव अभिवृद्दि गराउने र वास्तविक डिजिटल बंैकिङ्गको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ्ग एपमा नयाँ सुविधाहरू थप गरेको छ ।
डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैंकिङ्ग एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरूको अतिरिक्त अन्य उपयोगी सेवाहरू समेत थप गरेको छ । अव ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप मार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेबिट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सीमा हेर्ने जस्ता सुविधाहरू थप गरेको छ ।
बैंकले आफ्ना विशेष ग्राहकहरूलाई लक्षित गरी मोबाइल मार्फत नै प्रिभिलेज बैंकिङ्ग सेवा समेत सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ्ग एप मार्फत नै प्रिभिलेज सेवाहरू प्रदान गर्नेछ ।
यस सेवा अन्तर्गत ग्राहकहरूले बैंकका तोकिएका सम्पर्क अधिकृतहरू मार्फत बिना झन्झट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुने छ । सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ प्रयोगकर्ता इन्टरफेसमा अपग्रेड गरिएको छ जसले प्रयोगकर्ताको अनुभव बढाउँछ । लगइन मेनु पनि पुनस् संगठित गरिएको छ जहाँ स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, ईएमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको छ ।
लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्ता मैत्री बनाइएको छ र साथै नेपालपे को क्युआर मार्फत व्यापारीहरूलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाहरू जस्ता विभिन्न नयाँ सुविधाहरू ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।
फिनटेक
नेशनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, बीमालेख सम्बन्धी सम्पूर्ण जानकारी पाइने
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरूलाई लाई …
सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित सूर्या हेल्थ केयर बीच सिटिजन्स…
एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक
एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ…
फोनपेको करिब ३ वर्षको मिहिनेतपछि भारतसँग सुरू हुँदै क्रस बोर्डर भुक्तानी, कसरी भयो सम्भव ?
केही दिन अगाडि भारतमा भएको ग्लोबल फिनटेक फेष्ट २०२३ मा नेपालको फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसी…
‘आइएमई गरौँ, करोडपति बनौँ ’ योजना सार्वजनिक
रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स…
इसेवा मनि ट्रान्सफरबाट रेमिट्यान्स पठाउँदा काठमाडौंमा घर जित्ने मौका
स्थापनाकालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले…
सिटिजन्स बैंकका कार्डवाहकलाई अपोलो अस्पतालको सेवा शुल्कमा १० प्रतिशत सम्म छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेड ब…
एभरेष्ट बैंकका कार्ड प्रयोगकर्ताहरुले ओम अस्पतालमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने
एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्न…
इसेवा र नागरिक लगानी कोषबीच सेवा विस्तार सम्बन्धी सम्झौता
नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तारबारे सोमबार एक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नागरिक लगानी…
इसेवा र नागरिक लगानी कोषबीच सेवा विस्तार सम्बन्धी सम्झौता
नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तारबार…
आइएमई पेमार्फत एयरलाइन्स टिकट खरिद गर्दा फ्ल्याटमा रु ५०० क्यासब्याक
नेपालको पहिलो डिजिटल वालेट "आइएमई पेले" एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको…
कमेडियन आदर्श मिश्र आई पे रेमिटको ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्त
आई पे रेमिट प्रा. लि. ले कमेडियन तथा मनोरन्जनकर्ता आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सर…
फोनपे र एनआईपीयलद्वारा नेपाल र भारतबीच क्रस बोर्डर क्युआर भुक्तानी सुरू गर्ने तयारी
नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया …
डेबिट कार्डबाट कारोबार गर्दा एनएमबि बैंकको ग्राहकलाई १०० रुपैयाँ क्यास ब्याक
एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ । सो अफर अन्तर्गत …
इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।
य…