कीवर्डहरू -

ग्याजेट्स

दर्ता नभएका मोबाइललाई कर तिरेर वैध गराउने अन्तिम मौका, कुनका लागि कति तिर्नुपर्छ ?

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइललाई कर तिरेर वैध गराउन सकिने गरी अन्तिम मौका दिइएको छ ।

सरकारले विदेशबाट आफन्त तथा साथीभाइले पठाएर/ल्याएर नेपालमा प्रयोगमा रहेका करिब ५० लाख फोनलाई १० हजार रुपैयाँसम्म कर तिरेर वैध बनाउने सक्ने व्यवस्था गरेको हो ।

सोमबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसदमा प्रस्तुत गरेको आर्थिक ऐन २०८० मा मोबाइल फोनको दर्ता सम्बन्धी विशेष व्यवस्थामा १५ जेठ २०८० सम्म नेपालमा प्रयोगमा रहेका र दर्ता नभएको मोबाइललाई कर तिरेर वैध गर्नसक्ने व्यवस्था गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस मेनेजमेन्ट प्रणालीमा विभिन्न कारणले दर्ता हुन नसकेका सेलुलर मोबाइल फोन सम्बन्धित फोनको प्रयोगकर्ताले आगामी असार मसान्तसम्ममा मोबाइल फोनसेटको आईएमईआई नम्बर समेत उल्लेख गरी कर तिरेर दर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।

आइफोन र एक लाख रुपैयाँ भन्दा बढी मूल्यका फोनका लागि प्रति फोनसेट दश हजार रुपैयाँ, अन्य स्मार्ट फोन सेटका लागि प्रति फोनसेट तीन हजार रुपैयाँ र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रति फोनसेट दुई सय रुपैयाँ एकमुष्ट महसुल बापत नेपाल सरकार, अर्थ मन्त्रालयले तोकिदिएको राजस्व खातामा बुझाउन सकिने आर्थिक विधेयकमा व्यवस्था छ ।

त्यसको प्रमाणसहित मोबाइल डिभाइस मेनेजमेन्ट प्रणालीमा दर्ता गर्न चाहेमा नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता मोबाइल फोनहरुलाई दर्ता गर्ने व्यवस्था मिलाउनु पर्ने व्यवस्था आर्थिक विधेयकले गरेको छ ।

तर, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई ६ महिनाभन्दा बढी अवधि विदेशमा बसी फर्केका नेपाली नागरिकले सोको प्रमाण पेश गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेका एक थान सेलुलर मोबाइल फोन नेपाल दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता गर्ने व्यवस्था मिलाउनु पर्ने व्यस्था गरेको छ ।

ग्याजेट्स

८ इन्चको फोल्डेबल आईफोन सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२३ को अन्त्यसम्ममा फोल्डेबल आईफोन सार्वजनिक गर्ने भएको छ । विशेषज्ञ मिङ …

रेड्मी १० स्मार्टफोन सिमित समयका लागि छुट मूल्यमा उपलब्ध हुँदै

साओमीले रेडमी १० (२०२२) नेपाली  प्रयोगकर्ताहरूका लागि जेठ २ देखि जेठ १७ सम्मको स…

अल्टिमा लाइफस्टाइलको नयाँ स्मार्टवाच सार्वजनिक, कति छ मूल्य ?  

अल्टिमा लाइफस्टाइलले अल्टिमा वाच म्याजिक बजारमा सार्वजनिक गरेको छ । सस्तो र राम्रो व…

आईफोन १५ र आईफोन १५ प्लसमा ४८ मेगापिक्सेल प्राइमरी रियर क्यामेरा हुने

एप्पलले आफ्नो आगामी आईफोन मोडेलमा काम गरिरहेको छ । यससँग सम्बन्धित केही जानकारी ब…

नयाँ रंगमा सामसङ ग्यालेक्सी एस २३ सार्वजनिक 

इलेक्ट्रोनिक कम्पनी सामसङ ग्यालेक्सीले सामसङ ग्यालेक्सी एस २३ लाई नयाँ रिफ्रेसिङ कलरम…

भिभो भी २७ सिरिज नेपालमा सार्वजनिक, कति छ मूल्य ?

भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भी २७ सिरिज नेपालमा सार्वजनि…

नोकिया सी २२ भारतमा सार्वजनिक, यस्ता छन् विशेषता

इलेक्ट्रोनिक कम्पनी नोकियाले नयाँ स्मार्टफोन नोकिया सी २२ भारतमा सार्वजनिक गरेको छ …

सामसङ ग्यालेक्सी ए २४ स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ? 

सामसङले नेपाली बजारमा ग्यालेक्सी ए २४ फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ । ९० हर्ज …

चिनियाँ इन्टरनेट कम्पनी बाइडुले आफ्नै स्मार्टफोन सार्वजनिक गर्दै

चिनियाँ कम्पनीका स्मार्टफोन प्रयोगकर्ताहरूले चीन बाहिर धेरै देशहरूमा मन पराउँछन् । …

एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १५ सार्वजनिक गर्ने

एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १५ सार्वजनिक गर्ने भएको छ । यस वर्ष पनि एप्पलले आइफ…

यस्तो रङमा सार्वजनिक हुनेछ आइफोन १५ प्रो म्याक्स

आईफोन १५ प्रो म्याक्सको इमेज लिक भएको छ । यो लिक आइस युनिभर्सले सार्वजनिक गरेको हो…

पहिलो फोल्ड गर्न मिल्ने फोन सार्वजनिक गर्दै गूगल

गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन, पिक्सेल फोल्ड अनावरण गरेको…

पोको एक्स फाइभ प्रो फाइभजी नेपाली बजारमा, के के छन् विशेषता ? 

नेपालमा पोको एक्स फाइभ प्रो  फाइभजी सार्वजनिक भएको छ । ५ हजार एमएएच ब्याट्री, ६७ व…

फोल्डेबल आइफोन सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२३ को अन्त्यसम्ममा फोल्डेबल आईफोन सार्वजनिक गर्ने भएको छ । विशेषज्ञ मिङ …

५००० एमएएएच ब्याट्री सहितको पोको एम फाइभ छुट मूल्यमा उपलब्ध

स्मार्टफोन ब्रान्ड पोकोले प्रयोगकर्ताहरूका लागि वैशाख २१  देखि जेठ १७ सम्मको सिमित अ…