कीवर्डहरू -

ग्याजेट्स

ह्वावे नोभा वाई ७१ विश्वव्यापी बजारमा सार्वजनिक

ह्वावे नोभा वाइ ७१ विश्वव्यापी बजारमा सार्वजनिक भएको छ । स्मार्टफोन कम्पनीको मिड रेन्ज अफरमा ६.७५ इन्चको र्एचडी प्लस डिस्प्ले रहेको छ ।

फोनमा ६,००० एमएएच ब्याट्री छ र कम्पनीको इमोसन यूआइ १२ एन्ड्रोइड स्किन आउट–अफ–द–बक्समा चल्छ ।ह्वावेले ८ जीबी र्याम र १२८ जीबी इनबिल्ट स्टोरेज प्याक गर्ने ह्यान्डसेटको प्रोसेसरको नाम खुलाएको छैन् ।

ह्वावे नोभा वाइ ७१ ट्रिपल रियर क्यामेरा सेटअपको साथ आउँछ, जसमा ४८ मेगापिक्सेल प्राथमिक सेन्सर, ५ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र २ मेगापिक्सेल डेप्थ क्यामेरा रहेको छ ।

ह्वावे नोभा वाइ ७१ को ८ जीबी प्लस १२८ जीबी र्याम र भण्डारण भेरियन्टको लागि मूल्य दक्षिण अफ्रिकाको मुद्रा जेडएआर ४,९९९ तोकिएको छ ।

ह्यान्डसेट गोल्डेने र कालो रंगमा उपलब्ध छ । यो स्मार्टफोन हाल दक्षिण अफ्रिकामा बिक्रीको लागि उपलब्ध छ र चाँडै अन्य क्षेत्रहरूमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

कम्पनीले ह्वावे ग्लोबल साइटमा साझा गरेको जानकारी अनुसार नयाँ ह्वावे नोभा वाइ ७१ मा ६.७५ इन्च एडडी प्लस स्क्रिन रहेको छ ।

ह्यान्डसेट इमोसन यूआइ १२ आउट–अफ–द–बक्सको साथ आउने गरेको छ । फोनको प्रोसेसर अझै खुलाइएको छैन तर यसमा ८ जीबी र्याम र १२८ जीबी इनबिल्ट स्टोरेज रहेको छ ।

यसमा सेल्फी र भिडियो कलका लागि अगाडि ८ मेगापिक्सेलको क्यामेरा पनि छ । फोनमा सुरक्षाका लागि साइड माउन्ट गरिएको फिंगरप्रिन्ट स्क्यानर रहेको छ ।

ह्वावे नोभा वाइ ७१ मा कनेक्सन अप्सनको रूपमा डुअल–सिम फोरजी, वाइफाइ, ब्लुटुथ ५.१, एक ३.५ मिलीमिटर अडियो ज्याक, यूएसबी टाइपसी, र जीपीएस समावेश छ ।

स्मार्टफोनमा गुरुत्वाकर्षण सेन्सर र कम्पास पनि समावेश छ । यो ६००० एमएएच ब्याट्रीद्वारा समर्थित छ र यूएसबी टाइप सी पोर्टमा २२.५ वाट वायर्ड चार्जिङलाई सपोर्ट गर्दछ ।


ग्याजेट्स

रेडमी नोट १२ टी प्रो सार्वजनिक गर्दै साओमी

साओमीले नयाँ स्मार्टफोन रेडमी नोट १२ टी प्रो सार्वजनिक गर्ने भएको छ । चाँडै चिनिया…

तपाईका यी सात बानी, जसले तपाईको मोबाइल बिग्रिरहेको हुन्छ 

मोबाइल फोन आजभोलि मानिसको नजिकको साथी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धे…

नर्ड सिइ थ्री स्मार्टफोन ल्याउँदै वानप्लस

वानप्लसले नर्ड सिइ थ्री स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्ना आगामी डिभाइ…

क्वालकमको स्न्यापड्रयागन ४ प्रोसेसर प्रयोग भएको पहिलो स्मार्टफोन सार्वजनिक

साओमीले रेडमी नोट १२ आर स्मार्टफोन सार्वजनिक गरेको छ । क्वालकमको नवीनतम स्नापड्रागन…

सामसङ ग्यालेक्सी एम ३४ फाइभजी सार्वजनिक हुँदै

सामसंगको ग्यालेक्सी एम ३४ फाइभजी सार्वजनिक हुने भएको छ । कम्पनीको नयाँ स्मार्टफोनको…

आईओएस १६.५.१ तुरुन्तै इन्स्टल गर्न आग्रह

आइफोन निर्माता कम्पनी एप्पलले आइफोन प्रयोगकर्ताका लागि नयाँ सफ्टवेयर अपडेट ल्याएको छ…

ग्यालेक्सी वाच ६ प्रो र ग्यालेक्सी वाच ६ सार्वजनिक गर्दै सामसङ

सामसङ्गले अर्को महिना कोरियाको सोलमा हुने ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा नयाँ फोल्ड …

नेपाली बजारमा आउँदै भीभोको नयाँ स्मार्टफोन वाई ३६ 

नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन वाई ३६ सार्वजनिक हुने भएको छ । डिजिटल कन्टेन्…

न्वाइज फिट भर्टेक्स स्मार्टवाच सार्वजनिक

न्वाइजले आफ्नो स्मार्टवाच न्वाइज फिट भर्टेक्स सार्वजनिक गरेको छ । यो नयाँ सार्वजनिक नो…

मार्क जुकरबर्ग भन्छन्ः एप्पलको भिजन प्रो चाहिनेभन्दा धेरै महंगो भयो

एप्पलले सोमबार वर्ल्ड वाइड डेभलपर कन्फेरेन्स (डब्लुडब्लुडीसी) २०२३ मा आफ्नो बहुप्रतीक्ष…

नेपाल भित्रियो ताइवानको परिचित बाण्ड ‘प्रोमेट’

नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वि…

फोल्डेबल आईफोन सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२३ को अन्त्यसम्ममा फोल्डेबल आईफोन सार्वजनिक गर्ने भएको छ । एप्पलले फोल्डे…

साओमीको रेड्मी नोट १२ फाइभजी नेपालमा, कति छ मूल्य ?

शाओमीले रेड्मी नोट १२ फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो रेड्मी नोट १२ …

रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक

रियलमीले नयाँ पुस्तालाई लक्षित गरेर नेपालमा आफ्ना नयाँ दुईवटा स्मार्टफोन मोडलहरू न…

चाँडै साओमीले रेडमी नोट १२ टी प्रो सार्वजनिक गर्ने

साओमीले नयाँ स्मार्टफोन रेडमी नोट १२ टी प्रोमा सार्वजनिक गर्ने भएको छ । चाँडै चिनि…